उपहारमा क्यालेण्डर वितरण गर्दै भक्ति केन्द्र

धार्मिक तथा आध्यात्मिक कार्यमा सक्रिय नेपालगन्जस्थित श्री मदन बाबा भक्ति केन्द्रले नयाँ वर्षको अवसर पारेर क्यालेण्डर वितरण गरिरहेको जनाएको छ । केन्द्रका सचिव गंगा न्यौपानेका अनुसार, आध्यात्मिक सचेतनापूर्ण जागरणका लागि पहिलो पटक तयार गरिएको क्यालेण्डर मंगलवारबाट वितरण थालिएको हो ।


त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, विभिन्न संचारसंस्था, पत्रकार, समाजसेवीलगायतसंग भेटघाट गरि नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै केन्द्रद्वारा मायाको चिनो क्यालेण्डर उपहार वितरण गरिएको सचिव न्यौपानले जानकारी दिइन् ।


श्री मदन बाबा भक्ति केन्द्र टोखा नगरपालिका काठमाडौंमा रजिष्टर भएर नेपालका बिभिन्न जिल्लामा कार्य विस्तारका लागि स्थानीय प्रशासन कार्यालय दर्ता अनुमतिले सञ्चालनमा आएको संस्था हो । बाँकेमा शारदा सिंहको अध्यक्षतामा आस्थावानहरुलाई संगठित गर्दै संस्थाले भक्ति भजन सत्संग उद्दार कार्यक्रम गरिहेको जानकारी दिंदै सचिव न्यौपानेले दैनिक नेपालगन्जसंग भनिन्, ‘मनुष्यमा भएको रोग दोष बिघ्न बाधाबाट मुक्त गराइ सुख शान्ति र समृद्धि प्राप्ति का लागि सद्गुरुदेव श्री मदन बाबा र उहाँका शिष्यहरुले उद्दार गरिरहनुभएको छ ।’


सचिव न्यौपानेका अनुसार, बाँके जिल्ला प्रशासनबाट पनि अनुमति प्राप्त गरि हिन्दु सनातन धर्मको रक्षा गरि सबै मनुष्य लाई सत्कर्म सत्भक्ति सुसंस्कार र सद्बुद्धि प्राप्तिका लागि श्री मदन बाबा भक्ति केन्द्रले कार्य गर्दै आएको छ । त्यसक्रममा चैत्र १५ देखि २० गतेसम्म अछामको श्री बैधनाथ बाबा धाम साँफेबगरमा सद्गुरुदेव श्री मदन बाबाद्वारा लिइएको मुल संकल्पका साथमा उहाँका शिष्यहरुको संकल्प १०८ शिव ज्योतिर्लिङ्ग स्थापना, प्राण प्रतिष्ठा रुद्री अनुष्ठान र शिव साधना आयोजना गरिएको भयो । ‘विभिन्न जिल्लामा उद्दार शिविर कार्यक्रम गरेर सद्गुरुदेव श्री मदन बाबाले सबैको कल्याण गर्नुभएकोछ,’ संस्थाका सचिव न्यौपानेको भनाइ छ ।


‘बाँकेमा हाम्रो १५ सदस्यीय कार्यसमितिले कार्य गरिरहेका छांै,’ सचिव न्यौपानेले ५० बढी सक्रिय सदस्य रहेको जानकारी दिंदै भनिन्, ‘भक्तहरु ५ सय बढि नै छन्, देश विदेश सबै गरि ५–६ लाख भन्दा बढि छन् ।’ नेपालगन्ज उपमहानगरपालिका स्तरिय नगर कमिटिको नेतृत्व कोकिला रेग्मी बेलबासेले गरिरहेको जानकारी दिंदै न्यौपानेले कोहलपुरमा छिट्टै नगर कमिटि गठन गर्ने तयारीमा रहेको बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया