सुरु भो धार्मिक महोत्सव

आइतबारदेखि नेपालगन्जमा निलसागर बाँके धार्मिक महोत्सव सुरु भएको छ । असहाय तथा ज्येष्ठ नागरिकलाई आश्रय दिनका लागि निल सागरसँग आफ्नै भवन नभएको, निर्मार्णाधिन भवनलाई बजेट अभाव रहेकाले आर्थिक स्रोत जुटाउने उद्देश्यले धार्मिक महोत्सव गरिएको हो ।

आश्रममा असहायको संख्या बढ्दै जाने तर आर्थिक स्रोत नहुँदा धान्न नसक्ने अवस्था आएपछि आश्रमले महायज्ञ गरेर मानवीय कार्यका लागि स्रोत जुटाउन लागेको हो ।

निल सागर सेवा आश्रमलाई सुविधा सम्पन्न भवन बनाउनका लागि स्रोत जुटाउन महायज्ञ गरेको जानकारी दिंदै निल सागरका उपाध्यक्ष अमन सुवेदीले पवित्र कार्यका लागि पवित्र महायज्ञ लगाएकाले त्यसले सार्थकता पाउने विश्वास गरे । आइतबार महायज्ञ उद्घाटन अघि शोभा यात्रा निकालिएको थियो । महायज्ञको उद्घाटन ९९ बर्षीय ज्येष्ठ नागरिक कैलासश्री भारतीले गरेका छन् ।

महायज्ञ दैनिक विहान ६ बजेदेखि १० बजेसम्म, बेलुका ६ देखि राती १२ बजेसम्म सञ्चालन हुनेछ । नेपालगन्जमा चर्को गर्मी हुने भएकाले दिउँसो महायज्ञका कार्यक्रम नराखेको आयोजकले जानकारी दिएका छन् । संस्था उपाध्यक्ष सुवेदीले धार्मिक कार्यमा सहभागी लाभ उठाउन र असहाय तथा ज्येष्ठ नागरिकलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

यसैबीच आश्रमले महायज्ञको प्रचारका क्रममा जंगलमा एक मनोसामाजिक समस्या भएका करिब ४० बर्षीय व्यक्तिलाई भेटेपछि उद्दार गरेर आश्रम ल्याएको छ । महायज्ञको पहिलो दिन नरैनापुर गाउँपालिकाले ५ लाख सहयोगको घोषणा गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया