मानिसलाई जिज्ञासा लाग्न सक्दछ किन बिवाहवारीको उमेरको हद २० बर्ष तोकिएको होला भनेर । १६ बर्ष पुगे पछि नागरिकता पाईन्छ । १८ बर्ष पुगे पछि मतदान गर्न पाईन्छ तर किन २० बर्ष नपुगी बिवाह गर्न पाइदैन ? कुरा स्पट छ २० बर्ष उमेर मुनीका मानिसको प्रजनन अङ्गहरु राम्ररी बिकसिल भैसकेका हुदैनन । महिलाको शरिर बच्चा जन्माउनका लागी परिपक्क भैसकेको हुदैन । २० बर्ष नपुगी बिवाह गर्दा प्रजनन स्वास्थ्यमा जटिलता आउन सक्दछ । २० बर्ष नपुगी बिवाह गर्दा हिंशाको शिकार पर्न सकिन्छ । पढाई लेखाई र क्यारियन बनाउने लगायतका बिषयमा समस्या आउन सक्दछ ।

शारीरिक, मानसिक र सामाजिक रुपमा परिपक्क नभइ सकेका किशोर किशोरीहरुको बीचमा हुने विवाह बालविवाह हो । विवाह गर्न उपयुक्त भनि कानूनले तोकेको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपाली कानूनले विवाह गर्ने उमेरको हद २० बर्ष तोकेको छ । २० बर्ष नपुगी गरेको बिवाहलाई बालबिवाहको अपराध मानेको छ ।

हाम्रो समाजमा बालविवाह बिभिन्न कारणले हुने गरेको पाईन्छ । पहाडी भेगमा अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा गर्ने गरेको पाइन्छ । कम उमेरमा विवाह गर्दा पुन्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास तथा छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जान्छ भनेर बालविवाह गराई दिने चलन छ । गरिबी र लैंगिक असमानताका कारणले छोरीको बाल विवाह भएको देखिन्छ । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा राम्रो जानकारी नहुँदा पनि बालबिवाह हुने गरेको पाईएको छ ।

समाजमा ब्याप्त गलत परम्परागत मूल्य, मान्यता इज्जतका कारण वालविवाह बिरुद्ध सबै खुलेर बोल्न सकेको पाइदैन । बालबिवाह भै हाले पनि उजुरीहरू कमै दर्ता हुने गर्दछन् । खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेका छैनन् ।

मुलुकि अपराध (संहिता) ऐन २०७४ मा बालबिवाह बारे कानूनी ब्यवस्था गरेको छ । ऐनको दफा १७३ मा बाल बिवाह गर्न नहुने भनी स्पष्ट ब्यवस्था गरेको छ । यसै गरि सोहि दफाको उपदफा (१) ले बिवाह गर्ने ब्यक्तिको उमेर निर्धारण गरेको छ । जस अनुसार २० बर्ष नपुगी कसैले बालबिवाह गर्न वा गराउन हुदैन भन्ने ब्यवस्था गरेको छ । (२) उपदफा १ बिपरित भएको बिवाह स्वतः बदर योग्य हुने छ । यसै गरि उपदफा (३) मा कसुर गर्ने ब्यक्तिलाई ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन्छ भनेको छ । घटना भएको ३ महिना भित्र उजुरी गरिसक्नु पर्ने ब्यवस्था कानूनले गरेको छ ।

बाल विवाह गर्दा बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ ले बालबालिकालाई प्रदान धेरै अधिकारहरूको प्रत्यक्ष उल्लङ्घन हुने गर्दछ । बालविवाह गर्नाले बालबालिकाको सर्वाेत्तम हितले प्राथमिकता पाउनु पर्ने अधिकार हनन हुन जान्छ । बालबालिकाको बाँच्न पाउने र उनीहरूको शारीरिक र मानसिक विकासको अधिकारमा आघात पार्दछ । बालबालिकाहरू उनीहरूको अभिभावकसँग बस्न पाउने अधिकार बालविवाहले असर पु¥याउछ । बालबिवाहले शारीरिक एवं मानसिक हिंसा, दुव्र्यवहार, बेवास्ता, शोषण र यौन दुव्र्यवहारबाट सुरक्षित हुन पाउने अधिकार हनन गर्दछ । स्वास्थ्यमा नकारात्मक असर पु¥याउने परम्परागत प्रचलनबाट सुरक्षित हुन पाउने अधिकारमा आघात पु¥याउछ । बालबिवाहले शिक्षामा समान अधिकारलाई कुण्ठित गर्न सक्दछ ।

बालविवाहले यौन दुव्र्यवहार र शोषण विरुद्धको अधिकारमा हनन हुन सक्दछ । बालबिवाहले बालबालिकाको उमेर अनुसार आराम गर्न पाउने, मनोरञ्जन गर्न पाउने र सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउने अधिकारमा असर पार्दछ । आर्थिक शोषण विरुद्धको अधिकारमा आघात पु¥याउँछ । बालविवाहले शारीरिक एवं मानसिक स्वास्थ्य तथा उनीहरूको विकासमा नकारात्मक असर पु¥याउने कुनै पनि कामबाट सुरक्षित हुन पाउने अधिकार प्राप्तीमा असर पार्दछ ।

बालबिवाहका कारण बालिकाले बाबु आमाको माया ममता नपाउँदा त्यसको नकारात्मक असर जिबन भरी नै पर्ने पर्दछ । सारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पुग्दछ । बालिकाहरुको स्वास्थ्यमा नकारात्मक असर पुग्दछ । युएनएफपिएले गरेको एउटा अध्ययनले १५ देखि १९ वर्ष उमेरका किशोरीहरूको मृत्युुको एउटा प्रमुख कारण सानै उमेरमा गर्भवती हुनु हो भन्ने तथ्य प्रस्तुत गरेको छ । त्यस्तै २० वर्षमा विवाह भएका महिला भन्दा १५ वर्ष उमेर नपुग्दै विवाह भएका किशोरीहरू गर्भिणी अवस्थामा वा बच्चा जन्माउँदा मृत्युको सम्भावना पाँच गुणा बढी हुने भनेको छ ।

त्यस्तै युएनएफपिएकै अर्को अध्ययनले सानै उमेरमा यौनसम्पर्क राख्नु र बच्चा जन्माउनु तथा धेरै बच्चा जन्माएका कारण महिलाहरुको आङ खस्ने समस्या देखाएको छ । बालबिवाहले बाल मृत्यु दरमा बृद्धि गर्दछ । एक जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण अनुसार २० वर्ष उमेर नपुगेकी आमाले जन्माएको बच्चा भन्दा २० वर्ष नपुगेकी आमाले जन्माएको बच्चा जन्मिना साथ र ५ वर्ष नपुग्दै मर्ने सम्भावना करिब दोब्बर बढी देखाएको छ ।

बालविवाह भईरहको भोज र समारोहमा सामेल नहुने, बालबिवाह हुन लागेमा रोक्ने प्रर्यत्न गरेमा बालबिवाह रोकथाम हुन सक्दछ । बालबिवाह हुन लागेमा प्रहरी प्रशासनलाई खवर गरि कानूनी प्रक्रियामा लैजाने, बाल विवाहले बालबालिकामा पार्ने नकारात्मक असरका बारेमा समाजमा विशेष गरी बालबालिका स्वयं र अभिभावकहरूमा जनचेतना जगाउने, बाल विवाह समाज विरुद्धको दण्डनीय र जघन्य अपराध हो भन्ने विषयमा व्यापक प्रचार प्रसार गर्ने, बालिकालाई शिक्षा दिने विषयमा जोड दिने गर्नाले बालबिवाह रोकथामा मद्धत पुग्न सक्दछ । समाजमा कुनै बालबालिकाको सानै उमेरमा विवाह हुन लागेको छ भने त्यस प्रति गम्भीर चासो राख्ने, बालबिवाह कानूनी अपराधका साथै यसले बालवालिकाको शारिरीक र मानसिक बिकाशमा असर पार्छ भन्ने कुरा ब्यापक प्रचार प्रशार गर्न सकिएमा बालबिवाह न्यूनिकरण गर्न सकिन्छ । यसै गरि बालविवाह पार्ने नकरात्मक असरहरुका वारे गाँउ स्तरमा पुजा पाठ, चाडपर्व गर्दाका दिन समुदायहरुलाई जानकारी गराने खालका कार्यक्रमहरु गर्ने, विवाह गर्नका लागि लगन मागेर विवाह गर्ने चलन भएका कारण आउँदा दिनमा बिवाहको कुराकानी हुनु अघि नै जन्मदर्ता वा बिद्यालयको मार्कसिट आधार मान्ने, उमेर नपुगेको खण्डमा विवाहको लगन नदिने, बिवाहको कुराकानी बन्द गर्र्ने, गरेमा बालबिवाह न्यूनिकरण गर्न सकिन्छ ।

बालविबाह कानूनी अपराधका साथै यसले बालबिवाह गर्ने बालवालिकाको शारिरीक र मानसिक असर पार्ने भएकाले यसको रोकथाममा लाग्नु हामी सबै सरोकारवाला निकायको दायित्व र कर्तब्य पनि हो । पहिले बालविवाह अभिभावले बढी गरि दिन्थे भने अहिले बालबालिका आफैले भागेर गर्ने प्रबृत्ति बढेको छ । फेसबुक, म्यासेन्जर लगायतका सामाजिक सञ्जालको दुरुपयोग र क्षणिक शारिरीक आकर्षणमा परेर बालबालिकाले बाल बिवाह गर्ने प्रबृत्ति बढ्दै जानु गम्भीर समस्याको रुपमा देखिएको छ ।

कानूनले त्यसै बिवाह गर्ने उमेर बिस बर्ष तोकेको होईन । यसले पार्ने शारिरीक र मानसिक असरलाई रोक्नको लागी नै बालबिवाहमा रोक लगाएको हो । उमेर परिपक्क नभई बिवाह गर्नाले पढाई लेखाई र बृद्धि बिकाशमा असर पार्ने, शरिर पुर्ण रुपमा बिकसिल नभई बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्ने, मातृशिसु मृत्यु दर बढ्ने भएकाले बालविवाहमा रोक लगाइएको हो ।
बालविवाह गर्नाले कानूनी रुपमा श्रीमान श्रीमानको मान्यता दिदैन । बालविवाह स्वतह बदर हुन्छ । बालबिवाह गरेर संगै बस्ने बच्चा जन्माउने गरे पनि उनीहरु कानूनी रुपमा श्रीमान श्रीमतीको हुँदैनन् । उनीहरुको बिवाह दर्ता हुँदैन । बालविवाह गर्ने बालिकाले श्रीमतीको नाताले श्रीमानबाट पाउनु पर्ने अंश लगायतका कुनै कानूनी हक अधिकार पाउँदिनन् । बालबिवाह गर्दा कानूनी हक अधिकार नपाइने शारिरीक र मानसिक क्षति मात्रै हुने भएकाले बालबिवाह रोक्न सबैले आआफ्नो तर्फबाट पहल गरौ । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया