उपाधिका लागि हरियाणा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्दै
प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणमा उपाधिका लागि भारतको हरियाणा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
नेपालगन्ज रंगशालामा आइतवार खेलिएका सेमीफाइनल खेलमा विजयी भएर फाइनलमा पुगेको हरियाणाले न्यु डायमण्ड क्लबलाई ३–१ ले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधिको हकदार बनेको थियो ।
सेमिफाइनलबाट विजयी हरियाणा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । तेस्रो स्थानका लागि आर्मी र एकेडेमीबीच सोमबार बिहान तथा हरियाणा र पुलिसबीच दिउँसो फाइनल खेल हुनेछ ।
प्रतियोगिताको चौथो दिन आइतबार हरियाणा स्पोर्ट्सले न्यू डायमण्ड एकेडेमीलाई रप्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा हरियाणाले न्यू डायमण्डलाई २५–१७, २५–१५, २३–२५ र २५–१६ ले हराएको थियो । न्यू डायमण्डकी प्रतिभा माली प्लेयर अफ द म्याच घोषित भएकी थिइन् । दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, र २८–२६ ले हराएको थियो । पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।
उनलाई श्री भैरवप्रसाद गणका गणपति जनमत कार्मी, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीपक छाजेड, पीएम कपका सल्लाहकार रेवती सिंह र अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड युक्यानको नेपालका लागि आधिकारिक विक्रेता सीटीएलकी निर्देशक शान्ति महर्जनले पुरस्कृत गरेका थिए ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।
प्रधानमन्त्री कपः सेमिफाइनलमा नेपाली सेना र हरियाणा