गाभरमा सुरु भो मौलिक भोजन मेला

बाँकेको गाभरमा शनिबारदेखि दुई दिने मौलिक भोजन मेला सुरु भएको छ । मौलिक भोजन मेला मूल आयोजक समितिका संयोजक कृष्ण चौधरीले मेलामा रैथाने खानाहरुको स्टल राखिएको जानकारी दिएका छन् ।

‘होमस्टेको माध्यमबाट केही हदसम्म स्थानीय मौलिक खाना र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने कार्यमा मद्दत पुगेको छ’, संयोजक चौधरीले भने, ‘समुदायको आर्थिक स्तर बृद्धिको आधारहरु मध्ये रैथाने खाना परिकार र खाना संस्कृतिपनि एक भएकाले लुम्बिनीप्रदेशमापनि समुदायविशेष महत्वपूर्ण खाना परिकार अनिखाना संस्कृतिको अध्ययन, अनुसन्धान, अभिलेखिकरण र प्रर्वद्धन गर्न जरुरी छ ।’ उनले भोजन भेलाको उद्देश्य मौलिक खाना सँगै पर्यटन प्रवद्र्धन गर्ने रहेको बताएको छ ।

महासचिवमा बाँकेबाट चौधरीको दाबी

बाँकेको गाभरमा मौलिक भोजन मेलासँगै होमस्टे नेपालको महाधिवेशन पनि शनिबारबाट सुरु भएको छ । गाभरमा होमस्टे सुरु गर्ने कृष्ण चौधरीले होमस्टे नेपालमा महासचिवको दाबी गरेका छन् ।

आज आइतबारसम्म चल्ने महाधिवेशनमा ६८ जिल्लाका १ हजार बढी होम स्टे सञ्चालकको उपस्थिति रहेको छ ।

महाधिवेशन तथा मौलिक भोजन मेलाको लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका थिए । त्यसक्रममा बोल्दै मन्त्री चौधरीले होम स्टे पर्या पर्यावरणको जगेर्नामा महत्वपूर्ण रहेको बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया