जनताको लामो त्याग, तपस्या र बलिदानको महान किर्तीमानद्वारा देशले गणतन्त्रात्मक संविधान प्राप्त ग¥यो । संघिय शासन प्रणाली, धर्म निरपेक्ष राज्य, क्षेत्रीय विभेदको अन्त्य, जातीय छुवाछुत एउटा सामाजिक अपराध जस्ता विषय यसमा समेटिए । हामीले भन्दै आएको महत्वपूर्ण विषय स्थानिय जनता नै स्थानीय सरकारका हकदार हुन भन्ने कुरा जवरजस्त रुपमा स्थापित भए । हामीले सबै कुरा गर्न नसकेपनि शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरु संविधानमा मौलिक अधिकारका विषय हुन पुगे ।हामी केन्द्रिकृत शासन प्रणालीका विरुद्ध विकेन्द्रित शासन प्रणाली अवलम्बन गराउन सक्षम भएका छौं । हालका यिनै उपलब्धीहरुको रक्षा गर्दै समाजबाद उन्मुख अर्थतन्त्रको निर्माण गर्दै देशलाई सम्बृद्धिको दिशा तर्फ लैजाने कुरामा सबै राजनैतिक पार्टीहरु (केही अपवाद बाहेक) एकमत नै देखिन्छन । जनताका राजनैतिक अधिकारलाई स्थापित गर्दै प्राप्त अधिकारलाई दैनिक जीवनमा कसरी व्यवहारिक रुप दिने र जनताको जीवनस्तर कसरी उकास्ने विषय गम्भीर विषय हो । यिनै विषयहरुमा केन्द्रित रहेर सरकारले नयाँ निती, कार्यक्रम, योजना ल्याइनेै रहेको छ ।
जनताको हक अधिकारको विषयमा केन्द्रित रहेर माओवादीले लामो समय जनयुद्ध लड्यो र त्यसैको जगमा हामी यो अवस्था सम्म आई पुगेको कुरा जवरजस्त रुपमा स्थापित भई सकेको छ । विरोधीहरुले लगाउने गरेको आरोपहरुको व्यवहारिक रुपमा प्रतिवाद गर्दै लोकतान्त्रिक पद्दतीको अनुसरण गर्दै आवधिक निर्वाचनमा विगत देखि नै हामी होमिएका छौ । निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दर प्रक्रिया भएको कुरा सबैले स्वीकार गरेकै विषय हो । माओवादीले झनै जनतामा विश्वास राख्ने भएकोले निर्वाचनमा होमिनु हाम्रो रहर नै भएको छ । विगतका केही तिता मिठा अनुभवहरु हाम्रो सामु छदै छन । बहुमत, अल्पमत भन्ने विषय प्राविधिक विषय हो, मुख्य कुरा जनताको विश्वास भएकोले माओवादी पार्टी यसको हकदार हो । यसै विषयलाई मध्यनजर राख्दै आज माओवादीले आफ्ना सबै निती, योजना र कार्यक्रम त्यसै प्रति लक्षित गर्दै आइरहेको छ ।
विगतमा हाम्रा तिता मिठा अनुभवहरु छन् । शान्ति प्रकृयामा आएपछि पहिलो आम निर्वाचनमा हामीले बहुमत प्राप्त ग¥यौ, हाम्रो अनुभव जन्य कमजोरीले त्यति सफलता प्राप्त गर्न सकेनौ । संसदीय शासनमा हाम्रो अभ्यास नभएकोले हामीले काम गर्ने शैली नै बनाउन सकेनौ तर पनि हामी के दावा गछौ भने हामीले जे जति काम ग¥यौ जनताको हितमा नै गरेका छौ । क्रमशः आम निर्वाचन हुदै गए, शान्ती प्रक्रियाको काम तिव्र गतिमा हुँदै गयो । नयाँ ,सक्षम र एकिकृत पार्टी निर्माण गर्ने हाम्रो अभियान अन्र्तगत ने.क.पा. एमाले र माओवादी विच एकता भई ने.क.पा. बन्यो जनताको बहुमत प्राप्त भयो तर पछि सही व्यवस्थापन हुन सकेन । के.पी. ओली को चरम महत्वकांक्षाको परिणाम स्वरुप कम्यूनिष्ट पार्टी नै फुट्न पुगेको कुरा जगजाहेर नै छ । माओवादी केन्द्र अलग भएपछि नेतृत्वको सुक्षबुझ र दुरदर्शी निर्णयको कारण हामी आज निर्वाचनको संघारमा आई पुगेका छौ । हामीले पुनः एक पटक आफूलाई जनताको पक्का रक्षक दावी गर्नको लागि थुप्रै काम गर्न बाँकी नै छ । जसलाई केहि अंशमा भएपनि प्रकाश पार्ने प्रयास गरिएको छ ।
क. सही विचारको वकालत र नेतृत्वको रक्षाः–
हामी कम्यूनिष्ट हौ । हाम्रा निती विचार र लक्ष्य जनता केन्द्रित हुनुपर्छ । सही के हो र गलत के हो भन्ने कुरा हामीले छुट्याउन सकेनौ भने हामी सफल हुन सक्दैनौ । हाम्रो नेतृत्वले गर्ने राम्रा कुराहरुको विना पूर्वाग्रह ग्रहण गर्न सक्नु पर्दछ । नेतृत्वले गरेका ठिक र राम्रा विचारहरु पनि गुट्का कारणले विरोध गर्ने परिपाटी हाम्रो पार्टीमा विद्यमान छन । हामी सर्तक हुनै पर्दछ । भण्डाफोर गर्नै पर्दछ । हाम्रो सही विचार र जनताको मन जित्ने योजना भएकै कारण हाम्रो नेतृत्व प्रतिकृयावादीको घेराबन्दीमा पर्ने गरेको छ । बाहिर पनि लड्नु पर्ने र भित्र पनि लड्नु पर्ने परिस्थितीको कारण हाम्रो विचारहरु सही रुपमा कार्यान्वयन हुन पाउदैनन र कार्यान्वयन भई हाले पनि त्यसको जस अर्काले लिने परिपाटी बनेको छ । जनताको योजना र काम खल्ुला रुपमा र नेतृत्वको रक्षा युद्धकालिन अवस्था जसरी गर्न सकेनौ भने हामी सफल हुन सक्दैनौ तसर्थ हाम्रो निती, कार्यक्रम, योजनाका विषयमा नेतृत्वले गर्ने निर्णय सही र आत्मकेन्द्रित तरिकाले कार्यकर्ताले व्याख्या नगरी गम्भिर भई विश्लेषण गर्नु पर्दछ । अनिमात्र हामीले विचार र नेतृत्वको रक्षा गर्न सक्दछौ ।
ख. निर्वाचन लक्षित कार्यक्रम र उम्मेदवारको मापदण्डः–
आफूले पठाएका प्रतिनिधिले सही काम गरे की गरेनन भनेर जनताले मुल्ल्याङ्कन गर्ने विधि नै निर्वाचन हो ।जनताले विगतमा आफ्ना नेताले प्रतिबद्धता अनुरुपको काम गरेकी गरेनन भनेर सुक्ष्म रुपले मुल्याङ्कन गरि नै रहेको हुन्छ । विगतमा निर्वाचनको समयमा ठूला ठूला भाषण गर्ने, पानी जहाज चलाउने र रेल कुदाउने जस्ता चरम महत्वकांक्षी भाषणहरु भाषणमै सिमित भएका छन । जुटेको पार्टी कसले फुटायो र प्रतिगमन कसका कारणले भयो जनताले एक एक हिसाब राखेका छन । जुन निर्वाचनको परिणामले देखाउने नै छ । स्थानीय निर्वाचनमा कसले कति काम ग¥यो, कुन पार्टीको प्रतिनिधि राम्रो र असल भनेर जनताले मनमा राखी सकेका छन त्यसैले हाम्रो कार्यक्रम पनि पारदर्शी, जनताले बुझ्ने सरल भाषा र पत्यारिलो हुनु पर्दछ । स्थानिय निर्वाचन प्रत्यक्ष रुपले जनता संग जोडिएको हुनाले पात्र पनि महत्वपूर्ण हुन आउछ । उम्मेदवारको मापदण्ड के हो? पैसावाला मात्र हकदार हो की त्याग, तपस्या र बलिदान को पनि महत्व छ ? विगतमा जनताको घर दैलोमा बसेर जनताको माया पाएको ब्यक्तिले निर्वाचनमा विजय हासिल गर्छ की अवसरवादीले विजय हासिल गर्छ ? उम्मेदवार चयन गर्दा विचार पु¥याउने कुरा हो । कसैले नाता लगाउदैमा जनताले पत्याउने भए नातावादले निर्वाचन जित्ने थियो । त्यसैले उम्मेदवारको मापदण्ड के हो ? स्थानिय नेतृत्वले सिफारिस गर्दा ध्यान पु¥याउनु पर्दछ । न्यूनतम मापदण्डलाई मध्यनजर राख्दै निर्वाचन लक्षित कार्यक्रम बनाउन सक्यौ भने पक्कै पनि निर्वाचनमा हाम्रो पार्टीले विजय हासिल गर्ने नै छ ।
ग. सक्षम स्थानिय प्रतिनिधि र शान्ती प्रकृयाको कार्यभार ः
हामीले विगतमा धेरै जोखिमहरु उठायौ । हामी शान्ती प्रकृयामा आई सकेपछि जनताका युद्धकालिन कामहरुलाई कानूनी तरिकाले बैधानिक प्रकृयामा लैजान धेरै समस्या छ । केन्द्रिय स्तरमा राजनैतिक तवरमा धेरै मुद्दाहरु हल भए तर स्थानिय स्तरमा थुप्रै समस्या छन । हाम्रो पार्टीले स्थानिय तह नजित्ने हो भने हाम्रा चाहे फौजदारी होस चाहे देवानी होस बैधानिक प्रकृयामा लगेर हल गर्न कठिन हुन्छ । शान्ती प्रकृयाको हस्ताक्षर कर्ता हाम्रो पार्टी भएकोले हाम्रो दायित्व पनि के हो भने यिनी विषय टुङ्ग्याउनु पर्दछ । हाम्रो नेतृत्वको सक्षम स्थानिय प्रतिनिधिले मात्र सुझबुझपूर्ण तरिकाले प्रकृयागत रुपमा लैजान र विधीसम्मत तरिकाले टुङ्ग्याउन सक्दछ । पार्टीले चयन गर्ने उम्मेदवारको ऐतिहासिक पृष्ठभूमी, कार्यक्षमता, चेतना आदी कारणले निर्णायक भूमिका खेल्दछ । यूवा नेतृत्व, जोस जाँगर,इमान्दार,सरल ब्यक्तित्वको चयन गर्न कतिपय अवस्थामा सकारात्मक हस्तक्षेप जरुरी हुन्छ । सो मापदण्ड पुरा गर्ने ब्यक्ति नै उम्मेदवारको चयन प्रकृयामा प्राथमीकीकरण हुनु पर्दछ । माओवादी केन्द्रले जनताको मुद्दा उठाएको हुनाले हल गर्ने विधि पनि माओवादी संगै छ सो कुरा जनताले राम्रै संग बुझेका छन । त्यसैले जनताले पक्कै पनि निर्वाचन मार्फत न्याय दिने नै छन ।
घ. कार्यशैलीमा सुधार र आगामी बाटो ः–
हामी शान्ती प्रकृयामा आई सकेपछि हाम्रा व्यवहारहरु जनताका नजरमा बदलिए, कतिपय पार्टीका नेता तथा कार्यकर्ताहरुमा धमण्ड पलायो भने कतिपय नेता एवं कार्यकर्तामा धन संचय गर्ने, भ्रष्टाचार गर्ने जस्ता बेथितीहरु बढे, कतिपय अनैतिक र ब्यभिचारहरु मौलाय तर आशावादी तप्काले सो कुराको मुल्याङ्कन गरि खबरदारी गरेको छ । हामीले हामा्रो प्रदेश कमिटिको बैठकबाट गम्भिर रुपमा आत्म समिक्षा गरि सच्चीने बाचा गरेका छौ । हाम्रो रहन सहन, उठबस जनताले पचाउन सक्ने भएन । हाम्रा केन्द्रिय प्रतिनिधिहरुमा म जस्तो कोही छैन भन्ने दम्भ पलायो अब यस्ता कार्यमा छुट हुने छैन । हामी जनताद्वारा पटक पटक दण्डित भई सकेका छौ । हाम्रो अबको कार्यशैली उही पुरानो र दलाल संग साठगाठ हुने , जनताको समस्या र कठिनाईलाई बेवास्ता गर्ने हो भने पुनः दण्डित हुनु पर्ने हुन्छ । हाम्रो कार्यशैलीमा सुधार, आम्दानीको श्रोतको पारदर्सिता, विलासी जीवन शैलीको त्याग जस्ता कार्यशैलीमा सुधार गरि जनताको मन जित्ने कुरामा तल्लीन हुन जरुरी देखिन्छ ।
अन्तमा
हामी स्थानिय तहको निर्वाचनमा होमिएका छौ । माओवादी पार्टीलाई जनताले सेवा गरी हुर्काएको हो र यसको हकदार पनि जनता नै हो । माओवादी आन्दोलनले स्थापित गरेका मुल्य, मान्यता, हक अधिकारका संरक्षक पनि जनता नै हुन त्यसैले एक पटक म सबै आम जनता, स्थानिय बुद्धिजिवी, उद्योगी, व्यापारी, पत्रकार, सबै क्षेत्र र तहका जनतापर्ती हार्दिक धन्यवाद ब्यक्त गर्दै हामीले हाम्रो तर्फबाट जुझारु, लगनशिल, सक्षम, नेतृत्व पठाएर स्थानिय तहमा खरो रुपमा उत्रने छौ । हाम्रो समस्या र कठिनाईलाई हामीले नै हल गर्ने बचनबद्धता सहित आगामी निर्वाचनमा माओवादीलाई जिताउनु हुने छ भन्ने हाम्रो आम जनसमुदाय संग अपेक्षा रहेको कुरा ब्यक्त गर्न चाहन्छु । जनताको समस्या हल गर्ने हाम्रै कार्यभार हो र सो हल हामीले गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छौं ।