सडक डिभिजन कार्यालय नेपालगन्ज कोहलपुर–जमुनाह सडकखण्डको बिल्डअप एरिया बाहेक सडकको दायाँ, बायाँ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरु गरेको छ । बिल्डअप एरियामा भने यसअघिकै निर्णय बमोजिम २१ मिटरसम्मका संरचना यथावत रहन दिइने भएको छ ।
सडक डिभिजनले कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गरेपनि कोहलपुर उद्योग वाणिज्य संघले अतिक्रमण हटाउने बारे स्थानीयले जानकारी नपाएको भन्दै ७ दिनको समय मागेको छ । संघको अगुवामा स्थानीय तथा व्यवसायीले समय मागेपछि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको उपस्थितिमा ७ दिनको समय दिने लिखित निर्णय गरिएको छ । ७ दिनभित्र पनि सडक क्षेत्रफल खाली नगरे सडक डिभिजनले हटाउने बताएको छ ।
कोहलपुरमा व्यवसायीले समय मागेपछि जानकी गाउँपालिकाबाट संरचना हटाउन सुरु गरिएको छ ।
स्थानीय घरधनीहरुले भने सडक डिभिजनले आफ्नो घर सडक क्षेत्रमा पर्यो कि परेन भनेर सडक डिभिजनले लाइनिङ्ग नगरिदिएकाले पनि समस्या भएको बताएका छन् । सडक क्षेत्रफल खाली गर्ने समाचार निरन्तर आएपछि दैनिक नेपालगन्जको सम्पर्कमा सडक क्षेत्रफल नापेर सडकले चिन्हित गरिदिनुपर्ने घरधनीहरुले बताएका छन् ।
बाँके : सडक अतिक्रमण हटाउने सर्वदलीय निर्णय