बाँकेमा व्यवसायिक ‘ट्रेल’ बनाउदै सेना

साइक्लिङका खेलाडीका लागि सहज बन्दै बाँके, गाभरपछि कम्दीमा साइक्लिङका खेलाडीका लागि ट्रेल

बाँके जिल्लाको कम्दीमा साइकल ट्रेल निर्माण गर्न लागिएको छ । नेपालगन्ज साइक्लिङ क्लबसँगको सहकार्यमा बाँके जिल्ला साइक्लिङ संघले नेपाली सेनासँग सहयोग लिएर साइकल ट्रेल निर्माण गर्न लागेको हो ।


‘ट्रेल निर्माणको लागि सेनाको भैरव प्रसाद गण इमामनगरले आवश्यक जनशक्ति दिएर सहयोग गरिरहेको छ,’ झण्डै एकसाता लगाएर ट्रेल निर्माण सकिन लागेको जानकारी दिंदै बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले दैनिक नेपालगन्जसंग भने, ‘आधारभूत स्तरको बन्ने उक्त ट्रेल ५ किलोमिटरको हुने छ ।’


‘भौगोलिक रुपमा तराईमा रहेको उक्त ट्रेलमा अप हिल – डाउन हील सेक्सन कम मात्रामा भए पनि टर्निङ्ग सेक्सनहरु धेरै रहेकाले रोमाञ्चक साइक्लिङ हुनेछ,’ अध्यक्ष थापाले भने, ‘यसको निर्माण पश्चात नेपालगन्ज देखि सबै भन्दा दुरीको हिसाबले नजिक हुने छ, साइक्लिङ विशेष गरी माउन्टेन बाइकिङ्गको आधारभूत सिकाइ हुने र खेलाडी उत्पादन गर्न सजिलो हुने छ ।’


प्रकृतिको आनन्द लिँदै साइक्लिङ गर्न रुचाउने हरुका निम्ति कम्दी ट्रेल प्रमुख गन्तव्य हुने विश्वास गर्दै अध्यक्ष थापाले डुडुवा गाउँपालिका ५ मा रहेको बाबुकुवा सामुदायिक वनमा निर्माण भएको साइकल ट्रेलको यसै शनिवार शुभारम्भ गरिने बताए । यसअघि बाँकेको गाभर भ्यालीमा यसखालको साइकल ट्रेल बनाइएको छ ।

अप हिल – डाउन हील सेक्सन कम मात्रामा भए पनि ट्रेलमा टर्निङ्ग सेक्सनहरु धेरै रहेकाले रोमाञ्चक साइक्लिङ हुनेछ
गगन थापा, अध्यक्ष

प्रतिक्रिया

प्रतिक्रिया