जनताको लामो त्याग तपस्या र बलिदानीको परिणाम स्वरूप हामीले नयाँ संबिधान प्राप्त गर्यौ । जनताका इच्छा आकांक्षासंगै देशले बिकासको फड्को मार्छ भन्ने परिकल्पना सबैको थियो । सोचे अनुरुप बिकास हुन नसके पनि विकासले केहि गति पक्कै पनि लिएको छ । संघिय शासन प्रणाली अनुरुप स्थानीय स्तरमा अधिकार सम्पन्न जनताको भाग्य र भबिष्य निर्माता स्वयं जनता नै हुन् भन्ने कुराको व्यबहारीक प्रयोगमा केहि कठिनाई भएर राजनीतिक अस्थिरताको परिणाम स्वरूप शासन प्रणालीमा केहि बादलहरु मडारिए,. हामी चिन्तित बन्यौ । शिक्षा स्वास्थ्य र रोजगारी संबिधानले ग्यारेन्टी गरेको बिषय भएपनि किन व्याहारिक रुपमा सफल कार्यान्वयन हुन सकेन र हामी सामान्य रोगमा समेत चिन्तित हुनु परेको छ भन्ने बिषय गम्भीर रहेको छ ।
विगत केही बर्ष देखि कोभिड १९ को माहामारीले विश्व नै आक्रान्त बनेको अवस्थामा हामी पनि अछुतो हुन सकेनौ । हाम्रो सुझबुझ र सबै पक्षसंग सहकार्यको कारणले धेरै मानवीय क्षति हुनबाट रोक्न केहि हदसम्म सफल भएका छौं । बाँके जिल्लाको सन्दर्भमा राजनैतिक पार्टीको दुरदर्शिता, भेरी अस्पतालको अग्रणी भूमिका, चिकित्सकको टिमका नेत्तृत्वकर्ता डा प्रकाश थापा अहोरात्र खटाइ र दुरदर्शी निर्णयका कारण हामी ठुलो दुर्घटनाबाट जोगिएको छौं । अझै पनि धेरै कसरहरु बाँकी नै छन तर केहि राहत मिलेको छ । कोरोनाको ठुलो पीडाले अन्य प्राणघातक रोगको समस्या ओझेलमा पर्यो, धेरै आर्थिक श्रोत र मानवीय शक्ति कोरोनामा खर्च गर्नु परेको कारण क्यान्सर जस्ता रोगको योजनाबद्ध तरिकाले स्वास्थ्यमा सुधार गर्न सकिएन । हामीलाई आशा छ, अब समय भएको छ सबैको अथक प्रयासको कारणले अब यसले मुर्त रुप पाउने नै छ ।
भौतिक अवस्था कमजोर भएका अस्पतालहरुको कसरी बिकास गर्न सकिन्छ भन्ने बिषय गम्भीर रहेको छ । यस संग–संगै हाम्रो स्थानीय अस्पताल खजुराको क्यान्सर अस्पताल पनि अछुतो रहन सकेन । फलस्वरूप त्यस्ता अस्पतालको कसरी बिकास गर्न सकिन्छ र जनस्वास्थ्यमा सुधार ल्याउन सकिन्छ भन्ने बिषयमा गम्भीर भई स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन कसको के भूमिका रहन्छ भन्ने बिषयमा यहा चर्चा गर्ने प्रयास गरिएको छ ।
राजनैतिक पार्टीको भूमिका
गाउँ टोल समाज र देशकै बिकासको निम्ति राजनैतिक पार्टीहरुको भूमिका नहुने कुरै भएन । सचेत पक्षको प्रयास द्वारा नियमित हुने बिकासको क्रमलाई गुणात्मक फड्को मारी अगाडी बढाउने कार्यमा अहम भूमिका हुने गर्दछ । प्रतिकुल परिस्थितिलाई अनुकुल बनाई हरेक चिजको बिकासमा राजनैतिक पार्टीले अहम भूमिका निर्वाह गरेको हुन्छन् । संसदीय शासन व्यवस्था भएको हाम्रो जस्तो सानो मुलुकमा राजनैतिक पार्टीले लोक कल्याणकारी राज्यको निम्ति सरकारलाई मार्ग निर्देशन गरेको हुन्छ । शिक्षा स्वास्थ्य झनै महत्वपूर्ण बिषय भएकोले अपबाद हुने कुरै भएन । संघिय शासन प्रणालीमा स्थानीय तहलाई असिमित अधिकार हुने र स्थानीय तहले नै योजना कार्यान्वयन गर्ने हुनाले सामाजिक न्यायमा आधारित बिकास हुने गरेको छ । विगतमा स्थानीय समुदायको व्यापक सहभागितामा अन्न दाङ गरि प्राप्त श्रोत र यसको उचित प्रयोगबाट सुरु भएको बाँकेको परिचय बोकेको खजुरा क्यान्सर अस्पातल संचालनमा आएको कुरा बिदितै छ । आर्थिक श्रोतले अस्पतालको खर्च धान्न कठिन भएकोले सरकारले स्वामित्व लिने सर्तमा गठन आदेश मार्फत सरकारमा स्वामित्व गएता पनि व्यबस्थापकीय कार्यमा राजनैतिक पार्टीको उचित सुझाव विना अस्पतालको बिकास सम्भव छैन । जुनसुकै पार्टी सरकारमा गएता पनि स्वास्थ्य सेवा क्षेत्र अनिवार्य बिषय हो तसर्थ स्थानीय स्तरमा पनि राजनैतिक पार्टीले व्यवस्थापनको बिषय एवं श्रोत र साधनको उपलब्धताको लागि सरकार संग समन्वय राखी अस्पतालको बिकास एवं जनस्वास्थ्यलाई प्राथिमिकतामा राख्न सकिन्छ । भर्खरै नेपाल सरकार मन्त्रीस्तर निर्णयबाट मलाई अध्यक्षमा नियुक्त गरि व्यबस्थापनको जिम्मा दिएकोले राजनैतिक पार्टी संगको मेरो सहकार्य निरन्तर रहने नै छ साथै सहयोगको अपेक्षा पनि रहेको छ ।
व्यबस्थापन पक्षको भूमिका
बिगतमा जनताको अन्नदान व्यापक सहभागितालाई ठोस रुप दिन व्यवस्थापकीय नेतृत्व प्रदान गर्ने प्रखर परोपकार नामक सामाजिक संस्था मार्फत क्यान्सर अस्पातालको शिलान्यास भएको कुरा सबैलाई अवगत नै छ । सामाजिक सस्थाले दिर्घकालिन महत्व राखी गरेका यस्ता कार्यहरुलाई ऐतिहासिक बनाई निरन्तरता दिनु सबैको दायित्व हो । बिरलै रुपमा यस्तो कामले समाज रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । बिगतमा यस संस्थाका संस्थापक सदस्य एवं पदाधिकारीहरुद्वारा जुन भूमिका निर्वाह गर्नु भयो हाम्रो टिमले उच्च सम्मान गरेको छ र भविष्यमा पनि मुल्यांकन गर्ने नै छ । मैले अध्यक्षको हैसियतले यहि फागुन २५ गते मात्र पदभार ग्रहण गर्दा प्रतिबद्धता गरे बमोजिम फागुन २८ गते प्रखर परोपकार संस्थाका सब सदस्यहरु संग लामो छलफल गरि सुझाव लिएको छु र सो पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेको छु । यस अगाडी सराकर मार्फत नियुक्त भएका सबै पदाधिकारीहरु पनि अस्पताल बिकासका भागीदार हुन् । विना पूर्वाग्रह जुनसुकै राजनैतिक पार्टी, वर्ग र समुदायका व्यक्ति समितिमा बसेर व्यबस्थापन गर्नु भयो सबैको सकारात्मक पहलले संस्थाले यसरि प्रगति गर्न सकेको हो ।
अस्पतालको बिकास समितिको पदाधिकारी नियुक्ति एउटा स्वयं सेवा भोलेन्टरी सर्भिस भएकोले हामीले बिगतका पदाधिकारीसंग अनुभव साट्न कुनै कन्जुस्याइँ गर्ने छैनौ । मैले यस अगाडिका आदरणीय अध्यक्ष श्री भक्त बहादुर केसी ज्यु संग पनि अस्पाताल बिकासका बिषयमा लामो छलफल गरेर सुझाव संकलन गरेको छु । समय र परस्थितिले मेरो काँधमा जिमेवारी आएता पनि मेरो अग्रजहरु धन्यबादका पात्र हुन् र उहाँहरुकै जगमा मैले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । हाम्रो टिम पनि समाबेशी र सबै राजनैतिक पार्टीको प्रतिनिधित्व भएकोले सकारात्मक निस्कर्ष आउने नै छ । समितिको सबै सदस्यहरुलाई हामीले अल्छी गर्ने छुट दिने छैनौ र पर्याप्त समय अस्पातालको विकास र बिरामीको स्वास्थमा केन्द्रित गरि सफलता प्राप्त गर्ने छौ ।
चिकित्सक एवं प्रशासनको भूमिका
हामीले बुझ्दै आएको र भोग्दै आएको कुरा के हो भने कर्मचारी प्रशासन स्थाई सरकार हो । जनताबाट हामीलाई प्राप्त भएको तागत र कर्मचारिमा रहेको लामो समयाको अनुभवलाई समायोजनमा गर्दै नयाँ चिज पैदा गर्ने हाम्रो चाहाना हो । पूर्ववत हिसाबले कानुनको डण्डा देखाउने र निर्णय क्षमतामा अवरोध गराउने, कानुनको अपव्याख्या गरि काम नगर्ने प्रवृतिका बिरुद्दमा हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने हो भने स्वास्थ्य जस्तो बिषय झनै जटिल हुन्छ ।
व्यवस्थापनले गरेका निर्णयलाई सफल कार्यन्वयन गर्ने कर्मचारी प्रशासनको काम हो । जतिबेला पनि कर्मचारीहरुलाई हस्तक्षेप गर्ने, चिकित्सकको काममा बाधा व्यवधान गर्ने काम व्यबस्थापनाबाट हुनु हँुदैन, तर एउटा निर्णय गरिसकेपछि कार्यान्यन हुनु जरुरि हुन्छ ।
जोखिम मोल्ने आँट हामीले गर्न सकेनौ भने अस्पातालको बिकास हुदैन । त्यसमा कर्मचारी वर्ग पनि खरो रुपमा उत्रने पर्छ । काम अनुसारको सेवा सुबिधामा कुनै कसर बाँकी हँुदैन र इमान्दार तरिकाले परिणाममूखि कार्यको हामी सधै भोको रहनु पर्छ । चिकित्सकीय ज्ञानलाई टप बृद्धी गर अपनाउनुपर्ने सबै भूमिका हामीले पक्कै पनि लागु गर्ने छौ । चिकित्सक एवं कर्मचारी बर्गबाट प्राप्त तार्किक एवं अनुभवजन्य ज्ञानलाई पुनः व्यवहारमा लागु गर्दै हामी नयाँ ग्यान लिन अग्रसर हुनेछौ भन्ने बिषय चिकित्सक एवं कर्मचारी बर्गले पनि सोच्नुहुनेछ, हामी सोही कुराको प्रतिक्षामा रहने छौ । कर्मचारीको क्षमता बिकास, पेशागत दक्षता, तालिम आदिको बिषयमा व्यवस्थापनले सोच्ने नै छ ।
स्थानीय बुद्धिजीविको भूमिका
हामी भर्खरै व्यवस्थापनमा आएको हुनाले धेरै काम गर्न समय, आर्थिक अभाव आदि कारणले साथ नदेला तर नयाँ कामको सुरुवात पक्कै पनि गर्ने नै छौ । सबै पेशा, वर्ग र समुदायको सल्लाह, सुझाब र सहयोग हाम्रो लागि निर्णय क्षमताको तागत बन्ने छ । स्वास्थ्य सेवाको मापदण्डहरु के हुन् र समाजमा यसको स्थान के छ बुद्धिजीहिरुले मुल्यांकन गर्ने बिषय हो । अस्पाताल प्रशासनले गरेका कामहरु पारदर्शी हुनु पर्दछ र जनताले यसको जवाफ पाउनु पर्दछ यसमा हाम्रो प्रमुख जोड रहने छ । के काम गर्दा कानुनी अड्चन छन कानुनबिद्लाई थाहा हुने बिषय हो, आर्थिक बिषय कसरि अगाडी बढाउने भन्ने अर्थबिदको बिषय भएकोले स्थानीय स्तरमै रहेका बौद्धीक व्यक्तित्व एवं पेशागत विज्ञ संग छलफल गर्दै अगाडी बढ्ने जमर्को गरेका छौ । स्थानीय बुद्धिजीविहरुको व्यक्तिगत वा समुहगत सुझावलाई हामीले सकारात्मक रुपमा ग्रहण गर्ने नै छौ । योजना, बजेट र कार्यन्वयन एवं सम्पूर्ण कार्य प्रगतिको समिक्षा गर्दै अस्पातालको भौतिक संरचना, अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा, कार्मचारीको व्यवस्थापना र समग्रमा स्वास्थ्य क्षेत्रलाई विशिष्टगत रुपमा अगाडी बढाउने छौ । बिशेष किसिमका ज्ञान र सिपमा सबै बौद्धीक बर्गहरुको सहयोग पक्कै पनि हुने नै छ ।
अन्त्यमा
राज्यको लोककल्याणकारी चरित्र र जनताको स्वास्थ्यमा पहुंच पुराउनको लागि सबै सेवा प्रदान गर्न अस्पातालले भूमिका खेल्ने नै छ । स्थानीय जन प्रतिनिधि स्थानीय स्थानीय सरकार भएकाले व्यवस्थापनको अविभावक हुनेमा कुनै शंका नै छैन सबै पक्ष संग हातेमालो गर्दै हाम्रो अनुभव र क्षमतालाई सकेसम्म व्याबहारिक प्रयोग गर्ने नै छौ । हाम्रो व्यबस्थापकीय जिम्मेवारीलाई सबै पक्षबाट देखाउनु भएको माया र सदासयातालाई यसै लेख मार्फत अभिनन्दन गर्न चहान्छु । स्वयम सेवाको उत्कष्ट चाहानालाई मुर्तरुप दिन वैधानिक आधार प्रदान गर्ने संस्था प्रति मेरो सधै सम्मान रहनेछ । प्रक्रियागत रुपमा व्यबस्था मिलाउने सबै पक्ष धन्यबादका पात्र त हुँदै हुन् यस भन्दा अगाडी व्यबस्थापन सम्हालेका मेरा अग्रजहरु प्रति म सधै अनुग्रहित रहने बाचा सहित परिणाममूखि कार्य गर्ने प्रतिबद्दता समेत व्यक्त गर्न चाहान्छु । (लेखक थापा सुशिल कोइराला क्यान्सर अस्पताल खजुराका अध्यक्ष हुन् ।)