काठमाडौं उपत्यकाको केन्द्रबाट ३२ किलोमिटर दक्षिणपूर्वमा अवस्थित पनौती मूर्त र अमूर्त सांस्कृतिक सम्पदाका लागि परिचित प्राचीन सहर हो । रोशीखोला र पुण्यमती खोलाको पवित्र संगमस्थलमा पनौतीस्थित वास्तुकला परिसर रमणीय स्थानमा रहेको युनेस्कोले आफ्नो विश्व सम्पदा क्षेत्रको अस्थायी सूचीमा समावेश गरेको छ । परम्परागत नेपाली शैलीमा रहेको इन्द्रेश्वर महादेव मन्दिर मूलतः सन् १२९४ मा निर्माण भएको उल्लेख गरिएको छ । अन्य संरचनाहरूमा १७ औं शताब्दीको ब्रह्मयानी मन्दिरलगायत अन्य मन्दिरहरु, शिलालेख, प्रस्तर मूर्तिहरु र परम्परागत घरहरू समावेश छन् । पनौतीको सड़क, गल्ली, चोकहरुमा मन्दिर, पुरातन संरचना र सार्वजनिक आश्रयस्थलहरु छन् ।

पनौतीलाई हिन्दू र बौद्ध दुवैधर्मावलम्बीले पवित्र सहर मान्छन् । पनौतीलाई महाभारत युगको पाँचाल नगर मानिन्छ, जहाँ पाण्डवका पाँच दाजुभाइसँग विवाह गरेकी राजकुमारी द्रौपदीको जन्म भएको थियो। यसरी, पनौतीलाई महाभारत सर्किटको प्रमुख स्थानको रूपमा पुनः परिभाषित गर्ने बलियो सम्भावना छ । नेपाल र भारतमा द्रौपदीसँगै पाण्डवका धेरै मूर्तिहरू छन् । तर, द्रौपदीएकलैको एउटै मूर्ति पनौतीमा मात्रै छ । सायद, विश्वमा पुरातात्विक मूल्य भएको द्रौपदीको यो एक मात्र मूर्ति हो ।

हिन्दू देवताहरूले आफूले गरेका पापबाट आफूलाई शुद्ध पार्नको लागि पनौतीमा गरिने एकान्तवासकाकुराहरु हिन्दू पौराणिक कथाहरूमा पाइछन् । यी कथाहरु पनौतीका तीन नदीको मिलन स्थल पनौती त्रिवेणीघाटसँग जोडिएका छन् । तीन नदीमध्ये दुई नदी पुण्यमाता (भोंखुसी पनि भनिन्छ) र रोशी देखिन्छन् भने अर्को पवित्र नदी लीलावती अदृश्य छ । १२ वर्षमा एकपटक लाग्ने एक महिनासम्म चल्ने पनौती मकर मेलामा टाढा–टाढाका तीर्थयात्रीहरू पनौतीमा आउने गर्छन् । पनौती त्रिवेणीमा पवित्र स्नान गर्नाले तीर्थयात्रीको पाप पखालिनेजनविश्वास रहेको छ ।

राजकुमार महासत्वको जन्मस्थल पनि पनौती हो । राजकुमार महासत्वलाई नमोबुद्ध भनेर चिनिन्छ । किंवदंती अनुसार राजकुमार महासत्वले भर्खरै जन्मेका आफ्ना बच्चाहरुले घेरिएकी भोको बघिनीलाई आफ्नै शरीरको मासु काटेर खुवाएर प्राण त्यागेका थिए । बुद्धत्व प्राप्त गर्ने राजकुमार महासत्वलाई शाक्यमुनि बुद्धको पूर्व अवतार भनिन्छ । महासत्वका अवशेषहरू राखिएको स्थान नमोबुद्धहिन्दू र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल हो । नमोबुद्ध पनौतीनजिकै पूर्वपट्टिको पहाडमा अवस्थित छ । नमोबुद्ध युनेस्कोको विश्व सम्पदा स्थलहरूमा छुट्टै संस्थाको साथमा एक प्रमुख स्थानको हकदार मान्न सकिन्छ ।

नेवाः समुदायको प्रख्यात परिकार योमरी पनौतीमा आविष्कार भएको मानिन्छ । योमरी पुन्ही पर्व पनौतीबाट सुरु भएको बिश्वास गरिन्छ । किंवदन्ती अनुसार एक विवाहित जोडी – सुचन्द्र र कृतिले योमरीको आविष्कार गरेको मानिन्छ । अन्ततःयोमरिकों नयाँ स्वाद बासिन्दाहरूमा फैलिएको थियो। सबैले रमाइलो मानेर खाने भएकोले यो रोटीको नाम योमरी राखियो, जसलाई खसभाषामा वास्तविक अर्थ दिनु पर्दा’मनमोहकरोटी’ भन्न सकिन्छ ।

सोही समयमा त्यसदम्पतीले धनपति कुबेरलाई योमरी चढाएको विश्वास पनि छ । योमरीको स्वादले उनी धेरै खुसी भए र कुबेरको आशीर्वादले योमरी पुन्ही मनाउने परम्परा सुरु भयो।योमरी पुन्ही धानबाली काट्ने अन्तिम दिन मनाइने नेवाःहरुको पावनपर्व हो । यो नोभेम्बर÷डिसेम्बरमा थिन्ला (थिन्ला) को पूर्णिमाको दिनमा हुन्छ, नेपाल संबत क्यालेन्डरमा दोस्रो महिनामा पर्छ । आजकाल नेवाः समुदायले योमरी पुन्ही धुमधामका साथ मनाउने गर्दछन् । नेवाःपरिकार पाइने रेस्टुरेन्टहरूमा योमरी मेनुको एकखास हिस्सा बनेको छ ।
हालसम्म नेपाल सरकारले युनेस्कोको विश्व सम्पदा क्षेत्रहरूमा अमूर्त सम्पदाहरू पेस गरेको छैन । योमरी र योमरी पुन्ही पर्वलाई युनेस्कोको विश्व सम्पदामा अमूर्त सम्पदामा समावेश गर्न एउटासशक्त प्रस्ताव हुन सक्छ ।

पनौतीका एकसय भन्दा अमूर्त सांस्कृतिक सम्पदाहरु प्रत्येक वर्षमनाइने चाडपर्ब र उत्सबहरुमा संलग्न छन्। पनौतीमा हरेक दिनलाई सम्पदा दिवस भन्नु अतिरञ्जन हुनेछैन । पनौतीका सम्पदा र सांस्कृतिक सम्पदाको संरक्षणमा पुरातत्व विभाग, पनौती नगरपालिका र नागरिक समाजको सामूहिक प्रयास सराहनीय छ । पनौतीको प्रारम्भिक मध्यकालीन वास्तुकला परिसरलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको पूर्ण सूचीमा राख्न थप प्रयासहरू आवश्यक छ ।

पनौतीका प्रारम्भिक मध्यकालीन स्मारकहरू २३ मे १९९६ देखि युनेस्को विश्व सम्पदा साइटहरूको अस्थायी सूचीमा समावेश छन् । पनौतीको प्राचीन मानव बस्ती एउटै चट्टानमा खडा छ, जुन सन् १९३४ र सन् २०१५ को महाभूकम्पबाट पनि धेरै प्रभावित भएको थिएन।सन् १९३४ र सन् २०१५ को महाभूकम्पबाट नेपालको ठूलो भूभागमा क्रमशः २०,००० र १०,००० मानवीय क्षति भएको थियो । पनौती वास्तवमा एक जीवित संग्रहालय हो, जहाँ सांस्कृतिक र परम्परागत मूल्यहरू अक्षुण्ण राखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया