जक आरोपी सांसद बानियाँ धरौटीमा छुटे

बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् । एक महिलाले लेनदेन विषयमा होटलमा बोलाएर गर्भनिरोधक (कण्डम) लगाएर सांसदले बलात्कार गरेको यसअघि सञ्चारमाध्यममा समाचार प्रकाशनमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा महिलाले सांसद विरुद्ध उजुरी दिएकी थिइन् । उजुरीको निकै पछि जिल्ला प्रहरी कार्यालय बाँकेले सांसद बानियाँलाई नियन्त्रणमा लिएको थियो । एमसीसी बारे टुंगो लागेपछि आफै प्रहरीमा हाजिर हुन आएका बानियाँलाई प्रहरीले नेपालगन्ज एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय लगेको थियो ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने सांसद बानियाँलाई बुधबार अदालतमा पेश गरेको जानकारी दिएका छन् ।
सांसद वानियाँका तर्फबाट बहस गरेका कानुन व्यवसायी लोक बहादुर शाहले जिल्ला अदालत बाँकेमा थुनछेक बहसमा अदालतले ५ लाख धरौटी लिएर छाडेको जानकारी दिए ।

अदालतमा थुनछेक बहस हुँदा धरौटी, पुर्पक्ष र साधारण तारेखको निर्णय हुन्छ । अदालतमा चल्ने अधिकांस जसो बलात्कार सम्बन्धी मुद्दामा आरोपीलाई अदालतले धरौटी तथा साधारण तारेख दिएको पाइँदैन । सांसद वानियाँले भने धरौटी पाएका छन् ।

‘थुनछेक बहसमा प्रस्तुत प्रमाणका आधारमा सांसदले बलात्कार गरेको पुष्टि हुने खालका कुनै पनि ठोस प्रमाण थिएनन्’, एक कानुन व्यवसायीले भने, ‘उजुरीकै आधारमा पनि मुद्दा झेल्नुपर्ने कानुनी व्यवस्था छ, सहमतिमा भएपनि मुद्दा झेल्नै पर्दछ, अझ कानुनले तोकेको उमेर नपुगेको भए त पुर्पक्षमा जेल जानुको विकल्प नदेखिएको अवस्था छ ।’

सहमति तथा झुठा बलात्कारका घटना ढिलो गरी प्रमाणित हुन्छ । जसले गर्दा निर्दोष बर्षौसम्म जेलमा बस्नुपर्ने अवस्था रहेको कानुन व्यवसायी बताउँछन् । वास्तविक पीडितलाई न्याय पाउन सकस छ, झुठ्ठा मुद्दामा निर्दोष फसिरहेको अवस्था छ, उनीहरु भन्छन् ।
महिलाले दिएको जबर्जस्ती करणकाे उजुरीका आधारमा बर्षौ जेल बिताएपछि सर्वोच्चबाट स्वतन्त्र भएको थुप्रै उदाहरण रहेका छन् । नाबालिकाको उमेर सम्बन्धी विषयमा पनि चर्चा हुन थालेको छ । खासगरी कलाकर्मी पल शाहलाई बलात्कार मुद्दा लागेपछि नेपालमा नाबालिका, सहमतिमा सहवास लगायतका विषयमा बहस हुन थालेको छ ।

‘सहमतिमै सहवास गर्ने, कुरा बिग्रेपछि बलात्कार मुद्दा हालेको धेरै पाइन्छ, तर हामीले कानुनले दीएकाे निर्देशन बमोजिम गर्नैपर्छ’, एक प्रहरी अधिकारीले भने ।

बोलेको भरमा लाग्ने मुद्दामा पनि सफाई पाउनेको संख्या हेर्दा नि कति झुट्टा मुद्दा दर्ता हुन्छ भने कुरा देखिन्छ। यस्ता झुट्टा मुद्दामा लाखौं लाख खर्च हुन्छ र वर्षौं वर्ष निर्दोष पुरुषहरु जेल बस्न बाध्य छन्। तथ्याङ्क २०७४-७५ देखि २०७७-७८ सम्म।

प्रतिक्रिया

प्रतिक्रिया