प्रथम नव उद्यमशाला नेपालगन्ज प्रदर्शनी सम्पन्न

नेपालगन्जमा नयाँ ब्यवसाय प्रवर्धन कार्यक्रम अन्तर्गत आज नव उद्यमशाला नेपालगन्ज प्रदर्शनी सम्पन्न भएको छ ।
उद्यमशिलता विकासको लागि नयाँ सोच भएका नव उद्यमीलाई व्यवसाय गर्न नविन सोच, ज्ञान, सीपका माध्यबाट सहयोग गर्र्ने उद्धेश्यले नेपालगन्ज उपमहानगरपालिका र GIZ/LPED को सहयोग एवं अन्तरप्रेरणा प्रा।लि।को सहजीकरणमा गत आ।व। ७७।०७८ देखि नयाँ व्यवसाय प्रवद्र्धन कार्यक्रम ६ महिना सम्म सन्चालित गरिएको थियो ।


सो कार्यक्रम अन्तर्गत् यस उप—महानगरपालिकामा “नव उद्यमशाला सन्चालन गरिएको छ ।
यस कार्यक्रममा शुरुवात देखि हालसम्म १० जना नव उद्यमीहरु सहभागी भएका थिए । सो अन्तर्गत् उनीहरुले यस अवधीमा नविन सोच, ज्ञान, सीपका माध्यमबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सफल भई विशेष गरी नेपालगन्जमा नवउद्यमीहरुका लागि उपयुक्त लगानीमैत्री वातावरण सृजना गर्न सहयोग पुग्नेका लागि नव उद्यमशाला नेपालगन्ज प्रदर्शनी कार्यक्रमका आयोजना आयोजना गरिएको अन्तरप्रेरणा प्रा।लि।का सिईओ निरज खनालले जानकारी दिए ।

सो कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवल सम्सेर राणाले आगामी दिनमा यस्ता उद्यमशिलता तालिम सन्चालन गर्ने र युवाहरुलाई उद्यमी बनाउने बताउनुभयो । साथै उद्यम तिर प्रोत्साहन गर्ने बताउनु भयो । सोही कार्यक्रममा नेपालगन्ज उद्योग ब्यपार संघका महासचिव चिरन्जीवी ओलीले ब्यापार संघले पनि नव उद्यमीलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सहकार्य गर्ने बताउनुभयो ।


सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर, अन्तरप्रेरणा प्रा।लि।का अध्यक्ष ओम राजभण्डारी र सिईओ निरज खनाल, जिआईजेडका टेक्निकल एडभाईजर रामचन्द्र लामिछाने लगायत विभिन्न ब्यापारी तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक तथा गैसस शाखा प्रमुख कृष्ण प्रसाद जोशीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सन्चालन श्वेता गुरुङले गरेकी थिईन् ।

प्रतिक्रिया

प्रतिक्रिया