परिवार नियोजन संघ बाँकेका सभापति जन्मजय वर्णवालको शुक्रबार निधन भएको छ । ४७ बर्षीय वर्णवालको शुक्रबार मध्यान्ह तिर हृदयघातबाट निधन भएको हो ।
‘सामान्य असजिलो महसुस गरेर अस्पताल पुर्याइएका उनको अस्पताल पुग्दा, नपुग्दै निधन भयो’, संघका पूर्व अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए । ६ महिना अघि उनले परिवार नियोजन संघको नेतृत्व सम्हालेका थिए ।