नेतृत्व छान्दै इन्जिनियर

नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) लुम्बिनी प्रदेशको आगामी नेतृत्वका लागि आज शुक्रबार निर्वाचन हुने भएको छ । सत्तारुढ गठबन्धन र विपक्षी एमाले सम्बद्ध इन्जिनियरहरुले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् ।

त्यसक्रममा बाँकेबाट राष्ट्रिय इन्जिनियर संगठन र सोशलिष्ट इन्जिनियरिङ एशोसिएनको संयुक्त गठबन्धनबाट बाँकेका ओम प्रकाश सापकोटाको नेतृत्वमा र अर्को प्यानल जीवन अर्यालको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ । शैलेन्द्र श्रेष्ठको अध्यक्षतामा अर्को प्यानल पनि निर्वाचनमा रहेको छ ।

सचिव पदका उम्मेदवार बाँकेका इन्जिनियर विवेक लामिछानेले निर्वाचनबाट सक्षम, योग्य र पदीय कर्तव्य पूरा गर्न सक्ने व्यक्तिलाई छनोट गर्न आफुहरुले अपिल गरेको बताए । ‘हामी व्यवसायिक रुपमा सक्षम व्यक्तित्वलाई नेतृत्वमा ल्याउन आव्हान गरिरहेका छौं’, इ. लामिछानेले दैनिक नेपालगन्जसँग भने, ‘हामीलाई विश्वास छ मतदाताहरुले सक्षम व्यक्तिको छनोट गर्नुहुनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया