मार्ट के का लागि ?

मार्टलाई नेपालीमा मेला भनिन्छ । मेला आफैमा पनि एउटा प्रमोशनको पाटो हो । बजार आदानप्रदान, व्यवसाय आदान प्रदान, व्यवसायबारे जानकारी गराउनका लागि मार्ट गरिन्छ ।

पर्यटन मेला, टुरिजम मार्ट, ट्राभल मेला, ट्राभल फेयरका कुरा गर्दा नेपालगन्ज र पश्चिम क्षेत्रका लागि यो पहिलो हो । यसले सबैभन्दा ठूलो पर्यटन क्षेत्रमा रहेको व्यवसायीहरुलाई एकआपसमा चिनजान गराउँछ । व्यवसाय आदानप्रदान गराउँछ । र, अर्को चाही जो हाम्रा उपभोक्ताहरु हुन्, उहाँहरुलाई पनि पर्यटन व्यवसायलाई चिनाउने, पर्यटन व्यवसायीको प्रकृति बुझाउने, पर्यटन व्यवसायबाट दिने प्रोडक्टको बारेमा जानकारी गराइन्छ ।

यहाँ महत्वपूर्ण कुरा के छ भने, अन्य व्यापार मेला हुँदा वरिवरिका व्यवसायीलाई स्टल राख्न लगाएर, देशभरीका स्टल राख्न लगाएर व्यापार व्यवसाय गरिन्थ्यो भने यसमा चाहीँ हामीले पश्चिम नेपालका बारेमा जानकारी होस् भनेर भारतका विभिन्न सहरका पर्यटन व्यवसायीहरु जसले टुर अपरेशन गर्दछन्, उनीहरुलाई हामीले बोलाएका छन् । यो क्षेत्रको प्रचारप्रसार होस् भनेर, त्यहाँको मिडियामा पनि प्रचारप्रसार होस् भारतका विभिन्न राष्ट्रिय मिडियाका साथीहरुलाई पनि आमन्त्रण गरेका छौं । भारतबाट मात्रै ५० भन्दा बढी पत्रकार र पर्यटन व्यवसायी आउँदै हुनुहुन्छ । जसले नेपाललाई प्रत्यक्ष बुझेर जानुहुनेछ ।

र, सँगसँगै उहाँहरु (भारतीय) क्रेता हो भने हामी बिक्रेता हौं । हामीले स्टल लगाउँछौं । स्टल नहुने साथीले आफ्नो भिजिटिङ्ग कार्ड राख्नुहुनेछ । उहाँहरुले आफ्नो प्रोडक्ट बोकेर आउनुहुनेछ, जुन भारतीय साथीहरुलाई दिनुहुनेछ ।

भारतीय साथीहरुले ल्याएको प्रोडक्टलाई पनि हामी स्वीकार गर्दछौं । यो विशुद्ध पर्यटन व्यवसायको आदानप्रदान हो ।

समग्र पर्यटनको अवस्था चाहीँ के छ ?

नेपालगन्जलाई हामीले अहिलेसम्म भन्ने भनेको टुरिजम ट्रान्जिट हो । म टुरिजम ट्रान्जिट होइन, यसलाई हब बनाउनु पर्दछ भन्नेमा छु । मान्छे यो ठाउँ भएर जाने आउने मात्रै होइन यहाँ पनि धेरै सम्भावना छन् । यहाँ क्यासिनो कुरा गर्दा ६ वटा चलिरहेका छन् । धेरै भरै भारतीय पर्यटक यहाँ आउनुहुन्छ । मानसरोवरको गेटवे नै हो । कर्णाली, सूदुरपश्चिम र कर्णालीको गेटवे पनि यही नै हो । पर्यटकको सम्भावना कति छ कति ।

तर हाम्रो पर्यटन क्षेत्रका, हाम्रो सम्भावनाका प्रचारप्रसार नै गरेका छैनौं । यो टुरिजम मार्ट एउटा अवसर हो प्रचारप्रसारको को छ । यो प्रसारप्रसारले अहिले तत्कालै यो मार्टले केही दिन नसक्दा तर भविष्यमा यसले धेरै कुरा दिएर जानेछ, त्यसको परिणाम हामीले महिना, ६ महिनामा पाउने छौं भन्ने मलाई विश्वास लाग्छ ।

यो पहिलो संस्करण हो पहिलो पटक हो ?

मार्टको अभ्यास नेपालमा नभएका होइनन्, भएका छन् । विभिन्न जिल्लामा मार्ट भएका छन् । पश्चिम नेपालमा चाहीँ यस्तो खालको अन्तर्राष्ट्रिय लेभलको पहिलो पटक हो । हामी यसलाई निरन्तरता दिने छौं । हामीले एउटा वेभसाइट पनि बनाएका छौं, निरन्तरता दिनका लागि । आज हामीलाई स्थानीय सरकार, टुरिजम बोर्डले केही सहयोग गरेको छ । हामी गर्दैछौं । भोलिका दिनमा यसखालका सहयोग नआए पनि हाम्रो तयारी के हो भने निजी क्षेत्रबाटै यसखालका मार्टहरु गर्न सक्छौं, गर्छौ । अब उप्रान्त हुने मार्टहरु पहिले नै फिक्स नै गर्दछौं । यसको अर्थ के हो भने मार्ट हरेक बर्ष हुन्छ ।

अपेक्षा के हो ?

मुख्यगरी पर्यटन व्यवसायीहरु लागिनै रहनु भएको छ । पर्यटन व्यवसायीहरु सफल बनाउन लाग्नु नै भएको छ । नेपालगन्जमा मार्ट आउनु यो क्षेत्रका बासिन्दालाई एउटा अवसर हो । यसको अपनत्व नेपालगन्जबासीले मात्रै होइन यो क्षेत्रका सम्पूर्ण बासिन्दाले लिनु पर्दछ । अझ विशेषगरी यहाँका सञ्चारमाध्यमले प्रचारप्रसार गरिदिने, यहाँका स्थानीय सरकारले यसलाई अपनत्व ग्रहण गरिदिने, राजनीतिक दलहरुले अपनत्व ग्रहण गरिदिने, पर्यटन के हो भनेर बुझाउन हामीले मार्ट यहाँ ल्याएका छौं । र, यसले दिएको सन्देशलाई सबैले अपनत्व ग्रहण गरिदिनुहुने छ भन्ने विश्वास छ ।

प्रतिक्रिया

प्रतिक्रिया