आजबाट वेष्टर्न मार्ट, पश्चिमको पर्यटन प्रवद्र्धनमा नाट्टाको पहल

आज बिहीबारबाट नेपालगन्जमा नाट्टा च्याप्टर बाँकेको आयोजनामा वेष्टर्न ट्राभल मार्टको आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने मार्टको सबै तयारी पूरा भएको आयोजक नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । निजी क्षेत्रको पहलमा सरकारी क्षेत्रको समेत समन्वय र सहयोगमा आयोजित मार्टले बाँके सहित पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपालन्ज उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा च्याप्टर बाँकेको आयोजनामा हुन लागेको वेष्र्टन ट्राभल मार्टमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि स्टल समेत राखिने भएको छ । मार्टमा नेपालगन्ज सहित पश्चिम नेपालका पर्यटकीय क्षेत्रको प्रवद्र्धन सहित कर्णालीको गेटवेको रुपमा प्रवद्र्धन गरिने पत्रकार सम्मेलनमा नाट्टा बाँकेका अध्यक्ष सिग्देलले बताएका छन् । पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान बाँके, होटेल व्यवसायी संघ बाँके आदि संस्थाहरु यस मार्टको सहआयोजकको रुपमा रहेका छन् भने एयरलाइन्स पार्टर बुद्ध अएर रहेको छ ।

‘नेपालगन्ज सहर र यस वरपरका क्षेत्रहरुका साथै कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गरि यस क्षेत्रका पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यका साथ मार्टको आयोजना गर्न लागिएको हो’, सिग्देलले भने, ‘मार्टमा पर्यटन सम्बद्ध संस्था तथा व्यसायीहरुको सहकार्य रहेको छ र थप सक्रिय सहभागिताको समेत अपेक्षा गरिएको छ ।’

पश्चिम नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सीमावर्ती सहरका करिब ५० जना टुर अपरेटर वायरको रुपमा मार्टमा सहभागी हँुदैछन् । यस मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायक संस्थाहरु र भारतबाट सहभागी हुने टुर अपरेटरहरु बीचयस क्षेत्रका टुर प्याकेजहरु बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुने आयोजकले जानकारी दिएका छन् । साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरु बीच टुर प्याकेजहरुको आदान प्रदान हुनेछ । सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन व्यजसायी सहभागी गरार्ई कर्णालीनदीमा र्याफटिङ, बर्दिया राष्ट्रिय निकुञ्ज भित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिनेछ ।

मार्टको अयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुनगई पर्यटक अगमन संख्या बढ्न जाने अपेक्षा गरिएकोे छ । मार्टको भव्य सञ्चालनका लागि पर्यटनमा चासो राख्ने यस क्षेत्रका सम्पूर्ण व्यवसायी, सरोकारकारवाला अन्य महानुभाव लगायत सञ्चार क्षेत्रको सक्रिय सहभागिताको अपेक्षा गरेको आयोजकले जानकारी दिएका छन् ।

मार्टका क्रममा भारतीय टुर अपरेटर सहित सञ्चारकर्मीलाई नेपालका पर्यटकीय क्षेत्रको साइकल तथा हवाई टुर गराउने योजनामा समेत आयोजक रहेका छन् । बर्दिया तथा बाँकेका पर्यटकीय क्षेत्रमा पाहुनालाई बसाएर यहाँको बारेमा जानकारी दिने कार्यक्रम निर्धातिर गरेको आयोजक अध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया