लिग फुटबलमा सोमबार नवदुर्गा बिजयी

बाँके जिल्ला लिग फुटबलमा सोमवार नवदुर्गा युवा क्लबले जीत हासिल गरेको छ ।

नेपालगन्ज रंगशालामा नवदुर्गाले बुद्ध युवा क्लबलाई ३–० ले हराएको हो । नवदुर्गाका लागि मनोज ओलीले २९औं मिनेट, रुपेश बुढाले ५० र बिनोद बुढाथोकीले ५७ औं मिनेटमा गोल गरेका थिए ।


यसैगरी सोमबार भएको अर्को खेलमा युनाइटेड क्लब र जयकिसान स्पोर्टस क्लबबिचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगितामा बाँकेका ११ क्लबले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेता टोलीले बाँकेबाट लुम्बिनी प्रदेश लिगमा प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया