धेरै मानिसको बिचारमा साइकल एक सवारी साधन मात्र हो भन्ने कुरा युवाले परिवर्तन गरिदिएका छन् । बच्चा उमेरमा खेल्ने साइकल, बयस्क अबस्थामा सवारी साधन मात्र हैन भन्ने कुरा पुष्टि भएको छ । साइकल चलाउनका बैज्ञानिक कारण पनि छन् । यो एउटा खेलकुद, मनोरञ्जन, पर्यटन अन्य साधनको रुपमा पनि लिन सकिन्छ । साईक्लिङबाट समाजमा परिवर्तनमा धेरै ठूलो सहयोग पुगेको कुरा यस लेखबाट पाठकलाई जानकारी गराउँदछु । साइकलको चेनले गाउँ शहरलाई जोडेको छ । स्थानीय पर्यटनलाई प्रबर्द्धन गरेको छ । बाँके जिल्लामा ओझेलमा रहेको मन्दिर सन्तानेश्वर र बाबा बर्फानीको प्रचारमा ठूलो मद्दत गरेको छ । त्यस ठाउँको पर्यटन प्रबर्द्धनमा नेपालगन्ज साईक्लिङ क्लबले ठूलो सहयोग पुर्याएको छ । यसका अनेकौ फाइदाहरु छन् जस्तै अक्सिजन मात्रा बढाउने सबै भन्दा राम्रो उपाय साइक्लिङ हो । अहिले धेरै मानिस मुटु रोगी छन् । कार्डियो एक्सर्साईज मध्येको सबै भन्दा राम्रो एक्सरसाइजमा साईकल पर्दछ । मानव स्वास्थमा सहयोग पुर्याएको छ साथै इन्धनको प्रयोग नगर्ने भएको कारण बाताबरण जोगाउन र पर्यावरणमा योगदान दिएको छ ।
पर्यटक भनेका बिदेशी मात्र हुन भन्ने भ्रम चिरिएको छ । स्थानीय आन्तरिक पर्यटकले पनि पर्यटनको क्षेत्रमा सहयोग पुर्याउन सक्छ भन्ने कुरा प्रस्ट भएको छ । अहिले कोरोनाले थलिएको बेला पर्यटन क्षेत्रमा स्थानीय पर्यटकको ठूलो योगदान छ । जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय करण बनेको छ । कार्बन उत्सर्ग गर्नाले बर्तमान बिश्व प्रदुषणले अक्रान्त छ । खाद्यान्न समस्या, कुपोषणको समस्या मानवलाई अहिलेको समयमा साना र अल्पबिकसित मुलुकलाई समस्यामा पारेको छ ।
साइकललाई संस्कारको रुपमा बिकास गर्न सक्यौ भने बालबालिकालाई पूर्ण ब्यायम हुन जान्छ । शरीर स्वस्थ भए पढाइ लगायत अन्य बृद्धी बिकासमा सहयोग पुग्दछ । एउटा बालबालिका बयस्क न हुँदै रोग ग्रस्त देखिन थालेको छ । सानै उमेरमा मोटोपन सुगर ब्लडप्रेसर जस्ता रोग देखिन थालेको छ । पहिलो धन निरोगी कार्य (शरीर) हो भन्ने मन्त्र बालबालिकालाई सिकाउन आवश्यक छ ।
वयस्क अवस्था पुग्नै लाग्दा अहिलेको युवाको आकर्षण बाइक कार तर्फ बढेको छ । अन्तर्राष्ट्रिय मल्टिनेसन कम्पनीले बालबालिका युवालाई लक्षित गरेर विभिन्न सामाग्री खेलौना खानेकुरा उत्पादन गर्ने गर्दछन् । ठुला कम्पनीको बिज्ञापनले कमजोर दिमागका भएकाहरुलाई सजिलै आक्रमण गर्ने भएको कारण ठूलो रकम बिज्ञापनमा खर्च गर्ने गर्दछन् । १ केजी आलु १५ रुपैयाँमा किनेर २००० रुपैयाँ कमाउने मल्टिनेसन कम्पनीका लगानीकर्ताले पैसामुखी योजना बनाउनले आजको युवा बालबालिकाको स्वास्थ बिगार्न मद्दत पुर्याएको छ ।
अहिले अनलाइन गेम र मोबाइलको कारण धेरै मानिस बाहिरी कुरामा रुचि राख्न छोडेका छन् । यसको पनि न्यूनीकरणमा साइकलले ठूलो सहयोग पुर्याएको छ । अभिभावकले बर्तमान समयमा सोच्न पर्ने अवस्था आएको छ । बेलैमा आफ्ना बालबालिकालाई खेलकुद जस्ता गतिविधिमा लगाए अभिभावकले एक असल सन्तती पाउन सक्दछन् ।
साइक्लिङमा अनुशासन सिक्दछन् । धैर्यता सिक्दछन् । ब्यायमको सबै आयामको बारेमा जानकारी पाउँदछन् । प्रकृतिको सामिप्यतामा मानव जीवन जिउने कला सिक्दछन् । सानै अवस्थामा खेलकुदमा लाग्नाले गतिशिल हुने गर्दछन् । जिद्दीपना अटेरी हुँदैन सधै स्फुर्ती रहनेछन् । नशा कुलतको अहिलेको अवस्थामा सबै भन्दा समस्या मध्येको एक बनेको छ । धेरै युवा नशा र कुलतमा फसेका छन् । दैनिक साइकल चलाउनलाई एक त मनोरञ्जन पाउने भए अनि शरीरिक रुपमा स्वस्थ्य हुने भए जसका कारण अभिभावक लाई आफ्ना सन्न्तति प्रति गर्व गर्ने ठाउँ रहन्छ । (कार्की टुर दि ठाकुरद्वारा मुल आयोजक समितिका संयोजक हुन् ।)