बाँके काँग्रेस : मत संस्थापनको धेरै, विजयी संस्थापन इतरका गौडेल

नेपाली काँग्रेस बाँकेको सभापति पदमा नारायण गौडेल विजयी भएका छन् । गौडेल संस्थापन इतरबाट सभापति पदका उम्मेदवार थिए । संस्थापन पक्षका बादशाह कुर्मीले ६६३ मत ल्याउँदा गौडेलले ७ सय ६० मत प्राप्त गरे ।

काँग्रेस सभापति निर्वाचिन हुन ५० प्रतिशत मत कटाउनु पर्ने व्यवस्था छ । अघिल्लो दिन िबहीबार भएको मतदानमा संस्थापन इतरका गौडेलले ५६९, संस्थापनका कुर्मीले ५३८, हमालले ३१४ मत प्राप्त गरेका थिए । आज शुक्ररबार शिर्ष दुई गौडेल र कुर्मी बीच पुनः प्रतिस्पर्धा भएको थियो । प्रथम चरणमा संस्थापन पक्षका दुई उम्मेदवारको ८ सय ५२ मत रहेको थियो ।

संस्थापन पक्ष बीचको तानातानमा संस्थापन इतर विजयी भएको काँग्रेस नेता बताउँछन् । ‘यसअघि संस्थापन पक्षका उम्मेदवारले जो दोस्रो चरणमा जान्छ, उसलाई सहयोग गर्ने भनिएको थियो तर मत परिणामले त्यसो देखाएन’, काँग्रेस नेताले भने । केही नेताले भने वर्तमान संस्थापन पक्षमा लागेका नेता यसअघिको संस्थापन पक्ष (हाल संस्थापन इतर)कै हुन् । उनीहरु खुलेर वर्तमान संस्थापनमा भएपनि संस्थापन इतरलाई सघाए ।

संस्थापन पक्षबाट सभापतिमा पहिलो चरणबाट बाहिरिएका सुरेन्द्र हमालले कुर्मीलाई सपोर्ट नगर्दा पनि संस्थापन पक्ष बाँकेको नेतृत्वबाट बाहिरिएको काँग्रेसका एक पुराना नेताले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया