तराईकै एक सामान्य घरमा जन्मिएको मान्छे म, सवारी साधनको रुपमा साइकल र गाढा मात्र देखेको र पहिलो यात्रा नै साइकल मै गरे । त्यहि नै बुझेपछि पछि मोटर साइकलमा बस्ने कुरा त के छुन पाउँदा पनि भाग्यमानी ठानिन्थ्यो । साइकल पनि लुकीलुकी माग्न मिल्ने सङ्ग मागीमागी कैंची, डन्डी हुँदै गद्दी सम्म चलाउने भए पछि मात्रै बुवाले थाहा पाउनु भयो ।

स्कूलः प्रावि, निमावि, मावि हुँदै क्याम्पस सम्मपनि साइकल नैं यात्राको साथी भयो । त्यस पछिको १० वर्षे जीवन जागिर, काम, समाज सेवा दौड धुप, मोटरसाइकल अत्याधिक प्रयोगका कारण नसामा समस्या देखिन थाल्यो र पुनः सुरु गरे साइकल । केवल स्वास्थ्यका लागि मात्रै भनेर सुरु गरेको साइक्लिङ बिस्तारै सामाजिक हुँदै गयो । साइकलले स्वास्थमा दिने फाइदाका बारेमा जानकारी दिदादिदा हाम्रो आफ्नो समूह सुरु भयो सामूहिक रुपमा हामीले सामूहिक रुपमा हामीले गरेका क्रियाकलापले अभियानको रूप लिन सुरु गर्यो ।

टुर डे ठाकुरद्वारा विशुद्ध नेपालगन्जको बाटो हुँदै, बर्दिया ठाकुरद्वारा पर्यटनलाई प्रचार प्रसार गर्नु थियो र हो पनि जसमा नेपालै भरिका र अहिले आएर भारतका पनि सयौको संख्यामा पर्यटकहरू आउनु हुन्छ, अवलोकन गर्नु हुन्छ र त्यसका बारेमा कम्तीमा ५ जनालाई प्रत्यक्ष र सयौंलाई अप्रत्यक्ष रुपमा भन्नु हुन्छ भन्ने हो ।

पश्चिम क्षेत्रको त्यसमा पनि नेपालगन्जदेखि सबै भन्दा नजीकको प्रमुख पर्यकिय स्थल ठाकुरद्वारामा जाँदा नेपालगन्ज हुँदै जाने हुँदा नेपालगन्जको पनि पर्यटन व्यवसाय फस्टाउँछ भन्ने हो ।

तर, अझै पनि यसका सरोकार राख्नु पर्ने बाँके र बर्दियाका स्थानीय व्यावसायीहरु, स्थानीय निकायहरुमा यो केवल स्थान विशेषको मात्र प्रचार गर्ने कार्यक्रम हो भन्ने बुझाई छ । जसलाई हामी बिस्तारै चिर्दैछौ ।

नेपालकै पुरानो सहर नेपालगन्जको आफ्नै विशेषताहरु छन् । धार्मिक साँस्कृतिक एवम सामाजिक विविधताका कारणले यो ठाउँको विशेष महत्व छ यो, पश्चिम नेपालकै व्यवसायिक प्रवेशद्वार पनि हो । त्यसैले यसलाई यसै रुपमा प्रयोग गर्नु पार्छ । साथ साथै यसका वारीपारी रहेका पर्यापर्यटनको उजागर गरेर प्रचार प्रसार गर्न सके ए खेलकुद पर्यटनलाई बढाउन सके अझै यहाँ पर्यटन आउन र केही दिन रुक्न सक्छन् ।

नेपालका धेरै सहरमा साइक्लिङ इभेन्टहरु हुने गरेका छन्, टुर डे’ लुम्बिनी, राइड थ्रु सिन्धुलीगढी, टुर डे पोखरा अनि थुप्रै साइकल इभेन्टहरु अहिलेको विषम परिस्थितिमा स्थगित छन् । तर टुर डे ठाकुर द्वारा मात्र यस्तो कार्यक्रम हो विषम परिस्थितिका बाबजुद पनि यो चलिरहेको छ ।

जुन बेला कोरोनाले मानिसहरूमा विचलनको अवस्था सृजना हुँदै थियो टुर डे ठाकुरद्वारा मनोरञ्जनको माध्यम भयो । वास्तवमा भन्ने हो भने कोरोनाकालमा उठ्दै आएको अबको पर्यटन आन्तरिक पर्यटनका साथ साथै अबको पर्यटन साइकल पर्यटनको नारालाई यो टुरले प्रमाणित गरिदिएको छ ।

आउने पाहुनालाई गरिने आथित्यता यो टुरको प्रमुख विशेषता हो । एकै जना लगातार तेस्रो पटकसम्म आउने साइकलयात्री यसै कार्यक्रम पाइन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया