सुरेन्द्र हमाल
सभापति पदका उम्मेदवार
नेपाली काँग्रेस बाँके

ओलम्पियन सुरेन्द्रबहादुर हमाल राजनीतिमा पनि उत्तिकै सक्रिय अनुहार हो । बाँके जिल्ला सभापति पदका उम्मेद्वार हमाल परिवारको नेपाली कांग्रेस बाँकेमा लगानी पनि पुरानै हो । प्रदेश सभाषद र प्रदेश मन्त्री समेत रहेका हमाल संस्थापन पक्षबाट सभापतिमा उम्मेद्वारी दिएका छन् । फाल्गुन १९ गते हुन गइरहेको कांग्रेसको जिल्ला अधिवेशनमा उम्मेद्वारी दिएका हमालसँग दैनिक नेपालगन्जले गरेको कुराकानीको सार संक्षेपः

१) सभापतिमा तपाईको उम्म्द्वारी किन र केका लागि ?
जवाफःबाँके कांग्रेसलाई तिनै तहको चुनाव जिताउन संगठन बलियो बनाउनु छ । त्यही संगठन बलियो बनाउन मैले सभापतिमा उम्मेद्वारी दिएको हुँ ।

२) तपाई त पदमा हुँदै हुनुहुन्छ नि,प्रदेश सांसद र मन्त्री अब थप जिम्मेवारी खोज्नुभयो ?
थप पद खोज्या होईन,तर म कार्यकारी भएर संगठन गर्न चाहन्छु । अघिल्ला पार्टी सभापतिबाट सहि ढंगले संगठन अघि नबढाउँदा कांग्रेसले धेरै चुनावमा हार बेहोर्नु पर्यो,त्यसले मलाई चोट पुर्याएकोछ । हालाकि मैले चुनाव जितें । म सभापति भएँ भने अन्य तहका पब्लिक चुनाव लड्दिन,अरु साथिहरुलाई जिताउन भूमिका खेल्छु । त्यसका लागी संगठन मज्वुत गर्नु छ ।

३) तपाई त खेलाडी पनि हो त्यसमाथि पनि ओल्मपियन राजनीति र खेलमा के समानता भेट्नुहुन्छ र राजनीतिमा फर्किनुभयो ।
एक त मेरो परिवार राजनीतिक परिवार हो । रह्यो का खेल रराजनीतिमा के समानता छ भन्ने कुरा मलाई लाग्छ दुवै विषयमा सहि समयमा सहि निर्णय लिन सक्नु पर्ने समानता छ । खेलमा नियम फिक्सड हुन्छ तर राजनीतिमा त्यसो हुँदैन । परपस्थिति अनुसार फेरवदल भईरहन्छन । ब्यक्तिगत रुपमा म खेलको नियमको पक्षधर नै हुँ। म स्पोर्टसम्यान स्प्रिटमा विश्वास गर्छु । एउटा कुरा के भने लोकतन्त्रमा विश्वास गर्नेहरु राजनीति र खेलमा जीत र हार सहर्स स्विकार्नु पर्ने समानता रहन्छ ।

४. बाँकेमा कांग्रेस सांगठनिक रुपमा कस्तो अवस्थामा छ त ?
संगठन छिन्न भिन्न अवस्थामा छ । अब ग्रासरुटमा बलियो बनाउनै पर्ने अवस्था छ । जनताको मत पाउन मन जित्नु पर्छ । हमी कांग्रेसले जनताको मन जित्ने काम गर्न सकिरहेका छैनौ त्यसैले त मेरो उम्मेद्वारी हो ।

५. जिल्ला नेतृत्व र केन्द्रबीचको सम्बन्ध महत्वपुर्ण कडी हुन्छ,यहाँले केन्द्रसँग कसरी समन्वय गरिरहनुभएको छ ?
जवाफः गम्भिर विषय उठाउनुभयो,सम्ब्धन्ध सुमधुर छ । म मात्रै होईन मेरो परिवार नै सभापति शेरबहादुर देउवासँग निकट हो । म डाईरेक्ट सभापति ज्युसँग समन्वय गरेरै काम गर्छु ।सँगै पार्टीका पदाधिकारीहरु सहित केन्द्रिय सदस्य ज्युहरुसँग निरन्तर सम्पर्क मै रहेर काम गरिरहेको छु ।

६. अन्त्यमा क्यान्सर पनि जित्नुभयो अब पार्टी सभापति जित्ने सुत्रहरु के के छन ? आधारहरु के के छन सभापतिमा चुनिने ?
मेरो आत्मबल र उपचारले क्यान्सरबाट मुक्त भएँ।अब कार्यकर्ता साथिभाई,दिदी बहिनिहरुको साथ छ । म कर्म र भाग्य दुवैमा विश्वास गर्छु । चुनाव जित्ने आधार कार्कर्ता र नेताहरुको साथ नै हो ।

प्रतिक्रिया

प्रतिक्रिया