असुरक्षित बालिका, साढे तीन आ.व.मा ३० वटा मुद्दा

बाँकेमा बालिकाहरु असुरक्षित रहेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, आ.व. २०७५/०७६ मा १७ वटा, आ.व. २०७६/०७७ मा ८ वटा, आ.व. २०७७/०७७ मा ३ वटा तथा चालु आर्थिक बर्षको कार्तिकसम्म २ वटा बाल यौन दुव्र्यवहारका मुद्दा दर्ता भएका छन् ।


जिल्लामा सन् २०२१ मा यौन हिंसाका घटनामा १५ जना बालबालिका पीडित भएको इन्सेकको तथ्यांकले देखाएको छ ।


इन्सेकले सार्वजनिक गरेको तथ्यांक अनुसार, यौन दुव्र्यवहारका घटनामा तीन जना, बलात्कारका घटनामा १२ जना पीििडत रहेका छन् । बालश्रमको घटनामा एक जना बालिका र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना बालक गरी १७ जना पीडित भए ।

प्रतिक्रिया

प्रतिक्रिया