राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, बाँकेमा ५१ विद्यालयलाई ११ करोड बढी


शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी उद्दव श्रेष्ठले बाँकेका ८ स्थानीय तहबाट १ सय ४५ विद्यालयलाई सिफारिस गरिएको जानकारी दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सूचना अनुसार बाँकेका ५१ वटा विद्यालय मात्रै छनोटमा परेका छन् ।


शिक्षा विकास तथा समन्वय इकाईका अनुसार, बाँकेको बैजनाथ गाउँपालिकाका २०, नेपालगन्ज उपमहानगरपालिकाका २३, कोहलपुर नगरपालिकाका १५, खजुरा गाउँपालिकाका २९, जानकी गाउँपालिकाका ४, डुडुवा गाउँपालिकाका ६, राप्तीसोनारी गाउँपालिकाका ३४ र नरैनापुर गाउँपालिकाका १४ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सिफारिस गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका ८, नरैनापुर गाउँपालिकाका ४, कोहलपुर नगरपालिकाका ९ वटा, खजुरा गाउँपालिकाका ७ वटा, जानकी गाउँपालिकाका ३ वटा, डुडुवा गाउँपालिकाका ४ वटा, राप्तीसोनारी गाउँपालिकाका १० वटा, बैजनाथ गाउँपालिकाका ६ वटा विद्यालय सिफारिसमा परेका हुन् ।


शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे, दुईकोठे भवन तथा विद्यालयमा आइसिटी व्यवस्थापनका लागि बजेट हुने गरेको छ ।
सरकारले देशभर शैक्षिक सुधार गर्न उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको त्यसका लागि रु सात अर्ब ८५ करोड ५१ लाख छुट्याइएको थियो ।


नेपालगन्ज उपमहानगरपालिकाको धम्बोझी माविले, महाराजा माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय कण्ठिपुर, आदर्श माध्यमिक विद्यालय राँझाले ४ कोठे भवनका लागि ३६ लाखका दरले, जय जनता मावि नयाँ बस्ती थपुवाले २ कोठे भवनका लागि १८ लाख, नरायण मावि नेपालगन्ज, मदरसा दारुल उजुम बरकातिया माध्यमिक विद्यालय नेपालगन्ज र महेन्द्र माध्यमिक विद्यालय नेपालगन्जले आइसिटी व्यवस्थापनका लागि ६ लाख ५० हजार अनुदान पाउने भएका हुन् ।


त्यस्तै, खजुरा गाउँपालिकाको नेरा प्रावि गोदहना, शुक्रमावि गाउँफर्क, अम्बर मावि गौतम बस्तीले आइसिटीका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले, तिर्खा मावि जलपोखरीले २ कोठे भवनका लागि १८ लाख तथा अम्मर मावि गौतम बस्ती, भानु मावि उढरापुर, नेरा मावि मनकामनापुर ४ कोठे भवनका लागि प्रति विद्यालय ३६ लाख रुपैयाँ शैक्षिक सुधारका लागि बजेट प्राप्त गर्ने भएका हुन् ।
बाँकेका २३ वटा विद्यालयले ४ कोठे भवनका लागि ३६ लाखका दरले, २० वटा विद्यालयले ६ लाख ५० हजारका दरले, ७ वटा विद्यालयले १८ लाखका दरले, एउटा विद्यालयले ५२ लाख रुपैयाँ प्राप्त गर्ने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया