कैदीबन्दीलाई राष्ट्रपतिद्वारा माफी: बाँकेबाट १८ जना सिफारिस

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।


त्यसका लागि बाँकेबाट १८ जनाको सिफारिस गरिएकोमा कति जनाले माफी पाए यकिन नआइसकेको केन्द्रीय कारागार शाखा नेपालगन्जका प्रमुख रामकुमार सोनकरले जानकारी दिए ।


प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।
त्यस्तै, विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय पाएका १२ जनाको समेत माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासमेतका १२ जनाको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले दिएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया