निर्वाचनमा होमिंदै जडिबुटी व्यवसायी

जडिबुटी व्यवसायीहरुको छाता संस्था, नेपाल जडिबुटी व्यवसायी संघको केन्द्रीय निर्वाचन आगामी फागुन २२ गते नेपालगन्जमा हुने भएको छ । संघका अध्यक्ष मो. याकुव अन्सारीका अनुसार, निर्वाचन तयारीका लागि भागवत प्रसाद गुप्ताको संयोजकत्वमा निर्वाचन समिति बनाइएको छ ।

मतदाता संख्या बढ्ने संकेत देखिएको छ, निश्चित अवधीमा नविकरण गर्नेहरु मतदाता हुनेछन् ।

११ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचन कार्यक्रमका लागि आवश्यक तयारी सुरु भएको संघका कार्यालय प्रमुख पुष्कर खरेलले जानकारी दिए । खरेलका अनुसार, १ सय ८० को हाराहारीमा रहेका सदस्यहरु यसबर्ष बढ्ने सम्भावना छ ।

‘मतदाता संख्या बढ्ने संकेत देखिएको छ’, नविकरण कार्य अगाडि बढिरहेकाले सदस्य एकिन गर्न नसकिने जानकारी दिंदै कार्यालय प्रमुख खरेलले भने, ‘निश्चित अवधीमा नविकरण गर्नेहरु मतदाता हुनेछन् ।’

कोरोनाका कारण जडिबुटी व्यवसाय निकै प्रभावित भएकाले व्यवसायीहरुका समस्यालाई संघले उठान गर्दै जानुपर्ने अवस्था छ । लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका संघका अध्यक्ष अन्सारीले अहिलेसम्मका चुनौतिहरुलाई परिस्थिति सहज भएसँगै समाधान गर्दै अगाडि बढ्नु पर्ने अवस्थामा चुनावी साधारणसभा भैरहेकाले अर्थपूर्ण रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया