तय भयो, एन्फा बाँकेको निर्वाचनः को हुन दावेदार ?

बाँके जिल्ला फुटबल संघले आगामी कार्यकालका लागि चुनावी साधारण सभा निर्णय गरेको छ । बुधबार बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा बसेको पछिल्लो बैठकले फागुन २१ गते नयाँ नेतृत्व चयन गर्ने गरी चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो ।


साधारण सभामा बाँके जिल्लाका १२ वटा क्लबका प्रतिनिधि तथा फुटबल कर्मीले चुनावी साधारण सभामा भाग लिनेछन् । आगामी नेतृत्वका लागि अध्यक्ष शाहीले निरन्तरताको मनःस्थिति बनाएका छन् । भने, एन्फा लुम्बिनीका उपाध्यक्ष, रोयल नेपालगन्ज फुटबल क्लब अध्यक्ष सुर्यमणि अधिकारी र नेपालगन्ज स्पोर्टिङ क्लबका अध्यक्ष घनश्याम थापाले अध्यक्षमा उम्मेदवारीको तयारी गरिरहेको बताएका छन् ।

यसैगरी कार्यसमिति बैठकले जिल्ला लिग फुटबल फागुन १४ गतेदेखी गर्ने निर्णय गरेको छ । जिल्ला लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बुधबार बसेको बैठकले जिल्ला लिग फुटबल र चुनाव गर्ने निर्णय गरेको बताए । उनले भने, ‘जिल्ला लिग फुटबल र चुनावी साधारण सभा हाम्रो संघका लागि महत्वुर्ण कुरा हुन । यसअघि कोभिडको कारण यी कुराहरु गर्न सकिएको थियो । अवस्था सहज भएपछि हामीले गर्ने निर्णय गरेका हौं । यसले बाँकेको फुटबललाई गतिशिल बनाउन सहयोग गर्ने हाम्रो विश्वास छ ।’

प्रतिक्रिया

प्रतिक्रिया