सन्दर्भ

भ्यालेन्टायन डेःफेब्रुअरी १४ अर्थात्भ्यालेन्टाइन डे।आजभोली यो सामाजिक संकस्कारको एक अभिन्न पर्वका रुपमा स्वीकार गरिदै आएको छ। विशेषगरी युवा युवती, तरुना तन्नेरीहरु वीच लोकप्रिय बन्दैछ।यो कसरी सुरुवात भयो? यसको ऐतिहासिक पृष्ठभूमि के हो? यसका बारेमा भन्नुपर्दातेस्रो सताब्दीमा रोममाक्लोडियस नामका एक शासक थिए। उनको मान्यता थियो, जब पुरुष स्त्रीको सामिप्यतामा पुग्छ या जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट अनि भ्रष्ट हुन्छ।उनले सैनिक वा अधिकारीहरुद्वारा गोप्य कुराहरु बाहिर जान सक्ने भयले राज्यमा यस्तो उद्घोष गरिदिए की, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गर्दै जागरणका माध्यामबाट सैनिक अधिकारीलाइ विवाहका लागि उक्साएका कारण केही सैनिक अधिकारीहरुले विवाह पनि गरे। एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई एउटा बन्द कालकोठरीमा बन्दी बनाइ अन्ततः मृत्युदण्ड दिने घोषणा गरे।फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एकप्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगैउनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछिमेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु।’तत्पश्चात उनलाईसन २६९, १४ फ्रेबुरअरीका दिन मृत्यूदण्ड दिइयो । उनकै सम्झनमा हरेक बर्षको १४ फ्रेबुरअरीका दिन संसारमा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको रुपमामनाउने प्रचलनको आरम्भ भएको हो।जुन आजसम्म पनि निरन्तर जारी छ। अझ झ्याङ्गिने र मौलाउने क्रममा छ। यसका अनुयायीहरुको ग्राफ दिनप्रतिदिन उकालो चढेको चढ्यै छ ।

गुलावःभ्यालेन्टाइन डे मा गुलावको फूलको बिषेश महत्व छ। अझ सबैभन्दा धेरै रातो रङको गुलावको। रातो गुलाव प्रेम, शान्ती र क्षमताको प्रतिकका रुपमा चिनिन्छ। त्यसैले होला आजभोली भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिनलाइ रोज डेका रुपमा पनि लिने गरिन्छ। यसलाई प्रेम–प्रस्तावका रूपमा आदान प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको रुपमा बुझिन्छ। प्रेम स्वीकार या अस्वीकार गर्ने भाषाको माध्याम बनेको छ गुलावको फूल। त्यसैगरी भ्यालेन्टाइन डे मा गुलावी रङको गुलाव दिनुको अर्थ मेरो मुटु तिम्रो लागि मात्र हो।मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहने छ भन्नु हो। अझ भनौँ गुलाफको फूलले प्रेमीहरुलाइ एकअर्काको समिप भएर प्रेमिल भावना स्वीकार गर्ने, साटासाट गर्ने, एकअर्का प्रतिको समर्पण भाव व्यक्त गर्न सहजता ल्याइदिन्छ। प्रेम केवल फरक लिङ्गका बिच हुने भावनाको साटासाट गर्ने अझ भनौ दुइ विपरित लिङ्गवीचको मुटुको मिलन मात्र कहाँ हो र? यसको दायरा व्यापक छ र बनाउनु पनि पर्छ।त्यसैले त पहेँलो गुलाव मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाव प्रदान गरिन्छ। सेतो गुलाव साँचो प्रेम र स्वच्छ हृदयको प्रतिकका रुपमा लिइन्छ। भावुकताले भरिएको सन्देश दिनामा सेतो गुलावले महत्वपूर्ण भूमिका खेल्छ। जोडिएका सम्बन्धहरुलाइ थप कसिलो, बलियो अनि मजबुत बनाउन सेतो गुलावले अद्वितिय भूमिका खेल्दछ। कालो गुलाव बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश सम्बन्धलाइ जारी राख्न नसक्ने सम्भवानाभयो या त्यस्तो परिस्थिति आइपर्यो भने कालो गुलाव दिएमा एकअर्काबाट औपचारिक रुपमा टाढा हुने बाटो खुल्दछ। जसलाइ सम्बन्धमा ब्रेक अप भएको मानिन्छ। दुवै पक्ष अर्को सम्बन्ध राख्नका लागि खुला आकाशको पन्क्षि जस्तै स्वतन्त्र हुन्छन।

प्रेमः केही तर्क शास्त्रिहरुका अनुसारभ्यालेन्टाइन डे पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो। यसमा हाम्रो मौलिकता छैन। यसमा अपनत्व स्वीकार्य हुन सक्दैन। यो छाडा सस्कृतिको रुपमा भित्रिएको छ। यसलाइ बन्देज लगाइनुपर्दछ। भन्ने तर्क एकातिर छ भने अर्कोतिरप्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ ।विज्ञान र प्रविधिका कारण विश्व भूमण्डलिकरणको अहिलेको परिस्थितीमा यसलाइ कुनै सिमा भित्र बाँधेर राख्नु मानव जगतकै लागि अन्याय हुन्छ। प्रेम त जगत र जनलाइ बुझ्ने ‌औजार हो। यसमा कुनै बन्धन स्वीकार्य हुदैन।बरु यसलाइ सामाजिक सास्कृतिक रुपान्तरणको एक पाटोको रुपमा स्वीकार गरिनुपर्दछ।विश्वासको अर्को रुप प्रेम हो।यसको न कुनै आकार हुन्छ, न प्रकार हुन्छ । न त निश्चित तौल नै हुन्छ। प्रेमको कुनै भाषा हुदैन, कुनै सिमाना हुदैन। बरु यसमा एक अर्का प्रतिको समर्पन हुन्छ, त्याग हुन्छ। केही स्वार्थ अनि आशा भरोसा हुन्छ। थोरै शङ्का पनि।प्रेम सदैव सकारात्मक हुन्छ जसले खुसी र आनन्द दिन्छ। शक्ति र उत्साह थपिदिन्छ। प्रेम विनाको जिवन जस्तो दरिद्र जिवन अरु केही हुन सक्दैन।प्रेम उत्प्रेरणाको स्रोत हो। प्रेमसँग संसार जित्ने तागत हुन्छ। प्रेमले जीवनलाइ बाँच्न लायक बनाँउछ।उजाडिएको जीवनलाइ हरियाली बनाउँछ। जव प्रेम प्राप्त हुन्छ, सारा विश्व ब्रह्माण्ड नै विजय गरेजस्तो अनुभूति हुन्छ। जव प्रेम गुमाइन्छ, पुरै संसार रित्तिए जस्तो, करोडौँको भीडमा पनि एक्लो भएजस्तो महसुस हुन्छ। आफ्नो एक्लो जिन्दगी पनी आफ्नै लागि भारी हुन्छ। मानिस मात्र होइन यहाँ हरेक सजिव प्राणी मायाको भोको हुन्छ। एक अर्काको सामिप्यताको नित्य खोजिमा हुन्छ।चोखो अनि पवित्र प्रेमको पर्खाइमा हुन्छ। प्रेमको प्राप्तिमा आफ्नो जिवनको सार्थकता अनुभूति गरिरहेको हुन्छ। प्रेमको आलिङ्गनमा बाँधिएको मानिस अक्सर सफलताको शिखर चुमिरहेको हुन्छ। प्रेममा बास्तवमै अदृश्य अलौकिक शक्ति हुन्छ। जुन देख्नुभन्दा बढी अनुभुत गर्न सहज हुन्छ। प्रेम दुइ युवायुवती वीचको क्षणिक आकर्षण मात्र होइन मानिसलाइ जिवन्त तुल्याउने अमृतरुपी तत्व हो। चाहे त्यो एक आमाले आफ्नो सन्तानलाइ जीवनका अनेकन आरोहअवरोहका वीच पनि नौ नौ महिनासम्म आफ्नो पेटभित्र हुर्काएर असह्य प्रसव पिडाका बीच पनी यस धर्तीमा जन्म दिने कुरा होस् या आफ्नो सन्तानका लागि आफ्ना व्यक्तिगत इच्छा आकाङ्छालाइ तिलान्जली दिदै सन्तानको उज्ज्वल भविश्यका लागि भोको पेट र नाङ्गो शरिर संघर्ष गर्ने कुरा होस्।यी सवै प्रेमको एक उच्च कोटीको नमूना हुन। एक अर्काप्रतिको समर्पण भाव हो।जुन निश्वर्थ भावले प्रेरित हुन्छ। त्यसैले भन्न सकिन्छ कि प्रेम जिन्दगी हो । यो जिवनलाइ सार्थक बनाउन अपरिहार्य छ ।

तर विडम्बना प्रेमलाइ आजभोली यौन, यौवन‚ रुप अनि शरिरको वासनासँग मात्र जोडेर यौन प्यास मेटाउने सहवासका रुपमा मात्र हेरिदिँदा प्रेम दुर्गन्धित भएको छ। यसको गलत प्रयोग भएको छ। युवाहरुमाझ एक विकराल समस्याको रुपमा देखा पर्न थालेको छ। इच्छाबेगर अनेकन जालझेल र प्रलोभनमा फसाएर प्रेम गर्नेहरुको होड पनि चलेको छ। बदला भावका कारणकुलतमा लाग्ने,विलासीताका सामाग्रीहरु उपहारस्वरुप आदानप्रदान गर्ने,गेष्टहाउस जाने, अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु पनि नदेखिएका होइनन्।यसले समाजमा विकृत रुप लिएको छ। प्रेमको नाजायज फाइदा उठाउने व्यक्तिहरुको झुन्ड पनि बाक्लै छ। प्रेमको सहि सदुपयोग भयो र यसलाइ सहि तरिकाले बुझियो भने यो जत्तिको कोमल र मधुर अरु केही हुदैन। अनेक प्रकारका मनोवैतज्ञानिक समस्याहरुको उपचार हुन्छ प्रेम। यसको दुरुपयोग भयो या कसैको भावनासँग खेल्ने गरियो भने यो जत्तिको कठोर र निर्मम अरु केही हुन सक्दैन। कुनै पनि वेला अप्रिय घटना घट्न सक्छ। त्यसैले प्रेम सृष्टिकर्ता विकासको मूल पनि हो। प्रेम बिनासको जड पनि हो। आपसी कलहको स्रोत हो। यसलाइ कुन रुपमा स्वीकार गर्ने र विकसित गर्दै लैजाने भन्ने प्रश्न यतिखेर स्वंय यसका अनुयायीकर्ता तर्फ नै तेर्सिएको छ।

अन्तमा कुनै पनि पर्व मनाउनु आफैमा नराम्रो हुदै होइन। त्सलाई कसरी मनाइन्छ भन्नेमा भर पर्दछ। जुन कुरा जे हो त्यसलाइ त्यही रुपमा स्वीकार गरियो या अनुशरण गरियो भने त्यो समस्या नभएर समाधान बन्दछ। एउटा सुनौलो अवसर बन्दछ।आखिर माया साट्नेहरुका हरेक दिन प्रेम दिवस नै हुन्छन। यसका लागि कुनै दिन नै कुरेर बस्नुपर्दछ भन्ने छैन। एउटा आमालाइ सोधे पुग्छ के प्रेमका लागि कुनै आइतवार कुरिरहन जरुरी छ र? तर पनि यस दिनले अझ बढी जिम्मेवार सभ्य र सुसंस्कृत बनाउन मद्दत पुर्याउदछ भन्ने चाँही पक्कै हो। यो बिषेश दिनलाइ मर्यादित बनाउनुपर्दछ।यो पर्वलेहाम्रो देशका मूल्य मान्यता, संस्कार र परम्परामा आक्रमण गर्ने अवस्था नआओस्। हाम्रो सामाजिक सद्भाव खण्डित पार्ने परिस्थिति सिर्जना नहोओस्। समाजलाइ विकृत बनाइ दुर्गन्ध फैलाउने काम नहोओस्। भन्ने तर्फ भने सदैव चनाखो हुनै पर्दछ। आधुनिकता र देखावटीपनको लहडमा प्रेम प्रर्दशन गर्ने अनि समाज धुमिल्याउनेहरु प्रति औला उठाउन चाँही छोड्नु हुदैन। हरेक दिन प्रणय दिवस बन्न सफल होओस्। प्रेमका माध्यामबाट जगत बुझ्ने दृष्टि प्राप्त होओस्। सम्पूर्ण मानव जातिको कल्याण तर्फ उन्मुख होओस् प्रणय दिवस। प्रेमिल मनहरुमा प्रणय दिवसको शुभकामना ! ह्यप्पी भ्यालेन्टाइन डे ।

प्रतिक्रिया

प्रतिक्रिया