खजुरा खानेपानीः नेतृत्वका लागि आज मतदान

खजुरा खानेपानी तथा उपभोक्ता समितिको आगामी नेतृत्वका लागि आज शनिवार मतदान हुँदैछ । पूर्ण रुपमा राजनीतिक प्रतिस्पर्धामा देखिएको उम्मेदवारीमा मतदानमा विवेक प्रयोग गर्न कतिपय उपभोक्ताहरुले अपील गरेका छन् ।


सत्ता गठबन्धनले काँग्रेसबाट अध्यक्ष नोक बहादुर गोदार, उपाध्यक्षमा श्रवणधीर केसी, महिला सदस्य नन्दकली खरेल, सदस्यमा प्रेम बुढाथोकी, गोपाल थापा र लक्ष्मण कार्कीलाई उम्मेदवारी दिएको छ । माओवादीबाट सचिव मदन सुनार, कोषाध्यक्ष गीता सापकोटा र सदस्य खेमलाल उपाध्याय छन् । समाजवादीका तोजेन्द्र विक र आशा बुढाथोकीलाई सदस्यमा उम्मेदवार बनाइएको छ ।


सतिश निरौला नेतृत्वको एमाले–राप्रपा गठबन्धनले उपाध्यक्ष मोहन बहादुर खड्का, सदस्य सुधिर कुमार शुक्ला, द्रोण काफ्ले र घनश्याम अधिकारीलाई राप्रपाबाट उम्मेदवार बनाएको छ भने अध्यक्ष पदका उम्मेदवार निरौला सहित सचिव निरा सापकोटा, कोषाध्यक्ष चन्द्र प्रकाश खड्का, महिला सदस्य पम्फा तिवारी, सदस्य सुनिता कंडेल, किरण कुमार क्षेत्री, भक्त गोदार र द्रोण बहादुर काफ्लेलाई उम्मेदवार बनाएको छ ।


खजुरा गाउँपालिकाका वडा नं. ३, ४ र ५ का ८ सय ४८ घरलाई पानीको सेवा प्रदान गर्दै आइरहेको खजुरा खानेपानी तथा उपभोक्ता समितिले आजको मतदानबाट नेतृत्व प्राप्त गर्नेछ ।

खजुरा : खानेपानीमा राजनीतिक गठबन्धन

प्रतिक्रिया

प्रतिक्रिया