ठाकुरबाबा नगरपालिका गेरुवा ग्रामीण जागरण संघ, बर्दियाका बीच पालिकामा प्रयास परियोजनाको तेस्रो चरण सन्चालनका लागि विहीवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौता अनुरुप गेरुवाले टिडिएचफाउन्डेसन, स्वीजरल्याण्ड (स्वीस विकास नियोग/स्वीस खानेपानी तथा सरसफाइ कन्सोर्टियम –तेस्रो चरणको साझेदारीमा) को आर्थिक तथाप्राबिधिक सहयोगमा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म सन्चालन गरिने उक्त परियोजनाले पालिकाको आधारभूत स्वास्थ्य सेवा, सुरक्षितखानेपानी र सरसफाइ लक्ष्य हासिल गर्न योगदान गर्ने जनाइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै ठाकुरबाबा नगरपालिका प्रमुुख घननारायण श्रेष्ठले २०७८ मंसीर १६ गते ठाकुुरद्वारामा सम्पन्न कार्यशालाका क्रममा भएको सहमति अनुरुप ठाकुरबाबाका सबै घरधुरीमा उचिततरिकाले हातधुने अभ्यास सुनिश्चित गर्न अभियान चलाइने जानकारी दिनुभयो ।
परियोजना कार्यान्वयनमा सहजीकरण गर्ने गेरुवा ग्रामीण जागरण संघ, बर्दियाका अध्यक्ष कृष्णजंग शाहले तेस्रो चरणको परियोजनाले पालिकाका स्वास्थ्य संस्था र विद्यालयहरुमा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनकालागि पैरवी गर्ने अर्को महत्वपूर्ण कार्य रहेको बताउनु भयो । साथै आगामीदिनमाविद्यालय र स्वास्थ्य संस्थाहरुले सेवाप्रदान गर्न प्रयोग गरेका संरचनाहरुको समेत अध्ययनगरेर आवश्यकताको आधारमा थपक्रियाकलापहरु सन्चालन गरिने अध्यक्ष शाहको भनाइ थियो ।
४२ लाखबढी लगानी गरिने परियोजनाबाट पालिका र वडाका नीति निर्माताहरु, नगर र वडावास समन्वय समितिका सदस्यहरु, स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितिका सदस्यहरु, वास फिटटोली, स्वास्थ्यकर्मीहरु तथा सेवाग्राहीहरु, शिक्षक तथा विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यहरु लाभान्वितहुने बताइएको छ ।