विशालनरगरमा ‘हाइमास्ट’को उज्यालो

वडाध्यक्ष दिपककुमार वर्मा भन्छन्, ‘नेपालगन्ज १८ मा सबै चोकहरु झिलीमिली बनाइँदै छ’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का सबै टोल र चोकमा उज्यालो बनाउने अभियानलाई अगाडी बडाइएको वडा कार्यालयले जनाएको छ । त्यसक्रममा विशालनगरचोकमा हाइमाष्ट लाइट जडानका लागि बिहिबार शिलान्यास गरिएको हो ।

वडा अध्यक्ष दिपककुमार वर्माले हाइमाष्टलाइट जडानका लागि शिलान्यास गर्दै नेपालगन्ज १८ मा सबै चोक र टोलहरु झिलीमिली बनाइँने बताए । उनका अनुसार, वडा कार्यालयको आठ लाख २५ हजारको लागतमा हाइमाष्ट लाईट जडान हुन लागेको हो ।

वडा अध्यक्ष वर्माले तेजनगरमा हाइमाष्ट लाइट शिलान्यास गरेको एक महिना नपुग्दै विशालनगर चोकमा अर्को हाइमाष्ट लाइटको शिलान्यास गरिएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘विशालनगर र तेजनगर भन्दा पहिले गतवर्ष नै कारकादौंमा वडा कार्यालयकै बजेटमा २ वटा हाइमाष्ट लाइट जडान भइसकेको छ ।’

कार्यक्रममा बोल्दै वडा अध्यक्ष वर्माले सबै टोल र वस्तीलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अघि बढाइएको बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले आफु अन्तर्गतका टोलहरुलाई उज्यालो बनाउने अभियानमा गतवर्षदेखिनै लागेको वडा सदस्य दिग्विजय ढुंगानाले बताए ।

‘टोलटोलको आवश्यकता र मागका आधारमा उज्यालो अभियानलाई प्रभावकारी बनाइएको छ’, वडाध्यक्ष बर्माले कार्यक्रममा बोल्दै भने, ‘तपाईहरु ढुक्क हुनुस्, मैले निर्वाचन ताका गरेका प्रतिबद्धताहरु शतप्रतिशत पूरा गरिरहेको छु ।’

तेज नगरमा ‘हाइमाष्ट’, वडाध्यक्षलाई सम्मान

प्रतिक्रिया

प्रतिक्रिया