सांसदविरुद्ध बलात्कार मुद्दा दर्ता, पक्राउ इजाजत मागिंदै

आरोप सार्वजनिक भएको एकसातापछि सांसद मोहन बानियाँविरुद्ध बाँके प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ ।

जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफुलाई जबरजस्ती करणी गरेको सार्वजनिक गरेको एकसातापछि बाँके प्रहरीले विहीवार जाहेरी दर्ता गरेको हो । ‘विहीवार बानियाँविरुद्धको जाहेरी दर्ता भएको छ,’ बाँके प्रहरीका प्रवक्ता, डिएसपी मधुसुदन न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘जोहेरी दर्ता गरेर अदालतसँग पक्राउ पुर्जीका लागि माग गरिएको छ ।’

सम्बद्धका अनुसार, प्रहरीले अदालतबाट पक्राउ पुर्जीका लागि स्वीकृति पाएपछि सदनलाई जानकारी दिन औपचारिक पत्र पठाउनुपर्ने व्यवस्था छ । ‘सदनको स्वीकृतिमा मात्रै सांसदलाई प्रहरीले पक्राउ गर्नेछ,’ प्रहरीको भनाइ छ ।

लमो समयदेखि बानियाँसँग सम्बन्ध बनाइआएकी ती महिलाले माघ १९ गते नेपालगन्जको एक होटलमा सांसद बानियाँले आफुलाई जबरजस्ती करणी गरेको जाहेरी दिएकी छन् । सम्बद्धका अनुसार, गत सोमबार दिइएको जाहेरी बिहीबार दर्ता हुनुअघि फिर्ता लिने ‘समझदारी’ भएपनि राजनीतिक दबाबपछि अन्ततः जाहेरी दर्ता नगरि नछाड्ने अडानमा महिला पुगेकी थिइन् ।

घटनालाई लिएर सांसद बानियाँले भने आफ्नो राजनीति सिध्याउन सुनियोजित तरिकाले फँसाइएको बताएका छन् । बानियाँले ५९ वर्षको उमेरमा आफुलाई अत्यन्तै घृणित आरोप लगाइएको भन्दै ‘राजनीतिक उचाईबाट चिढिएका केही व्यक्तिले महिला प्रयोग गरेर मेरो राजनीति सक्काउने सपना देखेको’ टिप्पणी गरे ।

तीनै महिलाको नाम जोडेर बारम्बार आफूलाई एक गिरोहले बार्गेनिङ गर्ने र राजनीति सकाउने हतियार बनाएको दावी गर्दै उनले भने, ‘ती महिलाले लगाएको आरोपभन्दा अरु केही होइन, मसँग आठवटा प्रमाण पनि छन् ।’

प्रतिक्रिया

प्रतिक्रिया