बाँकेमा कोरोनाको दुवै डोज खोप लगाएकी महिलाको मृत्यु
बाँकेमा २ हजार सहित देशभर १ हजार ९ सय ५७ मा कोरोना संक्र पुष्टि भएको छ । बाँकेमा १ सहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा मृतक महिलाले कोरोना विरुद्धको दुवै खोपको डोज लगाएकी थिइन् ।
मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबारको तुलनामा यो ३८७ जनाले बढी हो । सोमबार एक हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा १२ हजार ६९२ नमूनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पीसीआर विधिबाट गरिएको आठ हजर ५८७ परीक्षणमा एक हजार १८४ र चार हजार १०५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार १ सय ३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख २० हजार ५९२ पुगेको छ । नेपालमा निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६८ हजार ६११ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३५ हजार ६०५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५२ लाख ९१ हजार ९५९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या नौ लाख ९९ हजार ४८१ पुगेको छ । मुलुकमा कुलमा सङक्रमण दर १८ दशमलव तीन प्रतिशत रहेको छ ।
कोभिड विरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ३४९ रहेको छ । मुलुकभर हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत रहेको छ । प्रति १० लाख जनसंख्यामा मृत्युदर ३८९ दशमलव सात रहेको मन्त्रालयले जनाएको छ ।
हाल भेन्टेलेटरमा रहनेको संख्या ३८ र आइसियुमा २५६ जना रहेका छन् । त्यस्तै होम आइसोलेशनमा ३४ हजार ९८३, संस्थागत आइसोलेशनमा एक हजार १९८ र क्वारेन्टिनमा १३३ जना रहेका छन् । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, स्याङजा, बाग्लुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य संक्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेको जनाइएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा आठ हजार ९४२, ललितपुर पाँच हजार २८३ र भक्तपुरमा दुई हजार ६०४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।