नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले स्थानीय सरकार उद्योगमैत्री रहेको बताएका छन् । नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको प्रथम साधारणसभा उद्घाटन गर्दै नगर प्रमुख डा. राणाले उद्योग सञ्चालनका लागि ठूलो सहयोग गर्न नसकेपनि सहजीकरण भने गरिरहेको बताए ।
‘हामीले उद्योगमैत्री नीति लिएका छौं’, नगर प्रमुख डा. राणाले उद्योगीहरुसँग भने, ‘नेपालगन्जमा न कर थपिएको छ, न कुनै कानुनको बोझ तपाईहरुलाई दिएका छौं ।’ सहजीकरणका लागि संयन्त्र तयार गरिएको जानकारी दिंदै नगर प्रमुख डा. राणाले उद्योग सञ्चालकहरुसँग सहकार्य गरेर स्थानीय सरकार अघि बढिरहेको बताए ।
संघका अध्यक्ष राजेश मास्केको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख कृष्ण पुन, वरिष्ठ उद्योगपति कन्हैयालाल टण्डन लगायतले आफ्ना धारणा राखेका थिए । उद्घाटन कार्यक्रमको सहजीकरण सचिव दिला कुमारी शाहले गरेकी थिइन् ।
नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघमा कार्कीको नेतृत्व