नेपालमा पहिलो पटक होमस्टे संचालन गर्ने जिल्ला हो स्याङजा । स्याङजाको सिरुवारीलाई होमस्टेको उद्गम थलोको रुपमा परिचित छ । होमस्टेको पर्यटकीय अवधारण नेपालमा मात्रै हैन अमेरिका लगायतका मुलुकमा पनि अगाडी बढेको पाईन्छ । अमेरिका, अस्टे«लिया, यूरोपलगायतका शक्तिशाली देशहरुमा व्यापार र मनोरञ्जनको उद्देश्यले ग्रामिण पर्यटनका गतिविधि भएका देखिन्छन् । यस्तै विकासोन्मुख मलेसिया र केन्या लगायतका देशहरुमा व्यापार, उत्पादन तथा रोजगारी सृजनाका लागि होमस्टे सुरु गरिएका छन् । यस्तै छिमेकी देश भारत र चीनमा पनि होमस्टे सञ्चालनमा छन् ।
अहिले होमस्टे सुविधा भएका गाउमाँ भ्रमण गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ । होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । यसलाई हाम्रो परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ ।
हाम्रो समाजमा पहिले अध्ययनका लागि परदेश हिडेका व्यक्ति, नुन तेल लिन जाने आउनेहरु रात परेपछि बाटैमा बास बस्नुपर्ने अवस्था थियो । त्यतिबेला अहिलेका जस्ता होटेल थिएनन् । यसरी बास बस्ने पाहुनालाई घरधनीले केहि पैसा लिएर भाँडाकँुडा, दाउरा, पानी, नुन, तेल दिने प्रचलन थियो । ग्रामीण भेगका कतिपय ठाउँमा बेलुकाको समयमा बास बस्न आएका पाहुनाहरुलाई आफ्नो भान्सा चुलोमा जे पाकेको छ त्यहि खान दिने त्यसबापत न्यूनतम रकम मात्र लिने चलन अहिले पनि गाउँघरमा यदाकदा छदैछ । यही चलनको आधुनिक रुप होमस्टे हो ।
गुरुङ समुदायको बहुल क्षेत्र सिरुबारी नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र हो । समुन्द्री सतहदेखि झण्डै २ हजार फिट उचाईमा सिरुबारी पर्दछ । स्थानीय स्तरमा उत्पादीत कृषिजन्य वस्तुको प्रयोगबाट तयार गरिएको खानाले सिरुबारी पुग्ने पर्यटकलाई स्वागत र जैविक घरबास अर्थात होमस्टे सन्चालन गरिएको छ । स्याङजा जिल्लाको सिरुबारी गुरुङ बस्ती हो । सिरुवारीका ३९ मध्ये २२ घरमा होमस्टे सुविधा छ । बेलायती र भारतीय सेनामा जागिर भएका र रिटायर्ड भइसकेकाहरु को बस्ती भने हुन्छ सिरुबारी । सिरुबारीबाट हिमाल हिमाल हेर्न डाँडामा चढ्नु पर्दछ । गाउँमाथि देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालको लामो लर्कन देख्न सकिन्छ । डाँडाको चुचुरो गोरुजुरेमा पुग्न सिरुबारीबाट करिव दुई घन्टा लाग्छ । सबैभन्दा अग्लो थुम्को जुरोबाट झन राम्रो भ्यू देखिन्छ । डाँडामा डहरा ऋषिले आदीम कालमा तपस्या गरेका स्थलमा आश्रम छ ।
चिटिक्क मिलेको बस्तीलाई घरबास पर्यटनका अभियन्ता पूर्व सांसद स्व. क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा २०५४ सालमा होमस्टे गाउँका रुपमा सिरुवारीमा सन्चालनमा आउको हो । यहाँका स्थानीयवासीले गुरुङ जीवनशैलीको जीवन्त चित्रणका साथै स्थानीय संस्कृतिका माध्यमबाट पर्यटकलाई न्यानो आतिथ्यता प्रदान गर्ने गरेका छन । गाउँको सिरानबाट देखिने सूर्योदयका साथै सूर्यास्तका मनमोहक दृश्य सिरुवारी पुग्ने पर्यटकहरुले हेर्न पाएका छन । सिरुबारीमा घरबास कार्यक्रम शुरु भएयता देशभर घरबास सञ्चालन गर्ने लहर नै चलेको छ । पछिल्लो समयमा प्रदेश नं ४ भित्र मात्रै एक सयको हाराहारीमा घरबास सन्चालन भएका छन् । पहिलो पटक घरबास पर्यटनको शुरुवात गरिएको गाउँ भएका कारण घरबास सञ्चालनमा आएका धेरै गाउँले यहाँ आएर घरबास पर्यटनका विविध पक्षबारे जानकारी लिने गरेको छन । स्थानीयवासीका अनुसार स्व गुरुङले २०२५ सालमै सिरुबारीलाई पर्यटन गाउँ बनाउने सपना देखेक थिए । उनले २०४८ सालदेखि पूर्वाधार विकासमा जोड दिँदै आएका थिए ।
गाउँलेको आत्मिय व्यवहार, सरसफाइ एवं स्थानीय आर्गानिक परिकारको स्वाद तथा संस्कृतिको अवलोकन नै होमस्टेको मुख्य आकर्षण रहेको छ । सिरुबारीमा विभिन्न समूह विभिन्न स्थानबाट होमस्टे सन्चालनको बारेमा अध्यनगर्न आउने क्रम बढेसँगै आजभोली होमस्टे पाठशालाका रुपमा स्थापित भएको छ । ढुङ्गै ढुङ्गाले छापिएका सफा एवं सुन्दर बाटो, परम्परागत शैलीमा निर्माण गरिएका घरमा सन्ःचालित घरबासको अनुभव लिन जाने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा शुरुमा नै गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयवासीको स्वागतले मन फुरुङ्ग पार्दछ । बाँजागाजाका साथ फूलमाला पहि¥याएर स्थानीय आमा समूह, युवा क्लब तथा पर्यटन समितिका पदाधिकारी तथा सदस्यले गाउँमा आउने पाहुनालाई गुम्बाको दर्शन गराइ जलपान गराउँछन् । जलपान पश्चात पर्यटकका लागि विभिन्न घर तोकिन्छ । तोकिएका घरमा पर्यटकलाई त्यही खाने बस्ने व्यवस्था गरिन्छ । साँझ ८ बजे पर्यटकलाई सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन गराइन्छ भने भोलिपल्ट बिहान चिया नास्ता खुवाएर ८ बजे फूलमालासहित बिदाई गरिनु यहाँको मौलिक पहिचान भएको छ ।
अहिले सिरुवारी स्याङजाको आँधीखोला गाउँपालिका १ मा पर्दछ । सिरुबारी गुरुङ संस्कृति र सभ्यताको ऐतिहासिक र उर्वर क्षेत्र मानिन्छ । पहिले गुरुङ्ग गाँउका रुपले प्रख्यात रहेको यो स्थानमा अहिले पुग्ने जो कोहीको मन प्रफुल्ल बन्न पुग्दछ । पाहुनाको सन्तुष्टीको लागि दिनरात खटिने भएकोले नै यो गाँउ देशकै पहिलो नमुना पर्यटकिय गाउँ कहलिएको हो । पाहुनाको स्वागत, खाना, वस्नको सवै जिम्मा स्थानिय आमा समुहले लिने गर्दछन । नेपालमा आन्तरिक पर्यटनको बातावरण सिर्जना हुन थालेसँगै यस्ता होमस्टेमा अहिले विदेशी भन्दा स्वदेशीको आर्कषण वढ्न थालेको छ । कुल ३९ घर गुरुङ परिवार रहेको सो गाउँमा एक पटकमा करिव एक सय पचाससम्म अतिथिहरु बास वस्न सक्ने बताइएको छ । वार्षिक दशहजार नेपाली र करिव एकहजार विदेशी पर्यटक आउने गरेको पनि समितिले जनाएको छ । यात्राका क्रममा आँधीखोलाको दृष्य पनि आनन्ददायी लाग्छ ।
पौराणिक लोक कथा अनुसार अयोध्याका राजा दशरथको सिकार यात्राका क्रममा अन्धाअन्धी बाबुआमालाई तीर्थाटन गर्न बोकी हिँडेका श्रवणकुमारको मृत्यु भएपछि बिलौनामा बगेको आँसुले खोलाको रुप लियो आँधीखोला । स्याङजा कार्कीनेटाबाट सुरुभएर स्याङजाको मध्य भाग भई नागबेली आकारमा बग्ने आँधीखोलाको मोहक दृश्य सिरुवारी जादा पर्यटकहरुले देख्न पाउछन । सिरुबारीका महिला अहिले आफ्नो गाँउलाई नेपालकै पहिलो नमूना ग्रामीण पर्यटकीय स्थल भनेर चिनाउँछन् । त्यसका लागि उनीहरु निकै मिहेनेतसाथ काम गरिरहेका छन् । गाउँका प्रत्येक घरमा सफा शौचालय, चिटिक्क पारेर मिलाइएको बिस्तारा, सोलार प्यानल जडित कोठा, सफा भान्सा । यी सबै देख्दा सिरुवारी गाउँ कुनै सुमग स्थल जस्तो लाग्छ । सबै सभ्य र सु–संस्कृत बनौँ, घर–आँगन सफा राखाँै भन्ने अभियान नै पर्याप्त छ गाउँको मुहार फेर्न । सिरुबारीले आफुमा थपिएको यस्तो सुन्दरता र उचाई विश्वलाई देखाएको छ ।
आमाहरुको सक्रियतामा साना बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो गाउँ घुम्न आउने पर्पटकहरुलाई बाजागाजा, फूलमाला र अबिरले आत्मिक स्वागत गर्छन् । यस्तो स्वागतले देशभित्रैका र बाहिरका पनि पर्यटक मख्ख पारिहेका हुन्छन् । सिरुबारीमा न त होटल छ, न कुनै रेष्टुरेण्ट । गाउँ घुम्न आउने पर्यटकलाई समूहमा बाँडेर स्थानीय उत्पादनमा आधारित अर्गानिक खाना खुवाई, पारिवारिक वातावरणमा राख्ने परम्पराको विकास गर्नुले नै सिरुवारीको महत्व पर्यटकबीच लोकप्रिय बनेको छ ।
अहिले सिरुबारी गाउँ पर्यटनको पाठशाला जस्तो बनेको छ । देशदेखि विदेशीसम्म होमस्टे सिक्न सिरुबारी आइपुग्छन् । पछिल्लो समय सरकारले होमस्टे कार्यविधि लागु गरेपछि गाउँमा पर्यटनलाई बढवा मिलेको छ । गाउँगाउँमा होमस्टे खोल्न तछाड मछाड गरिरहेका भेटिन्छन् गाउँले । सिरुबारीको यही ख्यातीले उनीहरुलाई हौसला मिलेको छ । अझ पश्चिम क्षेत्रका बाक्लो गुरुङ, मगर गाउँबस्ती भएको समुदायमा होमस्टे अनिवार्य आवश्यकता जस्तो भएको छ । घरबास सेवा संचालनले उनीहरुलाई आय–आर्जनको बाटो खोली दिएको छ ।
सिरुबारीले गाँउ पर्यटन होमस्टे सुरु गरेकै बर्ष मलेसियाको क्वालालाम्पुरमा आयोजित कार्यक्रममा ट्राभल एसोसिएसन अवार्डसँगै २००१ मा एसियाकै पाटा गोल्डेन अवार्ड पनि पाईसकेको छ । अहिले नेपालमा ग्रामीण पर्यटन एवम् होमस्टेको लहर चलीरहेका बेला सिरुबारी गाउँबाट अन्य गाउँहरुले पर्यटनको सिको गरिरहेका छन् । लमजुङको घले गाउँ, भुजुङ गाउँ, पास गाउँ, काउलेपानी होस् या पर्वतको चित्रे, डाँडाकटेरी, लेसपार या नवलपरासीको सिसवार, म्याग्दीको दोवा, कास्कीको ताङतिङ, घान्द्रुक, धम्पुुस, सिक्लेस, पचभैया, हेम्जाकोट, ल्वाङघलेल या तनहूँको बन्दिपुर, रानागाउँ, पाल्पाको बौघागुम्हा, कैलालीको भादागाउँ, गोरखाको बारपाक, रसुवाको बृदिम, काठमाण्डौँको कपन, मकवानपुरको चित्लाङ, काभे्रको बल्थलि, बर्दीया, कैलालीका थारु होमस्टे यस्ता थुपै्र गाँउहरु सिरुवारी गाँउले देखाएको बाटो हिँडिरहेका छन् ।
जसरी सिरुबारीको प्राकृतिक र ऐतिहासीक स्रोतसम्पदा अपार छ यहाँको मानविय स्रोत सम्पदालाई पनि उत्तिकै गतिशील बनाउन गाउँले कटिबद्ध छन् । सिरुबारीको समाज ज्यादै मिलनसार र मेहनति देखिन्छ । गाउँ आउने पर्यटकको उपस्थितीले गाउँमा रमाइलो वातावरण छ । घरघरमा पर्यटकहरु राख्न पाउँदा हामीलाई पनि दुईचार पैसा आम्दानी भएको छ, परम्परागत खाना चाख्न पाउँदा पाहुनाहरु पनि खुसी हुन्छन । गाउँ पुग्ने अधिकांश पाहुनाहरु नेपाली नै हुन्छन् । बिदेशी थोरै मात्र पुग्छन् । उनका अनुसार– हिजो शिक्षा, रोजगारी र अवसरको खोजीमा सहर च्यापिने या विदेशीने युवाहरु अहिले बाहिर जानु भन्दा पनि गाउँमै बसेर कही गरे घरमै रोजगारी हुन्छ भन्ने बुझ्न थालेका छन् । पर्यटक आउन थालेपछि गाउँमा पर्यटकीय पूर्वाधार भपिने क्रम त्यही रुपमा बढेको उनको भनाइ छ ।
हाल ठूलो सख्यामा आन्तरिक एवम् बाह्य पर्यटक सिरुबारी पुग्छन् । सबै किसिमका भौतिक पूर्वधारले पनि सिरुवारी आर्थिक रुपमा सम्वृद्धितर्फ लम्किँदै छ । गाँउमा हेर्न र घुम्नका लागि अनेक वस्तु छन् । मौलिक घरबनोट, बौद्धगुम्बा, गुरुङ संस्कार, संस्कृति, स्थानीय जीवनशैली, अनुशासन, लगनशीलता, कला, सिप आदि अन्य गाउँका भन्दा फरक लाग्छ । गाउँलेहरुलाई पर्यटन व्यवस्थापनमा आकर्षित गराउन कुकिङदेखि स्वागत सत्कार सम्बन्धी तालिमहरु बेलाबेला गाउँ पर्यटन समितिले गाउँलेहरुका लागि व्यवस्थापन गर्छ । जसले गाउँ भित्रने पाहुनाका लागि उनीहरुको चाहना र माग अनुुसारका सेवा दिन सजिलो भएको छ । गाउँ पुग्ने आन्तरीक होस या बाह्य पर्यटक सबैले समान खालको सेवा र व्यवहार गाउँलेबाट पाउँछन् ।
अहिले बिकासले गर्दा शहर देखि गाउँसम्म बिभिन्न किसिमका भौतीक निर्माणका परिवर्तन भएका छन । सडक, पानी र बिजुली पुगेका गाउँहरुमा बिकासका नयाँ आयामहरु थपिदै गएका छन । पछिल्लो चरण नेपालमा ग्रामीण बिकासको लागी होमस्टेको माध्यमबाट पर्यटनको प्रर्बद्धन गर्नेक्रम बढदो छ । होमस्टे सन्चालन गर्न त्यती सजिलो भने छैन । नेपाल सरकार पर्यटन तथा नागरिक उडयन मन्त्रालयले ल्याएको कार्यविधि ऐनले होमस्टे सन्चालन गर्नको लागी के–के प्रावधान पु¥याउनु पर्दछ भन्ने कुरा बुझाइ दिएको छ । तर हामीकहा सरकारले जारी गरेको कार्यविधि ऐनलाई वेवास्ता गर्दै कतिपय गाउँहरुमा होमस्टे संन्चालनमा आएका छन । त्यस किसिमका होमस्टेहरुले ग्रामीण अथवा वाह्य पर्यटकहरुलाई होमस्टेको सुविधा नभएर होटलको ब्यापार सन्चालन गरेका छन ।
होमस्टेले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने गर्दछ । गाउँमा स्वरोजगारका अवसरले आम्दानीका अवसरहरु वृद्धिहुदै जान्छ । आम्दानीका माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने अवसर सृजना गराउछ । होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा हो । यसको उद्देश्य होमस्टे संचालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने हो । त्यसको साथै होमस्टे संचालन गरी ग्रामिण क्षेत्रका जनताहरुलाई पर्यटन सेवामा सहभागि गराउने पनि यसको उद्देश्य हो ।
सिरुबारी पुग्ने अनेक बाटा छन । सिद्धार्थ राजमार्गको पोखरा, नौडाँडा, सेतीदोभान, कार्कीनेटा, बगाले हुँदै सिरुबारी । दोस्रो पोखरा, बाडखोला, दरौँ, माझकटेरी हँुदै सिरुबारी । तेस्र्रो पोखरा, हेर्लुङ, अर्जुनचौपारी हुँदै सिरुबारी । पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि । पोखराको पृथ्वीचोकबाट बिहान १०ः३०, ११ र दिउँसो १ र २ बजे सिरुबारी जाने गाडी छुट्छन् । गाडीमा ५ घन्टा लाग्दछ । बुटवलबाट करिब १ सय ५० किमि र स्याङजा सदरमुकामवाट करिव २५ किलोमिटरको दुरी यात्रा गरेपछि सिरुबारी पुगिन्छ ।