मदिरा व्यवसायी संघ बाँके नेपालगन्जको नेतृत्वमा मिम बहादुर सिंह ठकुरी सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको संघको दोस्रो अधिवेशनले ठकुरीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जगत बस्नेत, रवि कुमार बनियाँ, महासचिव योवन पौडयाल, सहसचिव प्रमोद कुमार श्रेष्ठ, कोषाध्यक्ष विशाखर अधिकारी चयन भएका छन् । सदस्यहरुमा सविन प्रसाई, धर्मेन्द्र बोहरा, प्रेम बहादुर खत्री, केदार कटुवाल, राज शाक्य, गोपाल कुमार गिरी, कृष्णा प्रसाद मरासिनी, मुन्ना गुप्ता, निरज गुप्ता, सन्दिप ओली र सत्यन्द्र सिंह छन् ।
मदिराजन्य पदार्थको बिक्री वितरणमा एकरुपता कायम गर्दै व्यवसायिक हितका लागि संघलाई मेरो नेतृत्वले सक्रिय बनाउँदै जाने छ ।
अध्यक्ष ठकुरीका अनुसार, अग्निधर चालिसे र माधवी रावल समितिमा मनोनित गरिएको छ । १ सय २५ जना सदस्य रहेको संघमा यो बर्ष ८४ जनाले मात्र नविकरण गरेको जानकारीदिंदै नवनिर्वाचित अध्यक्ष ठकुरीले मदिराजन्य पदार्थको बिक्री वितरणमा एकरुपता कायम गर्दै व्यवसायिक हितका लागि संघलाई आफु नेतृत्वले सक्रिय बनाउने बताए ।
‘सकभर आफ्नो कार्यकालमा संघको भवन निर्माण गर्ने योजना छ’, अध्यक्ष ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘सामाजिक क्षेत्रमा संघले सक्दो सहभागिता र सहयोगी भूमिका खेल्नेछ ।’