शिवशिखर बहुउद्देश्यीय सहकारीको नेपालगन्जमा एटिएम

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । आफना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रुपमावित्तिय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारीले एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।


भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा आफना सेवा केन्द्र विस्तार गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार, आफना सेवा केन्द्र रहेका सवै स्थानमा एटिएम सेवा विस्तार गर्ने संस्थाको योजना रहेको छ । जस अनुसार, नेपालगन्जमा समेत एटिएम सेवा सञ्चालनमा ल्याइएको हो । यहाँ सञ्चालनमा ल्याइएको संस्थाको तेश्रो एटिएम काउन्टर हो ।


सोमवार एक कार्यक्रमका बीच नेपालगन्ज उप महानगरपालिकाका मेयर धवलशम्शेर राणाले एटिएम सेवा शुरुवातको शुभारम्भ गरे । कार्यक्रममा मेयर राणाले सहकारी संस्थाहरुले यस्ताआधुनिक सेवा सञ्चालन गर्दा शेयर सदस्यहरुलाई वित्तिय कारोवार गर्न धेरै सजिलो हुने बताए ।


यो महिना भित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटिएम सेवा सञ्चालनमा ल्याइने संस्थाका प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी दिए । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले प्रविधि मैत्री सेवामा जोड दिएको छ । जसअन्तर्गत यो सहकारीले मोवाइलएप समेत सञ्चालनमाल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढि प्रयोगकर्ता रहेको सहकारीले जानकारी दिएको छ ।


यसअघि नै भक्तपुरको कमलविनायक, कास्किको पोखरा पस्र्याङमा एटिएम सेवा सञ्चालनमाआइसकेको छ । उपभोक्ताले शिवशिखर बहुउद्देश्यीय सहकारीको एटिएम प्रयोग गरेर मुलुका सवै बैंक तथावित्तिय संस्थाका एटिम काउन्टरबाट पनि वित्तिय सेवा लिन सक्ने छन् । प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार भारतमा समेत यो कार्ड प्रयोगमा ल्याउन सकिने छ ।


उपभोक्ताले किनमेल गर्दा विभिन्न अनलाइन स्टोरहरुलाई समेत शिवशिखरको कार्ड मार्फत रकम भुक्तनी गर्न सक्ने बताइएको छ ।
पश्चिम नेपालको व्यवसायीक हवका रुपमा रहेको नेपालगन्जको न्यूरोडमा आफ्नै भवनबाट शिवशिखर सहकारीले वित्तिय सेवा सञ्चालन गरिरहेको छ ।

एटिएम सेवा सञ्चालनमा आएपछि यसले स्थानीय उपभोक्तालाई सहज रुपमा वित्तिय सेवाको अवसर मिल्ने प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले निकट भविष्यमा इ टेलर इ टान्जेक्सनलगायतका सेवापनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

खेलाडीलाई सम्मान र रोजगारी

प्रतिक्रिया

प्रतिक्रिया