सुविसुको वार्षिकोत्सवः ४६ पिन्ट रगत संकलन

इन्टरनेट सेवा प्रदायक संस्था सुविसुले आफ्नो २१ औं बार्षिकोत्सवका अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । सुविसुका प्रदेश प्रमुख खगेन्द्र शाहीले रेडक्रस रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई रक्तदान किट हस्तान्तरण गरी शुभारम्भ भएको कार्यक्रममा भुप बहादुर भण्डारीले पहिलो रक्तदान गरेका थिए ।


सुविसुका नेपालगन्ज ब्रान्च म्यानेजर रामप्रसाद आचार्यले सामाजिक उत्तरदायित्वका रुपमा मानवीय खाँचोलाई सहयोग पु¥याउन रक्तदान गरिएको बताए । ब्रान्च म्यानेजर आचार्यसँगै भिम ओली, निशा श्रेष्ठ, विजयराज धिताल, सुविन श्रेष्ठ, रुपक चौधरी, गणेश राई, विनोद थापा, विनय बज्राचार्य, नरेन्द्र धरारा लगायत ४६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख खगेन्द्र शाहीले रक्तदाताहरुलाई सम्मानसहित रक्तदाताको प्रमाणपत्र प्रदान गरेका थिए ।

बार्षिकोत्सव मनाउँदै सुविसु: सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान

प्रतिक्रिया

प्रतिक्रिया