एमाले बाँके : अझै सर्वसम्मतकै कुरो

नेकपा एमालेको आठौं जिल्ला अधिवेशन प्रारम्भसँगै आगामी नेतृत्व चयनले प्राथमिकता पाएको छ । उद्घाटन सत्र लगत्तै सुरु भएको बन्द सत्रमा पार्टी अध्यक्ष निरक गुरुङले सांगठनिक तथा आर्थिक विभाग प्रमुख अशोक कर्माचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेपनि छलफल सुरु हुन सकेन । ‘आजको पहिलो कार्यसूचि सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथिको छलफल नै हो’, पार्टी सचिव रत्न खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसपछि मात्रै निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ ।’


एमालेको आगामी जिल्ला नेतृत्व चयनका लागि अध्यक्ष मण्डलले नाम पेश गर्न पहल थालेको छ । पार्टी जिल्ला इन्चार्ज सुर्य ढकालका अनुसार, अध्यक्ष मण्डलले सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिरहेकाले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । ‘हामीहरु विभिन्न कोणबाट छलफल गरिरहेका छौं’, सहइन्चार्ज मो. हारुनले दैनिक नेपालगन्जसँग भने, ‘सातै जना आकांक्षीहरु बीचबाट सर्वसम्मत नेतृत्व चयन गर्ने हो सहमति हुन नसके निर्वाचनमा जाने भन्ने टुंगो लगाइनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया