भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ ।
स्टोरमा कार्यरत कार्यालय सहयोगी धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु कोपिला भट्टराई र धनप्रसादकी बहिनी कोली भट्टराईको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ । उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ ।
थप तीन जनाको उपचार भैरहेको छ । श्रीमति, तीन बर्षको छोरा र भाइको उपचार भैरहेको हो । उनीहरुले कोठा न्यानो बनाउन आगो बालेर सुतेको बताइएको छ ।
भेरी अस्पताल नेपालगन्जका चिकित्सक डा. बद्री चापागाईले निसास्सिएर घटना भएको आंशका व्यक्त गरे । ‘यसै भन्न सकिने अवस्था छैन, अनुसन्धान पछि खुल्ला’, उनले भने ।