‘नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख शहर मानिन्छ’ मेरा स्टोरीहरुमा प्रायः दोहोरिने गरेको वाक्य हो यो । शिक्षा, स्वास्थ्य, औद्यौगिक क्षेत्रको हब, धार्मिक शक्ति पीठ भएको लगायतका विभिन्न विषयले नेपालगन्ज शहरको परिचय सिंगारपटार गर्छौँ । तर हामीले यति ठुलो र महत्वपूर्ण शहरमा बसेर यस क्षेत्रका लागि के योगदान दिइरहेका छौ ? कस्तो भूमिका खेलिरहेका छौँ ? कहिलेकाहिं यस्ता वाहियात प्रश्नहरुले पनि सोच्न बाध्य बनाउछ । तर मनमा अर्को प्रश्न उब्जिन्छ कि यो प्रश्नको जवाफ कसले दिने ? जो विहानदेखि साँझको छाक जुटाउनलाई काम गर्छन् या काम दिन्छन् ?
आगामी फागुनमा सामुदायिक रेडियोहरुको छाता संगठन, अकोराबले नेपालगन्जमा सम्मेलन गर्दै छ । जहाँ देशभरका झण्डै चारसय रेडियोकर्मीले सहभागिता जनाउँदै छन् । ‘यसपटकको सम्मेलनले रेडियोको एउटा मानक तय गरोस्’ पत्रकार झलक गैरेले सोमवार अकोराबका अध्यक्ष अर्जुन गिरीसंगको अनौपचारिक भेटमा भने ।
नेपालगन्जमा मात्रै दर्जन बढि रेडियो छन् । जसमध्ये करिब ३/४ वटा रेडियो मात्र राम्ररी चलेका छन् । ‘रेडियो कि त बन्दै गर्नुप¥यो, होइन भने राम्ररी चलाउनु प¥यो’ पत्रकार गैरेले चिन्ता व्यक्त गर्दै भने । नेपालगन्जमा पत्रिका चलाइरहेका उनी रेडियो प्रति लगाब रहेको बताउँछन् । जीवनको उर्जावान समय हामीले कसरी खर्चिरहेका छौ भन्नेमा उनको चिन्ता छ । सोही क्रममा व्यवसायी श्रीराम सिग्देलले आफ्नो छोराको कुशल व्यवहार सुनाए । ‘मेरो छोरा एक्स्ट्रा अडिनरी छ’ उनले भने ‘५ कक्षादेखि मैले उसको पढाई खर्च बेहोर्नु परेको छैन ।’ पढाईमा तेज भएकाले छात्रवृतिमा उनले अध्ययन गरिरहेका थिए । उनले छोराका अन्य कुशल बानीहरुको प्रसंशा गरे । भेटमा संगै रहेका पत्रकार तुला अधिकारीले पनि एउटा बालिकाको कहानी सुनाए । ‘त्यो सुन्दै मेरो आँखामा आँशु टिलपिल भयो’ घटना सुनाउनु अघि अधिकारीले भने ।
एकजना बालिका जो सामान किन्न आमासंग भाटभटेनी जान्छिन् । गेटमा पुग्नु अगावै उनले टाढैबाट खेलौना देख्छिन् । उनले आफूलाई त्यो खेलौना मनपरेको कुरा आमालाई सुनाउँदै भन्छिन् ‘आमा म त्यो गेट निर पुग्ने बित्तिकै यो मलाई मन प¥यो किनिदिनुस् न है भन्छु । हजुरले हस् भन्नुहोला तर किनिदिनु पर्दैन ।’
साच्चै यो सुनेपछि मलाई पनि छोयो । छोराछोरीहरु सधंै जिद्दी नै हुन्छन् सोच्ने बुबाआमा र बुबाआमाले छोराछोरीको कुरै सुन्दैनन् भन्ने छोराछोरीको सामु यो विल्कुल फरक घटना थियो ।
यो लेख्न मलाई किनपनि मन लाग्यो भने यो विषयबस्तु हेर्दा सामान्य लाग्छ, तरयसको परिणाम सामान्य छैन । हामी वर्षौदेखि जुन परिवर्तन भन्दै हिंडिरहेका छौ । त्यसकै लागि देशमा ठुलठुला आन्दोलन समेत भए । खासमा के हो परिवर्तन ?
जसरी माथिका केहि उदाहरण सामान्य छन् तर यी सामाजिक र व्यवहारिक जीवनका परिवर्तनका स्वरुप हुन् । राम्रा आनीबानीका उदाहरण हुन् जबकी अहिले नैतिक शिक्षा र व्यवहारिक शिक्षाको विषयमा वहस नै चलिरहेको अवस्था छ ।
लेखक नयनराज पाण्डेले आफ्नो कृतिमा सायद कतै यस्तै भावको लेखेका छन् ‘हाम्रो उमेरसंगै सम्झना शक्ति कमजोर हुँदै जान्छ । बाल्यकालको मेमोरी सबैभन्दा पावरफूल हुन्छ । त्यसैले हामी प्राय ः बाल्यकालका सम्झनाहरु सबै सम्झन सक्छौँ ।’ त्यसैले उनका कृतिहरुमा पनि उनको बाल्यकाल बितेको शहर नेपालगन्जको माटोको सुगन्ध आउछ ।
यतिमात्रै होइन, एउटा बच्चाले भविष्यमा अभिभावकले जति सपोर्ट गरेको भएपनि बाल्यकालमा उसको पारिवारिक अवस्था र व्यवहार नराम्रो थियो भने उसको मानसिकताले त्यस्तै व्यवहार गर्छ । अधिकांश आनिबानीहरु संस्कारहरु पनि उसको बाल्यकाल देखिको नै हुन्छ । ‘नानीदेखि लागेको बानी’ भन्ने उखान नै छ नि । भविष्यमा बानी परिवर्तन गर्छु भनेर सोंचेपनि उसको व्यवहार परिवर्तन गर्न मुस्किल हुन्छ । बाल्यकालमा एउटा बालकले जस्तो पारिवारिक वातावरण पायो, उसको हुर्काई र सिकाइ पनि त्यहि अनुसारको नै हुन्छ । अर्को उदाहरणका लागि डाक्टरका छोराछोरी डाक्टर नै, शिक्षकका छोराछोरी शिक्षक यस्तै यस्तै । अधिकांश पारिवारिकमा होलको प्रभाव बाल मानसपटलमा पर्छ ।
मैले यो भाव जोड्नुको एउटा कारण छ । मैले एउटा टर्किस ड्रामामा एउटी ९÷१० बर्ष कि बालिकालाई देखेँ । उनले करिब २ वर्ष उमेरकी जन्मदिन मनाइरहेकी एउटी बालिकालाई आफ्नो घरमा ल्याएर लुकाउछिन् ।उनकी दिदिले त्यो नयाँ अनुहार देखेपछि सोध्छिन् । जवाफमा ति ९÷१० वर्ष उमेरकी बालिकाले भन्छिन् ‘यसको आज जन्म दिन हो । उसको बुबाले उसलाई माया गरिरहेको देखेँ । जबकी म यति ठुली भइसक्दापनि हाम्रो बुबाले हामीलाई कहिल्यै माया गर्नु भएन । उसको बुबा र मेरो बुबाले विभेद गर्नुभयो ? किन ? यो अन्याय हो ।’
ती बालिकाको कुरालाई साच्चैकै सोच्न बाध्य बनायो । उनले गरेको काम सहि गलत भन्दा पनि उनको भोगाइमा कति दर्दनाक पीडा छ भन्ने यसबाट पुष्टि हुन्छ । अर्को यस्ता विषयवस्तु प्राथमिकतामा पर्ने भएका कारणले त्यहाँका बालबालिकाले अधिकार, न्याय÷ अन्यायका कुरा सानै देखासिकेका हुन्छन् । हामी युवा अवस्था भइसक्दा पनि यसरी अन्याय भयो भन्ने आँट पनि गर्न सक्तैनांै किनकी यो हाम्रो समाजको सिकाई हो ।
हामी त सहनुपर्छ भन्ने सिकाईबाट अझ बढि प्रभावित छौँ । यी विषयहरु यति संवेदनशील भएपनि यस्ता विषयमा हाम्रा आँखाहरु किन पर्दैनन् ? यी विषयमा कलमहरु किन चल्दैनन् ? के परिवर्तन राजनीतिले मात्रै हुन्छ ? हामी मिडिया, किताबमा, चलचित्रलगायतमा सधै राजनीतिमात्रै विषय बनाइरहने ? यस्ता कुरामा बहस कहिले हुने ?
‘तपाईको एकदिनको १४ सय ४० मिनेटमा तपाइले के गर्नुभयो ?’ पत्रकार गैरेले फेरि मसंग प्रश्न गरे । जुन प्रश्न म पनिप्रायः जसो आफैलाई सोधिरहन्छु । उनको प्रश्नपछि उनका कुरा सुन्नलाई मैले धैर्य गरे । ‘अहिलेको मिडियामा उठान गर्ने विषयवस्तु पस्कने तरिका बदल्नुपर्छ’ गैरैले बल्ल मनकै कुरा गरे । ‘हामी कहाँ यति धेरै पत्रकार छन् । दुई चार जना मिडियाकर्मी साथी बसेर यसरी छलफल, भेटघाट, बहस किन नगरेको होला ?’ उनी चिन्ता व्यक्त गर्छन् ।
हुनपनि यस्ता बहस, छलफलले मलाई केही समयसम्मकालागि काम गर्न उर्जा दिन्छ । त्यो उर्जाका लागि र जिम्मेवार बन्नका लागि प्रेरणा दिन्छ । उनी पत्रिकामा काम गर्ने मानिस खोजिरहेको बताउँछन् । म यो क्षेत्रमा अझै अन्योल रहेको बताउँछु । पढेर पनि सम्बन्धित काम नपाइने हो किभन्ने म चिन्ता सुनाउँछु । यसरी कामगर्ने क्षेत्रको अध्ययन गर्नकालागि सम्बन्धित कार्यालयले सहयोग गर्न सकेको भए यसको समाधान हुने उनी बताउँछन् । खैर यसमा पनि आ–आफ्नै समस्या छन् ।
उनीसंगको यो छोटो भेटघाट, अनौपचारिक छलफल मेरो समाचार बन्दैन । तर यो ज्ञान मेरो लागि उर्जा हो । यो ब्लग पढेर कोहि परिवर्तन हुन्छ, कसैलाई छुन्छ या छुँदैन थाहा छैन तर मलाई छोयो । यो मेरो उपलब्धी हो । म मात्रै पनि परिवर्तन हुनु वा फरक तरिकाले सोच्नु के यो उपलब्धी होइन ?
फरक भनेको के हो ? नयाँ दृष्टि दिनु हो मेरो विचारमा । फरकको जवाफ पनि बन्दागोबी जस्तै हो । ठोस जवाफ खोज्दै गयो खोज्दै गयो अनुभवमात्र हुन्छ तर ठोस् भेटिदैन । हामी जीवनमा धेरै कुरामा फरक हुने, फरक गर्ने भनेर सोच्छौं । तर यसलाई महसुस मात्र गर्न सकिन्छ । फरक र परिवर्तन गर्ने कुरा उस्तै उस्तै हो । (पत्रकार निशु रेडियोकर्मी हुन्)