नेपालगन्ज अटोमोबाइल्स एशोसिएसनले राउण्ड टेबल फुटसल उपाधी हात पारेको छ । शनिबार भएको प्रतियोगिताका विभिन्न चरण जित्दै फाइनलमा नेपालगन्ज मेडिकल कलेज (एनजीएमसी)को टिमलाई ६ गोलले पछाडि पार्दै उपाधी जित्न सफल भएको हो ।
नेपालगन्ज अटोमोबाइल्स र नेपाल एसबीआइ बीचको सेमिफाइनलबाट नेपालगन्ज अटोमोबाइल्स तथा बैंक अफ काठमाण्डु र नेपालगन्ज मेडिकल कलेज बीचको प्रतिस्पर्धाबाट नेपालगन्ज मेडिकल कलेज फाइनलमा पुगेको थियो ।
घरबारी टोलस्थित राष्ट्रिय प्राथमिक विद्यालयका लागि शौचालय निर्माण गर्न आर्थिक स्रोत संकलन गर्ने उद्देश्यले राउण्ड टेबल नेपालगन्जले आयोजना गरेको प्रतियोगितामा विभिन्न ८ वटा टिम बीच शनिबार दिनभर भएका १५ वटा छुट्टाछुट्टै प्रतिस्पर्धाबाट एनजीएमसी र नेपालगन्ज अटोमोबाइलको एशोसिएसनको टिम फाइनलमा पुगेका थियो ।
प्रतियोगितामा शनिबार भएको समापन कार्यक्रममा विजेता टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको आयोजक राउण्ड टेबलका वरिष्ठ सदस्य ऋषव अग्रवालले जानकारी दिए । अटोमोबाइलका टिम क्याप्टेन सुर्यमणि अधिकारीको नेतृत्वमा उत्रिएको टिमले उत्कृष्ट प्रदर्शन गरेर उपाधी जित्न सफल भयो । सोही टिमका ज्ञानमणि अधिकारीले प्रतियोगिता अवधीभर १५ गोल गरेर सर्वाधिक गोलकर्ताको पुरस्कार जित्न सफल भए । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज टिमका डा. दिग्विजय खड्का प्लेयर अफ द टुर्नामेन्टको उपाधीबाट सम्मानित भएको आयोजकले जनाएको छ ।
राउण्ड टेबल नेपालका नेशनल एडिटर विमल वैद्य, नेपालगन्जका च्याप्टरका संस्थापक अध्यक्ष अजय कुमार गुप्ता र वर्तमान अध्यक्ष अभय कुमार टण्डनले विजयी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।
शनिबार विहान औपचारिक कार्यक्रम बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले प्रतियोगिता उद्घाटन गर्दै व्यवसायिक युवाहरुलाई खेलकुदसँग जोड्दै लैजान राउण्ड टेबलले गरेको पहल र प्रयासको सराहना गरे ।
आज ‘राउण्ड टेबल’को फुटसल, आठ वटा टिम भिड्दै