इतनी ठोकरे देने के लिए शुक्रिया ए– जिन्दगी,
चलनेका न सही, सम्हल्नेका हुनर तो आ गया !
यो लुसनको बौलाहको डायरी हैन, मेरो शहरको मजनुको कथा हो । मजनुहरू बौलाह हुन्छन् । प्रेमका अर्थ र फिलिंग एटेजका रुप फरक–फरक हुन्छन ।
कहिले भगत सिंह बन्छन, कहिले गंगालाल, कहिले रबि शर्मा ! जो त्यो मार्गबाट गुज्रिएको हुँदैन त्यसले प्रेम र मजुनका कुरा पत्तै लाउन सक्दैन । प्रेम ग¥या छ कि व्यापार ! छुट्याउनै सक्दैन । कतिलाई प्रेम तिर्खा र प्यास हुन्छ, ठट्टा हुन्छ, कतिका भने समय र जिन्दगीका कथा । दिमाग सड्किन न उमेर, न जात, न भूगोल, न सम्पति केहिलेपनि बारबन्देज लाउनै सुक्दैन । त्यस्तै म आज मेरो शहरको मजनु अर्थात रबि शर्माको कथा हाल्दैछु ।
हरेक विहान र साँझ उ एकपटक गणेशमान चोकबाट चारबाहिनी ओहरदोहर गर्छ । कहिले झुस्स दाह्री पालेको हुन्छ भने कहिले सफा चट् । कहिले मैलो न धैलो, कहिले भने चिरिचट्ट सुकिला कपडा सजिएर अत्तरको मगमग बास्ना । त्यही बाटोमा पहिला प्रेस इन्स्टिच्यूट थियो । पुगेको बेला निरन्तर उसलाई नियाँल्थे । फटाफट हिड्ने उसको अनौठो स्वभाव र ल्याङःयाङ्गे जिन्दगी, एकोहोरो व्यवहारले आकर्षित गथ्र्यो । उसले नछोड्ने लेदर ब्याग हरेक हप्ता पालिस लगाएर टिलिक्क पार्छ अरे, चर्चाका विषय थिए । झोलालाई ऊ कहिल्यै आफुबाट टाढा हुन दिंदैनथ्यो । यहाँसम्म कि चर्पी जाँदा होस् या खानाखाँदा नछोडने मात्रै हैन सुत्दा पनि सरानीमै राख्ने गरेको सुनिन्थ्यो । उसका कथाव्यथा कतिलाई मनोरन्जन बन्थे, कतिलाई उल्याउने गफ् ।
म पनि रविलाई पछ्याउन थाले । खुला रहेर भूमिगत सक्रिय मेरा बाध्यता थिए । पत्रकारिता मेरो आवरण । जीवन र जगतलाई तथ्यले सत्य उदघाटन गराउन, कलामय बनाउन प्रेस इन्स्टिच्यूट जाने गर्थँे । आँखामा दृष्टि लेन्स हुन आवश्यक छ तब नजर र दृष्टि हालेपछि अवचेतन मस्तिष्कका द्वार खुल्छन् ।
यसो त म सन् ७५ देखिनै राजनीतिक चेतका कारण मिडिया सरोकार राख्थेँ । भारतको आपतकाल, त्यहाँका बुद्धिजीवी र मिडियालाई पछ्याँउथँे । पटनामा हिलारियन पीटर दासले सुक्ष्म अध्ययनमा हौस्याउनै भएको थियो । बौलाहामै विषयमा केन्द्रित हौँ ।
ठक्कर खाएका बौलाहाले अरुलाई हतपत्ति विश्वास गर्र्दैनन । आफुलाई बौलाहा वा अवसाद त कहिल्यै स्वीर्कार्दैनन । प्रोफेसर संजीव उप्रेतीले घनचक्कर कृतिमा राम्रै विश्लेषण ग¥या छन् । अहिले भने सहरको मजनुकै चर्चा गर्दैछु । धेरै कोशिस गरेपछि अन्तरमुखी भैसक्या रबिले लिप्mट दिन थाले । मनको बह खोलाउनै हम्मे ।
हरेक मान्छेका भिन्ना भिन्नै कथा हुन्छन, हरेकसंग भित्र अनौठो मान्छेपनि हुन्छ । कहिले प्रतिभा बनेर प्रष्फुटित हुन्छ भने कहिले त्यस पोटिलो बिज जस्तो हुन्छ, जो धेरै चिस्यानमा परे कुहिने, रुखोमा परे नउम्रिने । सामान्य मान्छे लाटो हुन सक्छ तर बौलाउन भने सक्दैन । भीडमा नहिडेर एक्लो बाटो रोज्नेहरु पनि सनातनी साेंचमा बौलाहा भनिन्छन् ।
सम्पतिको लागी लडाइ झगडा, युद्ध भैरहेको,भाईभाइमै मारकाट भैरहेको बेला ७५ करोड भारु वार्षिक तलब भएका विश्वको ठूलो कर्पाेरेट रिलायन्स इन्ड्ष्ट्रीजका उपाध्यक्ष प्रकाश शाह सन्यासी बनेर भिक्षाटनमा अहिले जीवन गुजार्न थाले । सनातनी सोचमा त शाह बौलाए नै भन्ने हुन्छ । मानव केन्द्रित साेंच भएर फासीलाई सहज रोज्ने भगत सिह हुन वा गंगालाललाई औसत सोचले त पागलै भन्यो । प्रेम, त्याग,वैराग्य, वौलाहाका भूमिका र भूगोल फरक हुनुसक्छन, सौन्दर्य फरक हुनसक्छ, विश्वासमा भएका दुर्घटनालाई सहज लिन नसक्दा परिणामबाट आघात कयौँका दिमाग सड्किन सक्दो रहेछ । सबैको ब्रेन म्यापिङ त गर्न सकिँदैन ।
सदाको चारवाहिनी रोडबाट रामलिला मैदनामा लान सफल भैसक्या थिएँ । चिटिक्क परेर देखिएपछि विन्दास छ भनेर बुझिन्थ्यो । मनका वह पोख्लाकी भन्ने लाग्थ्यो । खस्कँदो व्यापार, झाँगिदै गएको युद्ध, खुला रहेर भूमिगत सक्रियताले दवाव बढ्दै गएको बेलाको कुरा हो । म पनि एकखाले बौलाहानै भैसक्या थिएँ । संवेदनशील, स्वप्नद्रष्टा कवि हृदयको खोजी गर्दै प्रयासलाई मलजल त गर्नै थियो । हाम्रो भूमिकालाई यस्तो सकृयताले के फाइदा भनेर सहरमा सहज लिदैनथे ।
रविका कथा निकै लामा छन् । संगत बढ्दै जाँदा उ विस्तारै खुल्दैगयो । उसको झोलाले कौतुहुलता जगाएको थियो । त्यसभित्र बौलाहाको रहस्य थियो । महिनौको संगतले उ केही बोल्ने र संगै चिया पिउने भैसक्या थियो । मान्छे हो, पग्लिन्छन । अझ घाइतेको हृदयमा छुन सके मन र मस्तिकनै खोली दिन्छन । रवि पनि तब घुक्क घुक्क रुने भैसक्या थियो । आग्रह टार्न नसक्ने भैसक्या थियो । तब रहस्यको लेदर व्याग देखाउन तयार भएको हो ।
छपन्न साल असोजको महिना । अघिल्लो दिनमात्रै पालिस लगाएको व्याग । त्यस दिन रवि विन्दास देखिन्थ्यो । गर्मी सकिएर मौषम सफा, पहारिलो घाम । घाम प्यारो भैसक्या थियो । अरु कसैलाई नभन्ने आमाका नाममा किरिया खाउ … लौ हेर… जे छ यही हो… मेरा जिन्दगीका कथा ।
रहस्यको पाको खोल्न थालेँ । चार वटा हिन्दी, अंग्रेजी, उर्दु र नेपालीमा सुन्दर अक्षरले लेखिएका डायरी । १७ वटा लामा प्रेमपत्र । एउटा मंगलसुत्र । दुईटा सुकेका गुलाफका पूmल । ३वटा प्mलेम कलम, विभिन्न पोजका युवाहरुका ७ वटा फोटा । ३ वटा एकल र ४ वटा जोडी । आगे रविकै डायरी ।
३ जुन, १९७७
इमरजेन्सी हटेको पनि आज दुई महिना १२ दिन भयो । जेलमा रहेका वा अलप भएका साथीहरु पनि कलेज, होष्टलमा देखा पर्न थाले । पिजरा, आखिर सुनकै भएपनि पिजरै हो । जताततै उत्सव देखिन्छ । स्वतन्त्रता कस्तो हुँदोरहेछ ! हामी त अझै पंचायती राजतन्त्रमै छौँ । बाबा किन व्यवस्था विरोधी हुनुहुदो रहेछ, अब बुझ्दैछु । आत्मिक दास र स्वतन्त्रताबीच साइनो हुँदैन ।
बन्दरको क्या मालुम अद्रखका स्वाद ?
परीक्षा सकियो । मेरो इन्जिनियरिंग, संगीताको मेडिकल । भोली फुलोंका नगरी जयपुर जाँने । आजै साँझ संगीता कलकत्ताबाट लखनउ आईपुग्छिन् । अमिनावादको रोयल होटल बुक गरिदिया छु । रिसिभ गरेर होटलमा पुयाएर आज होस्टलमै फर्किएँ ।
५ जुन १९७७
हिजो र आज नवावोका सहर अवधका धडकन खुव चाहारियो । पुरानो लखनउ । मुगल कारिगरी भुलभुलैेयाले भुलायो । लुकामारी खेलियो । सिग्नेचर अफ लखनउ वाह… क्या कहना । नवावो का शान । आज संगीता होटल चेकआउट गरेर साथीको डेरामा गइन् । सो रुममै सामना किन्नुपर्ने । अब त उनी डा. संगीता भइन पो । ठकुरीहरुलाई नवाव जस्तै ठाँट देखाउनुपर्ने । म पनि त इन्जिनियर भैसके नि त !
९ जुन १९७७
फुलोंका नगरी जयपुर गर्र्मीले हाहाकार छ ।जयपुरलाइ पिंक सिटी भनिन्छ । जलमहल, जन्तर– मन्तर, आमेर महल, आमेर किल्ला, नाहरमल किल्ला, हवामहल राजपुतका वास्तुसिल्पको बजोड नमुनाले दिलखुश बनायानै ।
यात्रा अत्यन्तै रमाइलो रह्यो । मन,पेट खोल्यौँ । सपनाका चित्र कोरौँ । अब फर्कने वित्तिकै उनी अस्पताल ज्वाइन गर्छिन, म पनि कतै न कतै जागिरमा लाग्छु । प्रेमको अर्थ वासना हैन् हामीले विवाहालाई पवित्रतामा सोचेर आवेगलाई विवेकले नियन्त्रण गरेका छौँ । आगोको सामने नौनी सुरक्षित हुन औधी कठिन । जिन्दगी र पवित्रताका अर्थ हुने मनलाइ बाँध्ने त दिमाग हो नी !
१५ जुन १९७७
भविष्यका परिवार, एउटा प्रेमिल युवाजोडी ।
संगीताः जिन्दगीका नक्सा कसरी र्कोदैछौ त इन्जिनियर सा’ब ?
रविः डाक्र सा’ब, नवजीवन त लेवर रुमबाट चिच्याउदै हुन्छ नी ।
प्रमिल ठट्टाले सुखद जिन्दगीका पोट्रेट बनाँउदै थियो । आज हामी राजस्थानको अनुपगढको बिंजोरमा छौँ ।
…………..
१ अप्रिल १९८५
बौलाहाहरू भन्छनः बौलाहाको कुनै भरोसा हुँदैन, आखिर मैले भरोसा गरेरै बौलाएँ । मैले ओखती भनेर खाएको साइनाइड परेछ । साइनाइड त जिब्रोमा छोएपछिनै सिल्टुम खान जान्छन रे भन्थे । मैले स्वीट र सावर के हो ? स्वादै पाउन सकिन । त्यही मोरो ओखती मलाई बैलाहा बनायो । उसलाई के थाहा बेहुलो बनाउछु भन्थी बहुला पो बनाइ त ।
उ र म एउटै कलेजमा पढ्थ्यौँ । मेरो इन्जिनियरिङ र उसको मेडिकल । मेरो जोडिदार पनि इन्जिनियरिङ फ्याकल्टीमा । विदेशको भूमि । हाम्रो इलुइलु थाहा भएछ । लाइन मार्न थालिहालेछ । धनाढ्य पुत्रले । बजारमा छान्दा म भन्दा उम्दा उसैलाई लागेछ रोजाइमा । आखिर मोडियो जन्दिगीका कथा । च्यातिए सुन्दर तस्विर । म प्रेम किन्न बजार कहिले गइन । झोलामा सजिएका मंगलसुत्र रmत्तटत्त, पुराना दिनका सम्झना, लिपिबद्ध उफ ् …!
१७ मई १९८८
कुरा भारत र पाकिस्तान विभाजन बेलाको हो । धार्मिक उन्मादले मानव त्रासदी व्यहोरेको समय । भूभाग र सम्पति भागबन्डा लाग्दै थियो । पंजाव, सिन्ध र वंगाल सबभन्दा चपेटामा परे ।
मौलाना हववुर रहमानलाई पण्डित श्यामाजी त्रिवेदीले बौलाहा भनेर आरोप लगाए भने मौलानाले मानसिक तन्तुरूस्तले अर्कालाई तकलिफ् दिँदैन भनेर सन्देश पठाएछन् । एकआपसमा बौलाहाको आरोप प्रत्यारोप चल्दै गएछ । मौलाना र पण्डितको बौलाहा आरोपमा मानसिक पीडा कसले कसलाई दियो भनेर खुट्याउन अंग्रेज बहादुरलाई मुस्किल परेछ ।
पंजाबमा एउटा पागल खाना रहेछ । अरू जे पनि लिन तयार रहेका भारत र पाकिस्तान त्यो पागलखाना लिन भने तयार भएनछन् । मौलाना र त्रिवेदीले समस्या हल गर्न नसकेपछि अंग्रेजबहादुर बोलाइएछन् । उनलाई पनि फसाद परेछ । तब बौलाहाहरूलाई नै निर्णय गराउने भनेर त्रिमुर्तिनै पागलखाना पुगेछन् ।
–भारत र पाकिस्तान छुट्टिइसक्यो । अब यो पागलखाना पनि कता रहने भन्ने भो । तिमीहरू कुन देशमा रहने, आफैँ भन”
ड्ड हामीलाई यी बौलाहा भन्छन, हामी एककदम पनि यताउता भाछैनौ । देश टुक्रियो भन्छन । हामी कहीँ जान्नौ, जहाँ छौँ ..त्यही रहन्छौ ”
पागलखानाका बौलाहा भनाइले मौलाना, पण्डित र अंग्रेज अर्थात त्रिमुर्तिको दिमाग चक्रायो । उपाय त निकाल्नै थियो । सीमानामा रहेको पागलखानाको बीचोबीच एउटा पर्खाल खडा गरेर आधाआधा एताउता पारेछन । त्यसैबीचमा एउटा पागलले पर्खालमा प्वाल पारेर अर्कालाई भनेछ –हामी जहाँका त्यहीँ छौ, जे थियौँ त्यही हौँ बीचमा एउटा पर्खाल लगाएर मानवतामा साँध लगाउने यि बौलाहा की हामी ! हा हा ! हामी अरूलाई मानसिक पीडा दिएर आफु बुद्धिमान दरिन कहाँ खोज्यौ र बुझ्ने को स्तरले उसको उचाइ नाप्छ”
१३ जनवरी १९९६
हुन पनि ‘नजिक भएर मुल्यहीन हुनुभन्दा टाढा रहेर मुल्यवान हुनु राम्रो हुन्छ नै’ महान गणितज्ञ वशिष्ठ नारायण सिंहका आज गुरुवारको पटना में निधन हो गया. ४० साल से मानसिक बीमारी सिजोफ्रेनिया से पीडित वशिष्ठ नारायण सिंह पिछले काफी दिन… गणितज्ञ वशिष्ठ नारायण सिंह ने १९६९ में कैलिफोर्निया यूनिवर्सिटी से पीएचडी की डिग्री हासिल की. इसके बाद वह वाशिंगटन यूनिवर्सिटी में एसोसिएट प्रोफेसर
बन्दर क्या सम्झे, अद्ररख का रस ?
१८ डिसेम्वर २०१५
शक्ति ,धन र रूपले मैमत्त भएकाहरू अरूलाई झारपात सम्झन्छन । हरेक थुम्काहरू आफूलाई सगरमाथा सोच्छन । घृणाका ग्रन्थीबाट चुहिएका रस नकरात्मक उर्जा बन्ने गर्छ । समय र अवस्थासंगै शब्दका परिभाषा फेरिँदा व्यवहारपनि बदलिन्छ । आकर्षण र विकर्षण दुवैमा संवेदना हुन्छन । संवेदना बिक्री हुँदैन, स्वभिमान बिक्री हुँदैन । बजारका मालमात्रै बिक्रिमा हुन्छ । संवेदना तौलिने तराजु आजसम्म बनेको छैन ।
मान्छे जब ब्यक्ति केन्द्रीत हुन्छ, कुनैपनि विषय, प्रतिक, बिम्व, प्रसंग आफैँ लक्षित सोंच्न पुग्छ । कमजोर मान्छे जोखिम उठाउँदैन भने वासनामै जिन्दगीका अर्थ खोज्दै गुजार्छ । अनुमान गलत हुनसक्छ अनुभव गलत हुँदैन किनकी अनुमान हाम्रो मनको कल्पना हो भने अनुभव जीवनको शिक्षा हो । अनुमान भ्रम हुन सक्छ, अनुभव अभ्यासले खारिएको हुन्छ ।
१५ अप्रिल १९९८
जुन ठाउँ,अवस्था र ब्यक्तिले कदर गर्दैन,त्यहाँ सम्मान खोज्नेहरूका जीवन पत्रु र मुर्ख ठहरिन्छन । उ दुःख पाउने र हेला गरिने लायक हुन्छ नै । उसका लागी आँशु बगाउने संसारमै कोही हुँदैन । अर्कातर्फ सम्मानलाई कमजोरी र आशक्ति सोच्ने मान्छेका शक्ति कमजोर हुँदै जाँदा स्वयं अपमानका भारी बोक्न विवश हुन्छन । आफ्नै शरीर र मन त नियन्त्रण गर्न नसक्नेले धन, यौवन र सत्ता नियन्त्रण गर्न सक्दैन । भिखारी पनि त्यो घरमा पस्दैन जहाँ उस्को अपमान भएको हुन्छ । फोवियाचालित मानिसका स्वभाव अरूभन्दा भिन्न हुन्छ ।
२० अप्रिल १०९८
आभा मण्डल र मोहनीजालबाट मुक्तभएपछि मात्र विषय छर्लंग देखिन्छ । आँखा दृष्टि बनेपछि मात्रै दृष्टिकोण निर्माण हुन्छ । आँखा,नजर र दृष्टि फरक हुन् । नजर लगाए पाल्सी कुरा छर्लङ्ग हुन्छन् । भूमिका सङ्केत बनेर सन्देशमा फेरिन्छन् । पोटासियम साइनाइड सुगरकोटेड नभएर अझै स्वाद पत्तै नपाइएको हो । क्रमशः