अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँके स्थित बालसुधार गृहका बालकहरुका लागी २ वटा डेस्कटप कम्युटर सेट उपलब्ध गराएको छ । कोरोना संक्रमणका समयमा कम्युटर मार्फत अभिभावकसंग कुराकानी गर्न सहज होस भन्ने उदेश्यका साथ कम्प्युटर बितरण गरिएको एडभोकेसी फोरमका कार्यकारी निर्देशक ओम प्रकाश सेन ठकुरीले जानकारी दिए ।
कम्युटर हस्तारण कार्यक्रममा बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगर, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्मा, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज प्रमुख झंकर बहादुर रावल, बाँके जिल्ला बार अध्यक्ष जनक बहादुर शाही, जग्गा दाता समाजसेवी जेकेए सिंह, एडभोकेसी फोरमका निर्देशक ओम प्रकाश सेन ठकुरी र प्रदेश संयोजक वसन्त गौतम लगायतको उपस्थिति रहेको थियो ।
७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १७० जना बालकहरु रहेका छन् । जसका कारण एउटै हलमा ७० जनासम्म बालक कोचाकोट भई बस्नु परेको छ । अभिभावकबाट टाढा रहि भेट्न नपाएका बालकहरु कम्प्युटर मार्फत प्रबिधिको प्रयोगबाट आफ्ना अभिभावसंग कुराकानी गर्न पाउने भए पछि बालकहरु खुसी भएका छन् । बालकहरुले सुधार गृहमा त्यतिकै समय ब्यतित गर्नु परेकाले शिपमुलक तालिमका साथै मनोरञ्जन र खेलकुद सामाग्रीको ब्यवस्थापन हुनु पर्ने बताएका छन् ।
बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले एडभोकेसी फोरमले बिगत २ बर्ष देखि सुधार गृहलाई सहयोग गर्दै आएकोम धन्यवाद दिदै कम्युटर सहयोगले बालकहरुलाई अभिभावकसंग कुराकानीमा मद्धत पुग्ने बताइन् । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले कम्युटर सहयोगले बालकहरुले अनुहार हेर्दै आफ्ना अभिभावकसंग कुराकानी गर्न पाउने भएकाले यसको सहि प्रयोग गरिनु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज कार्यालयका प्रमुख झंकर बहादुर रावलले बालअधिकार सम्बन्धि महासन्धिले पनि बालकहरुले आफ्ना अभिभावकसंग भेटघाट र कुराकानी गर्ने अधिकार दिएको भन्दै राज्यका निकायलाई सहयोग गर्ने कार्य सकारात्मक भएको बताएका थिए ।
बालसुधार गृहलाई जग्गादान दिएका समाजसेवी जेयके सिंहले कम्युटर हस्तान्तरणले बालकहरुलाई आफ्ना अभिभावकसंग सम्पर्क गर्न सहज बनाउने बताए । सुधार गृहमा रहेका बालकहरुलाई सिलाई कटाई, इलोक्ट्रोनिक लगायतका शिपमुलक तालिमको ब्यवस्था हुन पर्नेमा जोड दिएका थिए ।
सुधार गृहमा रहेका बलक परिवर्तित नाम हरिबहादुरले चाडवाडका बेला अभिभावक भेट्न नपाई एक्लो महसुस गरेका बालकहरुलाई घरपरिवारका सदस्यसंग कम्युटरका माध्यामबाट कुरा गर्न पाउने कुराले आफुहरु खुसी भएको बताए । बालसुधार गृहमा रहेका बालकहरुका लागी शिप मुलक तालिमको ब्यवस्था मिलाई दिन आग्रह गरेका थिए ।
कम्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एडभोकेसी फोरमका निर्देशक ओम प्रकाश सेन ठकुरीले सुधार गृहमा रहेका बालकहरुले आफ्ना अभिभावक र कानून ब्यवसायीसंग कुराकानी गर्न सजिलो होस भन्ने उद्देश्यले कम्प्युटर सहयोग गरिएको बताए । फोरमका प्रदेश संयोजक बसन्त गौतमले यस कोरोना संक्रमणको माहामारीको समयमा स्वास्थ्य सामाग्री, खेलकुद सामग्री, स्वास्थ्य शिविर औषधोउपचारमा सहयोग पु¥याएको बताए ।
बालसुधार गृहमा रहेका बालकहरुमा छाला रोगको संक्रमण रहेकाले एडभोकेसी फोरमले बिगतमा अन्य सहयोगी सस्थाहरुसंगको सहकार्यमा औषधीउपचारमा सहयोग गर्दै आएको र अहिले पनि बालकहरुमा छाला रोगको संक्रमणको समस्या देखिएकाले मानव अधिकार संजालसंग मिलेर औषधीउपचारका सहयोग गर्ने लक्ष्य राखिएको अधिवक्ता बसन्त गौतमले बताए ।