सरकार ! क्यान्सर अस्पतालले कहिले पूर्णता पाउने ?

खजुराका स्थानीयले मुठ्ठी दानबाट क्यान्सर अस्पताल निर्माणको प्रक्रिया थालनी गरी संचालनमा पु¥याएकाले यसलाई पूर्णता सरकारको ध्यानाकर्षण गराइएको छ । अस्पताललाई पूर्णता दिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनताको सुलभ क्यान्सर उपचारको केन्द्र बनाउन माग गरिँदै आएको हो ।


जनस्तरबाट शुरु गरी गठन आदेशमार्फत सरकारी अस्पतालका रुपमा आकार ग्रहण गरेको अस्पताल हो बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल । तर, २०७५ साल असार ११ गते आंसिकरुपमा संचालनमा आएको अस्पतालले पूर्णता भने अझै पाउन सकेको छैन ।


बाँकेको खजुरामा रहेको सशुील कोइराला प्रखर क्यान्सर अस्पताल पूर्णता पाउने पर्खाईमा रहेको छ । आंशिकरुपमा संचालनमा आएको क्यान्सर अस्पतालमा जनशक्ति अभाव र रेडियो थेरापी मेसिन नहुँदा पूर्णता पाउन नसकेको हो ।
अस्पताल विकास समिति र अस्पताल प्रशासन प्रमुख यी दुई विषय लिएर कहिले स्वास्थ्य मन्त्रालय धाउँछन् त कहिले मन्त्री तथा विभागीय प्रमुखको भ्रमण अस्पतालमा गराएर समस्या दर्शाउने गरेका हुन्छन् ।


शनिवार स्वास्थ्यराज्यमन्त्री र विज्ञ सल्लाहकार आएको मौका छोपेर अस्पतालका कार्यकारी निर्देशक र विकास समितिका अध्यक्षले यिनै दुई विषय राखेर परिपूर्ति गरिदिन हारगुहार गरेका छन् ।


अस्पतालको भ्रमण गराएर अस्पतालबारे राज्यमन्त्री र विज्ञ सल्लाहकारलाई जनशक्ति र रेडियसन मेसिनको प्रक्रिया यथाशक्य अगाडि बढाउन आग्रह गरेका हुन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक, डाक्टर कृष्णप्रसाद आचार्य जनशक्तिका साथै रेडियो थेरापी मेसिन संचालनमा ल्याउन सके अस्पतालले पूर्णता पाउने भन्दै ध्यानाकर्षण गराए ।

अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले रेडियो थेरापी मेसिनका लागि स्वास्थ्य मन्त्रालयमा बजेट निकासाको प्रक्रियामा रहेकाले त्यसलाई छिटो निकासा गर्नुका साथै हरेक वर्षजसो करार नविकरण गरी जनशक्ति टिकाउनु पर्ने वाध्यतालाई स्थायी दरबन्दी सृजना गरेर समस्याको समाधान गर्न माग गरे ।


स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पूर्णता दिन प्रक्रियामा रहेका भौतिक पूर्वाधार, मेसिन तथा जनशक्तिका विषयमा आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकाल मानवशक्ति परिपूर्ति गर्नु महत्वपूर्ण रहेको भन्दै मन्त्रालयसंग समन्वयकारी भूमिका खेल्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया