लैंगिक हिंसा रोकथामको सुरुवात आफैबाट गर्नु पर्नेमा जोड दिइएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन समारोहमा बोल्ने वक्ताहरुले लैंगिक हिंसा हुन नदिन आफै लाग्नु पर्नेमा जोड दिएका थिए ।
नेपालगंज उपमहानगरपालिकाले अन्य बिभिन्न अधिकारवादी संघ सस्थाहरु संगको सहकार्यमा गत नाभेम्बर २५ देखि बाँके जिल्ला अभियान संचालन गर्दै आएको थियो । अभियान अन्तरगतको मुल आयोजक समितिले अभियान सुरुवात गरेसंगै दैनिक रुपमा लैंगिक हिंसा रोकथाम र पीडितको न्यायको पक्षमा सघाउ पु¥याउने उदेश्यले सरोकारवाला बिच जिल्ला स्तरिय सम्बाद कार्यक्रमको समेत आयोजना गरेको थियो । एडभोकेसी फोरम, इन्सेक, फातिमा पाउण्डेसन, महिला कानून र बिकाश मञ्च, साथी, माईती नेपाल युनेस्को क्लव, फेडो लगायतका संघ सस्थाहरुले पनि लैंगिक हिंशाका बिभिन्न स्वरुप र यसको रोकथाम र पीडितको न्यायका पक्षमा आफ्ना अभियान संचालन गरेका थिए ।
नोभेम्बर २५ तारेख देखि सुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान नेपालगंजमा ¥याली र सभा गरि समापन कार्यक्रम गरिएको छ । नेपालगंज उपमहानगरपालिकाबाट सुरु भएको बाजागाजा सहितको ¥यालीलाई उपप्रमुख उमाथापा मगरले उद्घाट गर्दै लैंगिक हिंशा रोकथाममा सबै लाग्नु पर्नेमा जोड दिएकी थिईन । नगरपालिकाबा प्राङ्गगंणमा सुरु भएको याली गणेमानचोक, चारबाहिनी चोक भेरी अस्पताल हुदै रामलिला मैदानमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको अशनबाट बोल्दै नेपालगंज उपमहानगरपालिका मेयल धवल सम्शेर राणाले लैंगिक हिंसा रोथकाममा सबैको सबैको हातेमालो जरुरी रहेको भन्दै अभियान संचालन गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
लैंगिक हिंसा न्यूनिकरण संजाल संयोजक अधिकारकर्मी निर्मला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, महिला तथा बालबालिका शाखा प्रमुख उपसचिव शोभा शाह, कार्यदल संयोजक रचना श्रेष्ठ, पुर्व वालक्लव अध्यक्ष शाहिल अन्सारी लगायतले लैंगिक हिंसा रोकथाम र पीडितको न्यायको लागी सबै आ आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।