बाँकेको नेपालगन्ज आज विहीवारबाट जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिंदैछ । बाँके जिल्ला ब्याडमिन्टन संघले नेपाली सेनाको भैरव प्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेसँगको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।

‘प्रतियोगिताको तयारी पुरा भएको छ,’ महिला एकल, पुरुष एकल, भेट्रान युगल ४५ प्लस, पुरुष युगल, पुरुष एकल १९ बर्ष मूनिका र महिला एकल १९ बर्ष मूनिका खेलाडीहरु बीच प्रतिस्पर्धा हुने जानकारी दिंदै आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सन्जय थापाले दैनिक नेपालगन्जसँग भने, ‘जिल्लाबाट क्रमशः राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने र त्यसका लागि खेल प्रतिभा प्रवद्र्धन गर्ने योजनाको साथ खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्न लागिएको हो ।’
आयोजनामा विभिन्न ६ वटा इभेन्टमा १५० बढी खेलाडीहरुको टिम सहभागी निश्चित भएके छ । प्रतियोगितामा महिला एकलदेखि भेट्रान युगलसम्मका इभेन्टहरु हुने छन् ।
ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दिएको जानकारी अनुसार, खुल्ला ब्याडमिन्टन प्रतियोगितामा महिला एकल, पुरुष एकल, भेट्रान युगल ४५ प्लस, पुरुष युगल, पुरुष एकल १९ बर्ष मूनिका र महिला एकल १९ बर्ष मूनिका खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ ।
आयोजकका अनुसार, बुधबार अबेरसम्म यू–१९ ब्वाइज सिङ्गलमा ४७ खेलाडी दर्ता भएका छन् । त्यस्तै, गल्र्समा २८ जना, मेन्स डबल्समा ३२ टिम, सिङ्गलमा १४ जना खेलाडीले दर्ता गराएका छन् । भेट्रान डबल्समा ११ टिम, महिला एकलमा १३ जनाले प्रतियोगिताका लागि नामांकन गराइसकेको अध्यक्ष थापाले जानकारी दिए ।