नेकपा एमालेको हालै सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय आयोग सदस्यमा निर्वाचित बाँकेका नेतालाई सोमबार नेपालगन्जमा सम्मान गरिएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाँकेले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

महासंघ बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघका स्थायी कमिटी सदस्य डेकनाथ गौतम रहेका थिए ।
पार्टी अध्यक्ष निरक गुरुङ, महासंघका प्रदेश उपाध्यक्ष भाष्कर काफ्ले, एमाले नेताहरु नरेन्द्र प्रसाद शर्मा, अशोक कर्माचार्य, बलराम भट्टराई लगायत पार्टीका नेताकार्यकर्ता तथा उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासंघ बाँकेका सचिव भिमबहादुर रानाभाटले गरेको एमाले नेतृ कृष्णा पाठकले जानकारी दिइन् ।