वास्तवमा ओमिक्रोन हो के ?
पहिला कोरोना भनियो । त्यसपछि डेल्टा भेरियन्ट, डेल्टा प्लस भन्ने भेरियन्ट कोरोनाको दोस्रो लहरमा आयो । त्यो चाहीँ कडा खालको भाइरस थियो, छिटो सर्ने खालको थियो । समय समयमा भाइरस चेन्ज हुन्छ । भाइरस मान्छेको शरीर अनुसार, समय अनुसार मानिसको शरीरमा छिरेपछि अलिकति सर्भाइभ गर्न खोज्दछ । त्यसका लागि भाइरसमा बीचबीचमा जेनेटिक चेन्जेन्ज हुन्छ । त्यो अहिले परिवर्तन भएर आएको हो । नयाँ किसिमको जेनेटिक चेन्ज भएर आएको भाइरसलाई अहिले डब्लुएचओले ओमिक्रोन नाम दिएको छ । यसको टेक्निकल नाम पनि बी ११५२ भन्ने भाइरस हो ।

ओमिक्रोन साउथ अफ्रिकामा पहिले देखिएको छ । साउथ अफ्रिकामा देखिएपछि र अन्य ठाउँमा पनि देखिन थाल्यो । र, त्यही समयमा संख्यात्मक रुपमा ओमिक्रोन संक्रमितको संख्या पनि बढ्दै गएको देखियो ।

हस्पिटलाइजेसनमा पनि कोभिड केसको अली बढी भयो । डब्लुएचओले पनि यो ओमिक्रोन भेरियन्ट कडा किसिमको हो कि भनेर रिसर्च सुरु गरेको छ । तर, अहिलेसम्मको प्रमाण अनुसार, यो भाइरस धेरै नै छिटो सर्छ, पहिलेको भाइरस भन्दा धेरै कडा छ भनेर अहिले भन्न चाहीँ मिल्दैन । अहिले पनि नम्बर अफ केस बढेपनि कडा केसको नम्बर भने त्यति धेरै बढेको छैन । संक्रमित मध्ये कडा केस देखिनेहरुको तथ्यांक अहिले पनि उस्तै छ । ओमिक्रोनबारे थप अनुसन्धान हुन बाँकी रहेको छ । त्यसको तथ्यांक आउन बाँकी नै रहेको छ ।

नेपालमा अलि बढी आतंकित हुने गरेको हो ?
हाम्रो कस्तो छ भने अलि बढी आतंकित पनि हामी धेरै नै हुन्छौं र केयरलेस पनि हुन्छौं । खासचाहीँ यो भेरियन्ट होस् वा पुराना भेरियन्ट हामीले सकेसम्म आफुलाई बचाउने हो । यसको विकल्प भनेको नै आफुलाई बचाउने हो । उपचारको पाटो पनि उही हो । पहिलाको जुन उपचार थियो अहिले पनि त्यही उपचार हो । नयाँ उपचार पद्धति आएको छैन । पहिलाको र अहिले दुवै भेरियन्टमा हालकै उपचार पद्धति प्रभावकारी रहेको छ ।

हामी आत्तिहाल्नु पर्ने कुरा केही छैन । तर, हाम्रो जुन किसिमको दोस्रो लहरका बेला भयो, समूहमा भेला नहुने, मास्क लगाउने, कोरोना नसरोस् भनेर चेतना चाहीँ निकै बढी भएको थियो । त्यसले कहीँ न कहीँ दोस्रो लहर कन्ट्रोल गर्न धेरै हेल्प भयो । विदेशमा थर्ड वेभ आयो । तर, नेपालमा त्यति धेरै आएन । त्यसको कारण भनेको कुनै न कुनै रुपमा मानिसमा सचेतना अपनाए, दोस्रो लहरबाट मानिसहरुले सिके । सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने, समूहमा भेला नहुने गर्दा दोस्रो लहर नियन्त्रणमा आयो । तर, अहिले त्यो निकै कम भएको छ ।
अहिले आएको नयाँ भाइरससँग डराउनु पर्ने केही छैन । हालसम्मको रिसर्च अनुसार, यो पहिलो भन्दा खतरा तथा यो गर्छ वा त्यो गर्छ भन्ने छैन । अलिकति सर्ने सम्भावना बढी देखाएको छ । पहिला कोरोना भएकालाई पनि सर्ने सम्भावना देखाएको छ । तर, भ्याक्सिनले अलिसम्मको रिसर्च अनुसार बचाउँछ भन्ने छ । यो रोगमा पनि बचाउने सम्भावना पनि धेरै देखिन्छ । त्यसैले अहिलेको ओमिक्रोन भेरियन्टसँग डराउने होइन, बरु सतर्कता अनाउने हो । जुन तरिकाले हामीले दोस्रो लहरमा कोभिड विरुद्ध सतर्कता अपनाउँदै कोरोना सर्नबाट जोगिन तोकिएको मापदण्ड पालना गर्यौं, अब पनि त्यसलाई निरन्तरता दिन आवश्यक छ ।

हाम्रो सन्दर्भमा अबको बाटो के हो ?
अबको मुख्य बाटो भनेको समूहमा भेला नहुने । मास्क लगाउने । सरकारले भन्नु भन्दा पनि मानिसहरु आफैले सतर्कता अपनाएर समूहमा भेला हुनु भएन । ठूलो समूहमा भेला हुने कार्यक्रमको आयोजना हुनु भएन । अत्यावश्यक बाहेक विदेश भ्रमण जानु भएन । किनभने यो भेरियन्ट कहाँ कहाँ फैलिरहेको छ क्लीयर छैन । सामाजिक दुरी कायम गर्नुपर्दछ । यसअघि पालना गरेको समूहमा भेला नहुने, हात धुने, सेनिटाइज गर्ने, मास्क लगाउने कार्यलाई निरन्तरता दिनु पर्दछ । कोरोनाको शंका लागे तत्काल परीक्षण गराउनु पर्दछ । अझ कोभिड विरुद्धको भ्याक्सिनमा फोकस हुनुपर्दछ । अहिले पनि ठूलो जनसंख्या भ्याक्सिनले नकारात्मक प्रभाव पार्छ भन्ने हल्लाको पछाडि छ । त्यो भ्रममा पर्नु हुँदैन, सकेसम्म भ्याक्सिन लगाउनु पर्दछ, लगाउन कन्भिन्स गर्नुपर्दछ । अन्तिममा कडा संक्रमणबाट जोगाउने उपाय भ्याक्सिन मात्रै हो ।

ओमिक्रोनमा भ्याक्सिनले पनि काम गर्दैन भन्ने सुनिन्छ नि ?
डब्लुएचओको पछिल्लो घोषणा अनुसार अहिलेसम्म भ्याक्सिनले काम गर्दैन भन्ने प्रुफ चाहीँ भएको छैन । सायद भ्याक्सिनले अलि कम काम गर्दछ कि भन्ने चाहीँ छ । तर, डेल्टा र डेल्टा प्लस भेरियन्टमा पनि यही समस्या भएको थियो, भ्याक्सिनले बचाउँदैन कि भन्ने । तर, भ्याक्सिनको बारेमा के बुझ्नु पर्दछ हामीले भने भ्याक्सिनले रोग सर्नबाट रोक्दैन, रोग सरिसकेपछि त्यो साधारण कोभिड हुन्छ कि कडा खालको कोभिड हुन्छ त्यसमा चाहीँ फरक पार्दछ । अहिलेसम्म भ्याक्सिनले कडा कोभिडबाट बचाइरहेको छ । र, अहिलेसम्म हेर्दा ओमिक्रोनमा पनि भ्याक्सिनले बचाउँछ कि भनेर डब्लुएचओले भनेको छ । ठ्याक्कै प्रुफ हुनलाई तथ्यांक आउँदैछ । केही समयपछि यो पनि तथ्यांक सहित पुष्टि हुन्छ होला ।

समग्रमा कोभिडको अवस्था के छ अहिले ?
अहिलेसम्म नम्बर अफ केस बढेको छैन । तर, अहिले पनि पोजेटिभ केस अहिले पनि आइरहेको छ । र, अहिले पनि धेरै जसोलाई हल्का निमोनिया चाहीँ देखिइरहेको छ । हाम्रो देखि कोभिड केस बढी जसो भ्याक्सिन नलगाएकालाई नै देखिएको छ । भ्याक्सिन लगाएकोमा त्यति कडा संक्रमण देखिएको छैन, तथ्यांक हेर्दा पनि । त्यो चाहीँ बाहिरको डेटा मात्रै होइन हाम्रो पर्सन अनुभव पनि हो ।
भारतमा कोभिडको नयाँ भेरियन्ट देखिएपछि जति कन्ट्रोल गरेपनि नेपालमा पनि आइहाल्छ । त्यही भएर सतर्कता अपनाउनु पर्दछ । मास्क एकदमै जरुरी छ । अहिले नेपालगन्ज एरियामा मास्क लगाउन एकदमै कम भएको देखिन्छ । त्यसैले सबैले मास्क लगाउनु पर्यो । त्यसका लागि हामी राजनीतिक दल तथा सरकारी संयन्त्रले त्यसको उदाहरण सेट गर्नुपर्दछ । अनि पब्लिक लेभलमा पनि त्यो हुन्छ । डराउने होइन सतर्कता अपनाउनु पर्यो ।

अन्तमा केही ?
अहिले भनिएको कुरा जे हामीलाई थाहा छ, त्यहि हो । नयाँ सुचना र डाटा आएमा फरक र विस्तृत रुपमा भन्न सकिएला । अहिले यस बारे भन्न निकै थोरै तथ्यांक भएकाले यत्तिनै कुरा भन्न सकिन्छ कि सन्त्रास होइन, सावधानी आवश्यक छ ।

प्रतिक्रिया

प्रतिक्रिया