काँग्रेस लुम्बिनी संस्थापनलाई सकस

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको पहिलो महाधिवेशनमा संस्थापनलाई नेतृत्वमा आउन सकस देखिएको छ । संस्थापन इतरका अमरसिंह पुनले आइतवार मतगणना भएदेखिनै अग्रता कायम राख्दै संस्थापनका उम्मेदवार भरत कुमार शाहलाई सकस पारेका हुन् ।


निकै ढिलो भइरहेको मतगणनामा यो समाचार तयार गरुन्जेल संस्थापन इतरले सबैजसो पदमा अग्रता लिएको थियो । निर्वाचन समितिका अनुसार, ७ सय ८२ मत गणना गर्दा पुनले ४ सय ३१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्यासी शाहले ३ सय ४२ मत प्राप्त गरेका छन् । पुन रामचन्द्र पौडेल समूहका हुन भने शाह शेरबहादुर देउवा समूहका हुन् ।


त्यस्तै उपसभापतिमा अष्टभुजा पाठकले ३ सय १९, भुवन श्रेष्ठले ३ सय ३१ मत प्राप्त गरेका छन् । यसैगरी उपसभापतिमा राजु खनालले २ सय १६, सुधाकर पाण्डेले १ सय ९१ मत प्राप्त गरेका छन् । महामन्त्रीमा सुरेन्द्रराज आचार्यले ३ सय २९, विक्रम खनालले ३ सय ३८, खिमान सिंहले १ सय ९४, जन्मजयले १ सय ९२ मत ल्याएका छन् ।


सह महामन्त्रीमा निमा गिरीले ३ सय १७, सरिता चौधरीले २ सय ६, खगराज पाण्डेले ३ सय ३६, माया पुनले ३ सय ३४, लक्ष्मीनारायण श्रेष्ठले २ सय १० र विष्णु प्रसाद खनालले ३ सय ६९ मत ल्याएका छन् । मत गणना अबेर रातीसम्म जारी थियो ।

प्रतिक्रिया

प्रतिक्रिया