लुम्बिनी कांग्रेसमा १७ जना प्रतिनिधिले मतदान गरेनन्
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको मतदानमा १ हजार ६ सय ३१ मत खसेको छ । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ६ सय ४८ प्रतिनिधि छनोट भएपनि १७ जनाले मतदाननै गरेनन् । विहान ११ बजेबाट भैरहवाको महेन्द्र सभा गृहमा सुरु भएको मतदानमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीले जानकारी दिए ।
प्रदेश अधिबेशनमा संस्थापन पक्षका भरतकुमार शाह र ईतर पक्षका अमर पुन छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए । यसअघि जिल्लाको मतगणना हुँदा भएको घटनालाई मध्यनजर गर्दै मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यो समाचार तयार पारुन्जेल गणना शुरु भएको थिएन । केही बेरमैं मतगणना शुरु हुने दावी निर्वाचन समितिको छ ।
अधिवेशनले १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिलासहित ३ सहमहामन्त्री गरी ९ जना पदाधिकारी चयन गर्नेछ ।
यस्तै प्रत्यक्ष सदस्यतर्फ जिल्लागत रूपमा १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना चयन हुनेछन् । समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेसीमा २ महिला सहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपाङ्गमध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति प्रदेश अधिवेशनले निर्वाचित हुनेछन् ।
पुष्पा भुसालकै श्रीमान डा. चाेपलाल भुसाल समयमा उपस्थित नहुदाँ मतदान गर्नमा बन्चीत
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालका श्रीमान डा. चाेपलाल भुसालले मतदान गरेका छैनन । लुम्बिनी प्रदेशकाे अधिवेशनमा मतदान गर्नका लागी अर्घाखाँचीबाट संघीय महाधिवेशन प्रतिनिधि जितेका डा. भुसाल निर्वाचन गर्ने समयमा उपस्थिति नहुदाँ मतदान गर्न पाएनन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालका श्रीमान डा. चाेपलाल भुसालले समयमै नपुग्दा मतदान गर्न पाएनन् ।
निर्वाचन समितिले ५:३० बजेकाे समयसम्म मतदान गर्न समय ताेकेकाे थियाे, भुसाल ५:४० मा मतदान गर्न स्थलमा सहभागी हुदाँ मतदान गर्ने समय सकिएकाले डा. भुसालले मतदान गर्न पाएनन् । भुसाल दिनभर मतदानस्थलमै थिए।